द्वयधारी सङ्ख्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(द्वयधारी संख्याबाट अनुप्रेषित)

द्वयधारी अथवा बाइनरी संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रूपमा सूचना तथा तथ्यांक हरूको प्रतिनिधित्व, भण्डारण तथा प्रसारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ । विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ । त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरूमा पनि सूचनाहरू यस्ती विद्युतीय रूपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रूपमा राख्नुपर्ने हुन्छ । सो को लागि उक्त सूचनाहरूको प्रतिनिधि स्वरूप पनि सोहि अनुरूपको हुनुपर्छ । सोहि अनुरुप सम्पूर्ण सूचना हरूलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ । परम्परागत रूपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अङ्क हुन्छन - ० र १

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]