रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°Eनिर्देशाङ्कहरू: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी जिल्ला |
स्थापना | २०७१ वैशाख २५ |
क्षेत्रफल | |
• जम्मा | ५९.०१ किमी२ (२२.७८ वर्ग माइल) |
जनसङ्ख्या (बि.स.२०६८)[२] | |
• जम्मा | २८,७३६ |
• घनत्व | ४९०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७९ |
रेसुङगा नगरपालिका नेपालको लुम्बिनी प्रदेशमा पर्ने गुल्मी जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] तम्घास बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[१][४] यो नगरपालिका २०६८ साउन १ देखि लागु हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेठ ४ देखि आएको हो। रेसुङगा नगरपालिका घोषणा गर्दा तम्घास, सिमीचौर, अर्खले र दुबिचौर गाउँ विकास समितिहरू समावेश गरिएका हुन्।[१][२] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रेसुङगा पनि नगरपालिका बनेको हो।[५] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको सङ्ख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[५]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
तम्घास, सिमीचौर, अर्खले र दुबिचौर गाविसहरूलाई मिलाएर रेसुङगा नगरपालिका बनाइएको हो।[६] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर रेसुङगा नगरपालिकाको जनसङ्ख्या २८,७३६ रहेको छ। रेसुङगा नगरपालिकामा ७,४९८ घरधुरि छन।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "उतिबेलाको लक्ष्मीपुर गाउँ पंचायत तम्घास हुँदै अबदेखि रेसुङगा नगरपालिका", गुल्मी न्युज, गुल्मी न्युज, बैशाख २५, २०७१, अन्तिम पहुँच बैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१५ मिति
- ↑ २.० २.१ २.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
- ↑ "जिल्ला विकास समिति, गुल्मी (सङ्क्षिप्त परिचय)", जिल्ला विकास समिति, गुल्मी, जिल्ला विकास समिति, गुल्मी।
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |