सैयद वालीउल्लाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सैयद वलीउल्लाह
मूल नाम
সৈয়দ ওয়ালিউল্লাহ
जन्म(१९२२-०८-१५)अगस्ट १५, १९२२
षोशरहर, चट्टग्राम, बङ्गाल रााज्य, बेलायत भारत
मृत्यु१० अक्टोबर १९७१(1971-10-10) (उमेर ४९)
पेरिस, फ्रान्स[१]
समाधि स्थलपेरिस
पेशाउपन्यासकार, लघुकथा लेखक, समाचार सम्पादक
अल्मा मेटरआनन्द मोहन क्याम्पस (सन् १९४३)
कलकत्ता विश्वविद्यालय
उल्लेखनीय कार्यहरूलालसालु
उल्लेखनीय पुरस्कारहरूएकुशे पदक

सैयद वलीउल्लाह (बङ्गाली: সৈয়দ ওয়ালীউল্লাহ, जन्म: १५ अगष्ट १९२२, मृत्यु: १० अक्टोबर १९७१) एक बङ्गलादेशी उपन्यासकार, छोटो कथा लेखक तथा नाटककार थिए। उनी आफ्नो पहिलो उपन्यास लालसालुका लागि उल्लेखनीय थिए (जसको नेपाली अनुवाद जरा बिनाको रूख हुन्छ)। उनलाई बाङ्ला एकादमी साहित्य पुरस्कार (सन् १९६१), आदमजी पुरस्कार (सन् १९६५), एकुशे पदक (सन् १९८४) तथा सन् २००१ मा सर्वश्रेष्ठ कहानीका लागि बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गरिएको थियो।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

वलीउल्लाहको जन्म १५ अगष्ट १९२२ का दिन चट्टग्राम जिल्लाको शोलासहरमा भएको थियो। उनको बुबाको नाम सैयद अहमदुल्लाह थियो भने आमाको नाम नासिम आरन खार्तुन थियो। वलीउल्लाह १२ वर्षको छँदा उनको आमाको मृत्यु भएको थियो। उनको एक दाई, सैयद नसुरल्लाह थिए। उनको बुबा सैयद अहमदुल्लाह सरकारी अधिकारी थिए जो बेलायती राजको समयमा जिल्लाका न्यायीक अधिकारी थिए। वलीउल्लाहले आफ्नो बाल्यकाल बङ्गलादेशमा मयमनसिङ्ह, फेनी, कृष्णनगर र कुडिग्राममा विताएका थिए। [२]

पारिवारिक वातावरणको सांस्कृतिले सैयद वलीउल्लाहको चिन्तन तथा रुचिमा प्रभाव पारेको थियो। वलीउल्लाहको बुबा एक सरकारी अधिकारी भएका कारण उनी विभिन्न क्षेत्रहरूमा सरुवा हुन्थे जसका वलीउल्लाहले पूर्वी बङ्गालका विभिन्न क्षेत्रहरूको भ्रमण गर्ने अवसर पाएका थिए। वलीउल्लाहले आफ्नो शैक्षिक कार्यकाल देशका विभिन्न क्षेत्रहरूमा विताएका थिए। उनले सन् १९३९ मा कुडिग्राम उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरे भने पछि उनले सन् १९४१ मा ढाका क्याम्पस मार्फत मध्यवर्ती शिक्षा हासिल गरेका थिए। उनले सन् १९३९ मा कुडिग्राम उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरे भने पछि उनले सन् १९४१ मा ढाका क्याम्पस मार्फत मध्यवर्ती शिक्षा हासिल गरेका थिए। विद्यार्थी जीवनको क्रममा उनी धेरै मासिक कागजातमा लेख्ने काममा संलग्न थिए। उनले पाकिस्तानी सरकारको विदेश कार्यालयमा संलग्नताको स्रोतको रूपमा विदेशमा आफ्नो धेरै समय खर्चिएका थिए।[३] उनले सन् १९५५ मा एक फ्रान्सेली युवती अन मरीसँग विवहा गरेका थिए।

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् १९४७ मन वलीउल्लाह कलकत्ताबाट ढाकामा बसाइँसराइ गरेका थिए। उनले पछि रेडियो पाकिस्तानमा कम गरेका थिए। सन् १९५० मा उनलाई कराचीमा स्थानान्तरण गरिएको थियो। सन् १९५१ मा उनले नयाँ दिल्ली, सिड्नी, जकार्ता र लण्डनमा पाकिस्तानको विषय कामको लागि पठाइएको थियो। [४] सन् १९६७ मा उनी पेरिसको पाकिस्तान दूतावासमा पहिलो सचिवको रूपमा काम गर्दै थिए जब उनले युनेस्कोसँग आवद्ध भएका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आलम, शफिउल (सन् २०१२), "सैयद वलीउल्लाह", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. Zaman, Niaz (१३ अगस्ट २०१६), "Syed Waliullah Existentialism, Nostalgia, Nationalism", The Daily Star, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  3. "Syed Waliullahs Childhood" 
  4. Haq, Kaiser (५ जनवरी २०१४), "Arts & Letters", Dhaka Tribune, मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१६