नाटक
नाटक साहित्यको एउटा विधा हो। यसमा कुनैपनि विषयको कथा अथवा कहानी गद्य वा पद्यमा लेखिन्छ। खासगरी रङ्गमञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ। नेपाली नाटक साहित्यको झन्डै २ सय वर्षको इतिहास रहेको छ । नेपाली भाषामा अनुवाद भएको पहिलो नाटक हास्यकदम्ब हो । यो वि.सं. १८५५ सालमा प्रकाशित भएको हो । यसका अनुवादक शक्तिबल्लभ अर्याल थिए । जगदम्भा नेपाली साहित्य बृहत इतिहासको दोस्रो ठेलीमा समालोचक डा. अशोक थापाले यस कुराको उल्लेख गरेका छन् ।
साहित्यका प्रमुख चारविधामध्ये नाटक प्राचीन एवं समृद्ध विधा हो। साहित्यका अन्य विधाहरू श्रव्य विधा हुन् भने नाटक अभिनेय दृश्य विधा हो । नाटक श्रव्य नहुने त होइन तरपनि यो विधालाई चिनाउने मूल विशेषता नै अभिनेयात्मकता हो । त्यसैले यसलाई दृश्यविधा भन्दा पनि बेठिक हुँदैन । साहित्यका अन्य विधाहरू द्विआयामिक हुन्छन् भने नाटक त्रिआयामिक हुन्छ । यसमा अभिनय दृश्य तथा पाठ्य-श्राव्य सबै विशेषताहरू रहने भएकाले यो विधालाई साहित्यको सबैभन्दा प्रभावकारी विधा मानिन्छ ।
नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्द बन्दछ यसको अर्थ अभिनय भन्ने हुन्छ । संस्कृत साहित्यमा नाटकलाई मूलतः दृश्य काव्य हो मानिएको छ र श्रव्य काव्य सरह नाटकको उद्देश्य पनि रसानन्दप्राप्ति र उपदेशलाई मानिएको छ । आचार्यहरूले नाटकलाई अन्य काव्य भन्दा मुख्य मन्दै "काव्येषु नाटकं रम्यम्" भन्ने महान विचार प्रकट गरेका छन् । पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष आदि नाटककारहरू तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडि जस्ता महान् नाटककारहरुले नाट्य परम्परालाई उचाईमा पुर्याएका छन् । पूर्वीय साहित्यमा इतिहास प्रसिद्ध वा लोकप्रसिद्ध कथावस्तु भएको, सन्धिले युक्त, धीरोदात वा विशिष्ट व्यक्ति नायक भएको, सुख दुःखको चित्रण गरिएको, वीर र शृङ्गाररस मध्ये कुनै एउटा रसले युक्त तथा प्रमुख भएको, बढीमा दश अङ्कसम्म विस्तारित एवम् चार पाँच जना मुख्य पात्र भएको काव्यलाई नाटक भनिन्छ पाश्चात्य परम्परामा पनि नाटकसम्बन्धी यस्तै धारणा पाइन्छ नाटक गद्यात्मक विधा भएकाले प्राचीन नाट्यमान्याताहरू वर्तमानमा सान्दर्भिक नदेखिन सक्छन् । परवर्ती विद्वानहरुका परिभाषा पनि अपूर्ण लाग्न सक्छन्, तापनि विभिन्न परिभाषाहरूको अध्ययनबाट निष्कर्षमा भने अवश्य पुग्न सकिन्छ ।
# पूर्वीय एवं पाश्चात्य विद्वानका केहि परिभाषाहरू
• तीनवटै लोकका भावको अनुकरण नै नाटक हो ।
- भरतमुनी
• विभिन्न अवस्थाहरूको अनुकरण नै नाटक हो।
- धनन्जय
• नाटक चित्रपट झैँ' समस्त विशेषताले भरिएको चित्र विचित्रको हुन्छ, अर्थात् दृश्य विधान गीत अभिनय आदि एवं रङ्ग प्रसाधनहरूले परिपूर्ण भएको हुनाले नाटक चमत्कारपूर्ण र आनन्ददायकहुन्छ ।
- वामन
• नाटकमा सत्व रज र तम तीनै गुणको समावेश हुन्छ अत एव विभिन्न रुचि भएका मानिसहरूलाई समान रुपले आनन्द दिले एकमात्र माध्यम नाटक हो।
- कालिदास
• कुनै गम्भिर, स्वयंमा पूर्ण एवं सुनिश्चित आकारको कार्यको अनुभूति नाटक हो।
- एरिस्टोटल (अरस्तु)
• नाटक मानव जीवनको अनुकरण र रीतिहरुको दर्पण हो।
- सिसेरो
• नाटक प्रकृति प्रतिबिम्बित हुने दर्पण हो ।
- भिक्टर ह्यु गो
• काव्यको सर्वगुण संयुक्त खेललाई नाटक भनिन्छ।
- भारतेन्दु हरिश्चन्द्र
• नाटक देश काल, र वातावरण विशेषसित सम्बनिया नरनारीको जीवनलाई अभिनेता अभिनेतृ द्वारा वार्तालाप र कार्यका भरमा अभिनयगरी देखाइने कला हो।
- केशव प्र. उपाध्याय
उपर्युक्त विभिन्न परिभाषाका आधारमा नाटकलाई यसरी परिभाषित गर्न सकिन्छ नाटक मानवजीवनको अनुकरणलाई अभिनेताद्वारा अभिनयमूलक ढङ्गामा संवादका वा दर्शकका निमित प्रस्तुत साहित्यिक विधा हो। संवाद र कथोपकथनका माध्यमबाट मानव जीवनका विभिन्न क्रियाकलापहरुको अनुकरण गरी अभिनय मूलक पाठक वा दर्शकका निम्ति प्रस्तुत गरीने मनोरञ्जनात्मक साहित्यिक विधालाई नाटक भनिन्छ ।
प्रकार
[सम्पादन गर्नुहोस्]नेपाली भाषामा एकाङ्की र पूर्णाङ्की गरेर २ किसिमका नाटकको प्रचलन रहेको छ। प्रेमपिण्ड नेपाली साहित्यको चर्चित पूर्णाङ्की नाटक हो । लक्ष्यहीन चर्चित एकाङ्की हो । प्रेमपिण्ड बालकृष्ण समले लेखेका हुन् भने लक्ष्यहीन पुष्करशमशेरको एकाङ्की हो ।
बिधाहरु
[सम्पादन गर्नुहोस्]नेपाली साहित्यका विभिन्न प्रकारका विधाहरू रहेका छन्। खासगरी साहित्यका विधालाई श्रव्यकाव्य र दृश्यकाव्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ।सुनेर वा पढेर आनन्द प्राप्त गर्न लेखिएका काव्यहरू श्रव्यकाव्यमा पर्दछन्। श्रव्यकाव्यमा कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास,कथा, निबन्ध, प्रबन्ध,रिपोर्ताज आदि पर्दछन्।हेरेर आनन्द प्राप्त गरिने उद्देश्यले लेखिएका काव्यहरू दृश्यकाव्यअन्तर्गत पर्दछन्।यसमा नाटक, एकाङ्की पर्दछन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]