विकिपिडिया:बाह्य लिङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाह्य लिङ्कहरू (External links) विकिपिडिया बाहिर निर्देश गर्ने लिङ्कहरू हुन् । ती विकिपिडियाका लेखका जथाभावी राखिनुहुदैँन र लेखको सबैभन्दा अन्तिम भागमा "बाह्य लिङ्कहरू" उप-शीर्षक दिई राखिन्छन् । लिङ्कहरू लेखको विषय अनुसार नै हुनुपर्छ । जानकारी जुन लेखमा, कुनै कारणवश (जस्तै: कपीराइट नियमले गर्दा वा असुहाउँदा भएकाले) समावेश गर्न सकिएका थिएनन्, बाह्य लिङ्कहरूले उक्त जानकारीलाई पाठक सामू राख्न सकून् ।

विकिपिडियाको कार्य लामा, धेरै भन्दा धेरै बाह्य लिङ्कहरू पाठकसामू राखिदिनु भने होइन । लिङ्कहरू सुहाउँदा, अर्थपूर्ण, मिल्दो र सहयोगी नै हुनुपर्छ । कुन लिङ्क राख्ने-नराख्ने सम्पादकहरूले सोच्नुपर्ने हुन्छ । बाह्य लिङ्कहरूको उद्देश्य "सन्दर्भ सामग्री" को कार्य गरिदिनु पनि होइन ।