सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Pal sampang

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाल तरबार ढुङ्गा ढाल ,तरबार ढुङ्ग र साम्पाङ राईहरुको संबन्ध।


खोटाङ जिल्ला अंतर्गत खार्तम्छा गाबिस को वार्ड न ३नागी सिरानमा पर्ने हालको साबिक केपिलासगढि २ मा अबस्थित यो ढाल तरबार ढुङ्ग साम्पाङ राईहरुको एक ऐतिहासिक स्थल हो। हुन त यस स्थलको बारेमा खासै तेस्तो आधिकारिक कुनै लिखित ईतिहास त छैन, तर पनि हाम्रा पुर्खहरु सग यस्को मौखिक एक जिबित ईतिहासहरु छन। जुन हामिले सुन्दै आइरहेका छौ। त्यो मौखिक ईतिहास मैले सुनेको जानेको संम अलिकती भएपनी सारंशमा यहाँ प्रस्तुत गर्न गैइरहेको छु।

  ईतिहासमा हाम्रा किरातिहरुले ३२सौ पुस्त सम्म यलखम काठ्माडौ नेपालमा राज गरेको ईतिहास त हामी सबैलाइ थाहा भएकै कुरा हो। र  किरातकाल पछि नेपालमा लिच्छ्बी काल शुरु भएको देखिन्छ । जब लिच्छबी हरुले हराएपछी हाम्रा पुर्ख किरात शासक हरु फेरि काठ्माडौ छाडी पुर्ब माझ किरात, पल्लो किरात ,वल्लो किरात गरि धेरै  राज्य बिस्तार गरि राज गरेको  पनि ईतिहासमा पाईन्छ नै।
   यसै क्रममा माझ किरात अंतर्गत पर्ने पुर्ब खोटाङ्को (साम्पाङ खोला ) हाल बास्पानी गाबिस को बास्पानी गाउँ  भन्ने ठाउ ,साबिक केपिलासगढी ३ मा एक हाम्रो साम्पाङ पुर्ख ले राज्य संचालन गर्नु भएको कुरा साम्पाङ खोलाका पाका पुर्खहरुको मुखमा दन्तेकथा जस्तै  कण्ठस्थ छ। जुनबेला त्याहा राज्य बिस्तार गर्ने हाम्रो तिनै एक पुर्ख थिए ,उहाँको नाम ´जसहाङ्´ साम्पाङ  थियो। उहाको राजदरबार, हाल बास्पानीको ढोक डाँडा भन्ने ठाउँमा थियो भनेर भनिन्छ।
 यसैनुसार त्यस समयको काल्खन्डमा  काठ्माडौ को राज्यसत्ता पनि शाह बंसमा पुगिसकेको थियो। र त्यतिबेला नै पृथ्वीनारायण साह नेपाल एकीकरणमा लागि परेकोथियो। नभन्दै जाल झेल र डण्डभेदको नीति लिइ उस्ले सबै नेपालका, ससाना राज्यहरू  एकिकरण पनि गरि सकेका थिए। र पुर्बका सबै हाम्रा पुर्ब किरात शासकहरुलाइ स-संमान पुर्बक,  किपट अर्थात त्यस क्षेत्रका सबै स्वामित्वहरु उनिहरुकै अधिनमा हुने गरि जिम्मवाल सुम्पिएको थियो।हामिलाइ थाहै छ,हिजो अस्ति संम जग्गा जमीनको कर हामीले स्थानीय तहमै तोकिएको कुनै राई अधिकारिलाई बुझाउनु पर्थ्यो ।त्यस समय जग्गाजमिनको कर लाई राईकर भनिन्थ्यो।यसरी उठेको करलाइ स्थानीय सरकार ले स्थानीय बिकासमा खर्च गरि केही अंस केन्द्रीय सरकार लाई पठाउदथ्यो ।मानौ अहिले हामी संघियाता को कुरा गरिरहेका छौ वास्तबमा संघियताको नमूनाप्रणाली  तेति बेलानै सुरु भैसकेको थियोभन्ने अनुमान लागौन सकिन्छ ।देश त्यो बेला नै संघियाताको ढाचामा गैसकेको थियो। यसरी स्थानीय राज्य ,आफ्नो थाक थलोको जिम्मावाल र स्थानीय  बिकास गर्ने  दावित्वा  तिनै हाम्रा पुर्खा सासकहरुको हातमा थियो।र उनिहरुले  ईमान्दार पुर्वक आफ्नो क्षेत्र र जनताको लागि आफ्नो काम र कर्तव्य  पालन गरिरहेका थिए ।त्यास समयमा बास्पानी राज्यको जिम्मावाल आर्थात  शासकहरु बंसवलिनुसार
क्रमश : यसप्रकार थियो।

१जसहाङ साम्पाङ २जसहाङको छोरा:बखनेम साम्पाङ, ३,बखनेमको छोरा:तोरिहाङ साम्पाङ ४तोरिहाङको छोरा:छिलुंमि साम्पाङ, ५,छिलुंमिको छोरा : शुभाङ्गी/ शुभहाङ साम्पाङ थियो।(अन्तिम राजा)

  यसै क्रममा  एक छट्टु ब्यक्ति केन्द्रीय सरकार सग नजिक  (  हरि निरौला) भन्ने बाहुनले , शुभाङ्गी साम्पाङले यसरी राज गरेकोमा डाहा गर्यो, जुन ब्याक्ती सयंम शुभाङ्गीको आफ्नो मीत भाइ थियो,तर उनले शुभाङ्गी  बिरुद्ध सड्याण्त्र रची  राजद्रोहको अभियोग केन्द्रीय सरकारमा  लगायो ।त्यो ब्याक्ती  अति नै खुरापती स्वभाबको खराब बिचारको ब्यक्ति  थियो । वास्तबमा  शुभाङ्गीले केन्द्रीय सरकार  प्रति  त्यस्तो कुनै खराब नीति र सोच लिनु भएको थिएन। तर छ्ट्टु हरि निरौला केन्द्रिय सरकार सग निकै नजिक भएको कारण सरकारले त्यो कुरा पत्तायो। त्यस पछि केन्द्रीय  सरकारले  शुभाङ्गी लाई मारेर ल्याउन भनी सेना लाई हुकुमी आदेश गर्यो र सेना परिचालन भयो ।हतियारधारी केन्द्रीय सेना सग लड्ने सामर्थ्य शुभाङ्गी सग थिएन।तसर्थ शुभाङ्गी आफ्नो ज्यान बचाउने सोच गरि आफ्नो दरबार बास्पानी ढोक डाडा छोडी केही आफ्नो सुरक्षकर्मी र भएका ढाल,तरबार , हातहतियार सहित  निस्कनु भयो। उहाँ सग त्यास्बेला बहानका रूपमा अति बलियो बलियो  घोडा हरु पनि थियो भनिन्छ, त्यहि घोडा चडी ऊनी हरु भागे । यसरी भाग्ने क्रममा बास्पानी बाट भाग्दै जाने क्रममा युङ्खिम भञ्ज्याङ्मा (जुन ढाल,तरबार ढुङ्गा  बाट अलि पर)पुगेर केही आफ्ना सहयोगि सुरक्षाकर्मिहरु सग छलफल गरि फेरि भाग्दै जादा हालको  ढाल तरबार ढुङ्ग नजिकमा  पुग्दा सेनाहरुको घेराउमा पर्नु भयो।
उहाँ त्यहि आग्लो ढुङ्ग माथी चढेर यता उति हेर्नू भयो तर आफ्ना सबै सुरक्षकर्मी हरुलाइ पनि सेनाहरुले मारिसकेका देख्नु भयो ।तै पनि उहाँ अझै हिम्मत हार्नु भएन र उहाँ त्यो ढुङ्गबाट घोडा सगै  लगभग ३०० मिटर तल हामफालेर झर्नु भयो ।त