बर्ड फ्लू
ढाँचा:सफाइ पुनर्लेखन बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ।
बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ। यो रोग मानिसमा पनि सर्न सक्छ। यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औँ मुलुक हो नेपाल। थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ। खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ।
वापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ। कुखुराको मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग लाग्दैन।
बच्ने उपाय
[सम्पादन गर्नुहोस्]- तपाईँ बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।
- आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरूको छेउछाउमा जान नदिनोस् ।
- कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।
- तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गरी जानुहोस ।
- यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।
बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू (avian influenza virus H५N१) सरि सकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।
रोगको लक्षण
[सम्पादन गर्नुहोस्]कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो― र्यापिड टेस्ट। यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ। यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ।
बर्ड फ्लूको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन्। यसको सङ्क्रमणबाट बच्ने टामी फ्लू भन्ने औषधि आएको छ,जुन प्रायः र्यापिड रेस्पोन्स टोलीमा खटिनेहरूलाई दिइन्छ। पोल्टी फार्म वा घरमा पालिएकाकुखुरामा र्याल-सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासित रूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नु पर्दछ। मरेका कुखुरालाई नाङ्गो हातले छुनु हुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछर फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ। झ्ापामा बर्ड फ्लू भेटिएपछि नेपालका अन्य जिल्ला पनि खतराको सूचीमा चढेका छन्। भारतसँग जोडिएका २६ वटा तराईका जिल्लालाई सरकारले उच्च जोखिम क्षेत्रमा राखेको छ भने पहाडी जिल्लालाई मध्यम र हिमाली जिल्लालाई न्यून जोखिममा। कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छर तत्काल नियन्त्रण गरिएन भने महामारीको रुप लिनसक्छ।
कृषिमा निर्भर नेपालको अर्थतन्त्रमा कुखुरापालनको असाध्यै मह१४०व छ। बर्ड फ्लू फैलँदा झ्ण्डै ३५ अर्ब रुपैयाँको लगानी र करिब ६५ हजार व्यक्तिलाई रोजगारी दिइरहेको कुखुरापालन व्यवसाय जोखिममा पर्न सक्छ। त्यसैले सरकारले स्थानीयबासीहरूको सहयोगमा बर्ड फ्लूको सङ्क्रमणसँग लड्ने रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ, ताकि सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस्।
सावधानी
[सम्पादन गर्नुहोस्]- तपाईँ बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।
- आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरूको छेउछाउमा जान नदिनोस् ।
- कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।
- तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गरी जानुहोस ।
- यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।
बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू (avian influenza virus H५N१) सरि सकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन । (सार्वजनिक भलाइका लागि www.hellokhabar.com)
उपचार
[सम्पादन गर्नुहोस्]
बर्डफलु पक्षीहरूमा लाग्ने अति संक्रामक, घातक सरुवा रोग हो । त्यसैले यसलाई हाइली प्याथोजेनी एभियन इन्Çलुएन्जा ९ज्एब्क्ष्० पनि भनिन्छ । सामान्यतया यो भाइरस मानिसमा विरलै देखा पर्दछ । तर रोग लागेका कुखुरा, हाँस वा अन्य पंक्षीसँग असावधानीपूरवक र प्रत्यक्षरूपमा सर्म्पर् jm आउने जस्तै- काट्ने, भुत्ल्याउने र बोक्ने मानिस तथा कुखुरासँग खेल्ने बच्चामा समेत र्सन सक्ने सम्भावना धेरै हुन्छ । र्
बर्डफलु रोग एभियन इन्फलुएन्जाको कारणबाट लाग्छ । हाल देखा परेको भाइरसलाई एच५एन१ ९ज्छल्ज्ञ० को नामले पुकारिन्छ । ज्छल्ज्ञ भाइरस पंक्षीहरूमा एकदम चाँडो र्सन सक्छ । यो रोग संक्रमण भएको ४८ घण्टाभित्र कुखुरा-फार्मको ९० देखि १०० प्रतिशतसम्म कुखुरा मर्न सक्छन् । भाइरसको असर सबैभन्दा बढी कुखुरामा देखिन्छ ।
हाँस र ज·ली चराहरूमा यस किसिमको भाइरस हुने भए तापनि ती बिरामी नपर्न सक्छन् । खासगरी ज·ली चराहरूमा यी भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता हुने भएकाले रोगले असर गर्दैन तर तिनले अरु पक्षीमा भाइरस र्सार्न सक्छन् ।
एभियन इन्फलुएन्जा भाइरस कसरी र्सछ -
संक्रमित पंक्षीका सम्पूर्णा रस ९क्भअचभतष्यल० र उर्त्र्सजन गरेका वस्तुमा भाइरस रहन्छ ।
रोगी पक्षीले खोक्दा नजिक रहने पक्षीमा भाइरस र्सन सक्छ । तर एक ठाउँबाट अन्यत्र हावाको माध्यमबाट भने भाइरस र्सर्दैन ।
रोगी पक्षीको सुलीमा अत्यधिक रूपमा भाइरस रहन्छ । सुली टाँसिएका सम्पर्ूण्ा वस्तु जस्तै- अण्डा, अण्डाको क्रेट, दानाका बोरा, फार्ममा जाने व्यक्तिको जुत्ता, हात र सुली टाँसिएको सवारीसाधनको पाङ्ग्रा आदिको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा रोग र्सन सक्छ ।
कुखुराको मासुमा हुने रसमा पनि भाइरस हुने भएकोले रोग लागेको ज्यूँदो कुखुरा र त्यसको काँचो मासु एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा टाढा-टाढासम्म पनि यो भाइरस फैलिन सक्छ ।
प्रदूषित पानीमा ४ देखि ३० दिनसम्म पनि यो भाइरस जीवित रहने भएकाले एक ठाउँबाट बगेर दूषित पानी अर्को ठाउँमा जाँदा रोग र्सन सक्छ ।
बसाइँ सरेर आउने चराचुरु·ीहरू विभिन्न देश घुम्दै आउने हुन्छन् । यदि यी चराचुरु·ीहरू रोग भएको मुलुकबाट आएका छन् भने तिनले आफूसँग भाइरस बोकेर ल्याउन सक्छन् । यस्ता ज·ली चरा र हाँस स्वयम् बिरामी नभए पनि यदि उनीहरूमा भाइरस छ भने घरपालुवा कुखुरासँग सर्म्पर्क हुँदा तिनले पनि भाइरस र्सार्न सक्छन् ।
jmुखुरामा बर्डफलु लागेको थाहा पाउने उपाय
रानीखेत तथा अन्य केही रोगका लक्षणहरू बर्डÇलुसँग एकदम मिल्दाजुल्दा हुन्छन् । तर्सथ प्रयोगशालामा परीक्षण नगरी लक्षणको आधारमा रोगको निक्र्योल गर्न सकिँदैन । तर्सथ रोगको यकिन नभए पनि रोगबाट हुन सक्ने ठूलो क्षतिबाट बच्न निम्न लक्षण देखिने बित्तिकै नजिकको पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा खबर गर्नु उचित हुन्छ ।
अकस्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पक्षीहरू मर्न थालेमा ।
पक्षीले स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल आदि बगाउने गरेमा ।
टाउको सुन्निएमा, सिउर-लोती नीलो र·को भएमा ।
फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
पक्षघात भएमा ।
दाना नखाने, तिर्खाउने र छर्ेर्ने गरेमा । र्
बर्डफलुसम्बन्धमा बेलैमा र्सतर्कता अपनाउन सके यसबाट हुने ठूलो नोक्सानीबाट बच्न सकिन्छ । साथै मानवस्वास्थ्यमा पर्न सक्ने क्षतिबाट पनि जोगिन सकिन्छ । त्यसका लागि व्यक्ति स्वयंको तत्परताको बढी महत्त्व हुन्छ ।