सुधासागर
(सुधार सागर बाट पठाईएको)
Jump to navigation
Jump to search
सुधा सागर नेपालको पहिलो पत्रिका हो। यो विक्रम सम्बत १९५५मा प्रकाशित भएको थियो। भारतबाट गोर्खा भारत जीवन पत्रिकाको सम्पादन गरिसकेका मोतिराम भट्टको सकृयतामा यो पत्रिका प्रकाशन हुने तयारी भएको थियो। तर दुर्भाग्यवश १९५३मा भट्टको असामयिक निधन भएपछि यो केही समय पछि प्रकाशित भयो। यसका सम्पादक पण्डित नरदेव थिए। जो पछि गोरखापत्रको पनि पहिलो सम्पादक बन्न पुगे।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]