विश्रामपुर गाउँपालिका
सङ्घीय नेपालको प्रदेश नं २ अन्तर्गत पर्ने ८ जिल्ला मध्ये बारा जिल्लामा १६ वटा स्थानीय तह छन् । १६ वटा स्थानीय तह मध्ये विश्रामपुर गाउँपालिका पनि एक हो । पछिल्लो पटक सरकारले वि.सं. २०७४ साउन २८ गते स्थानीय तह हेरफेर गर्दा फेटा र प्रसौनी गाउँपालिकाको केही वडाहरूलाई मिलाएर विश्रामपुर गाउँपालिका निर्माण गरेको थियो ।