मुद्रा चिकित्सा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
हातको औला हरूबाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा भनिन्छ|अङ्गुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन्। कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग्निका रूपमा चित्रित गरन्िछ। हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका। एउटा औलाको एउटा भागले अर्को औलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै मुद्रा भनिन्छ | मुद्रा चिकित्साको जग नै यही हो। ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|
१.तत्त्व मुद्रा,
२.प्राणिक मुद्रा,
३.रोग विशेष मुद्रा,
४.चिकित्सा मुद्रा,
५.व्यक्तित्व विकाससम्बन्धी मुद्रा र
६. आध्यात्मिक मुद्रा
खासगरी पाँच भागमा मुद्रालाई वर्गीकरण गरेर हेर्ने हो भने के देखिन्छ भने यसले शरीरका सबै अंगका रोगलाई सम्बोधन गर्छ। जस्तो, सूर्य र पृथ्वी मुद्राले नाक, हड्डी, घाँटीजस्ता रोगको निवारण गर्छ भने इन्द्र, प्राण र वरुणले जीब्रो र ज्ञानेन्दि्रयसँगसम्बन्धी रोग निको गर्छ। त्यसैगरी, अपान र सञ्जीवनी मुद्रा आँखा, पेट, किड्नी र पाचनसम्बन्धी रोगका लागि फलदायी मानिन्छ। छाला, छाती, हृदय, नसा र नाडीसम्बन्धी समस्यालाई व्यान, वायु र ज्ञान मुद्रा आवश्यक छ। आकाश र शून्य मुद्राले कान र टाउकोसम्बन्धी रोगको उपचार गर्छ भन्ने जानकारहरूको दावी छ|
- [१] वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-०१ मिति