"जनसङ्ख्या" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
पुरुषको संख्या ४८ दशमलव ५६ र महिलाको ५१ दशमलव ४४ प्रतिशत रहेको विभागले जनाएको छ । दस वर्षअघि देशको जनसंख्या कुल २ करोड ३१ लाख ५१ हजार हुँदा पुरुष ४९ र महिला ५१ प्रतिशत थिए । बढ्दो वैदेशिक रोजगारीका कारण पनि महिलाको संख्या बढेको हुन सक्ने विश्लेषकहरूले बताए ।
 
'प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धि त्यत्ति धेरै अनपेक्षित र आत्तिहाल्नुपर्ने देखिँदैन,' जनसंख्याविद् बालकृष्ण माबुहाङले भने, 'तर धेरै जिल्लामा न्यून जनसंख्या देखिनुचाहिँ चिन्ताको विषय हो ।' अनुपस्थित जनसंख्या पनि निकै रहेको उनको भनाइ छ ।
 
विभागले कुल जनसंख्याको ५० दशमलव १५ प्रतिशत तराईमा, ४३ दशमलव ११ प्रतिशत पहाडमा र हिमाली क्षेत्रमा ६ दशमलव ७४ प्रतिशत जनसंख्या बसोबास रहेको जनाएको छ । क्षेत्रका आधारमा सबैभन्दा बढी मध्यमाञ्चलमा ३६ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ९ दशमलव ६ प्रतिशत जनसंख्या सुदूरपश्चिममा छ । १७ प्रतिशत सहरी र ८३ प्रतिशत ग्रामीण जनसंख्या छ । अधिकांश हिमाली र पूर्वी पहाडका जिल्लामा जनसंख्या घटेको र तराईका बढेको पाइएको छ ।
मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ । जिल्लागत आधारमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ ।
 
'यो नतिजाले देशलाई संघीयतामा लैजान सजिलो बनाएको छ । जातीय, भाषिक, धार्मिकजस्ता विस्तृत विवरण पनि अहिल्यै आएको भए वेश हुने थियो,' योजना आयोगका पूर्वसदस्य डा. चैतन्य सुब्बाले प्रतिक्रिया दिए, 'जनसंख्या खासै असमान ढंगले बढेको रहेनछ ।'
 
तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ । यसलाई कुल जनसंख्यामा समावेश गरिएको छैन ।
दस वर्षअघि विदेशमा ७ लाख ६२ हजार नेपाली थिए । गणनाको परिभाषाभित्र नपरेकाले उनीहरूलाई कुल जनसंख्यामा नसमेटिएको निर्देशक सुवालले बताए । ६ महिनाभन्दा बढी समय बसोबास गरेका बासिन्दालाई मात्र गणनामा सम्बद्ध ठाउँबाट समेटिएकाले विदेशिएका लागि समावेश नगरिएको हो । विदेशिएकामध्ये ग्रामीण क्षेत्रका ८६ दशमलव ३८ प्रतिशत र सहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन् ।
 
गणनाको अन्तिम नतिजा सुपरिवेक्षक र गणकले भरेका फारम प्रशोधन गरी सूक्ष्म ढंगले प्रस्तुत गरिने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए । '२०६९ सालभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं,' उनले भने ।
 
केन्द्रीय तथ्यांक विभागले गत असार ३ देखि १३ गतेभित्र देशभर एकसाथ लिएको एघारौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/170468" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प