अगस्ट पाल्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अगस्त पाल्म

अगस्त पाल्म (१८४९-१९२२) - स्वेडिश समाजिक-जनवादीका संस्थापक अगस्त पाल्मका बाबु विद्यालयका शिक्षक थिए। दश वर्षकै उमेरमा पाल्म टुहुरो भए। सुचिकार बन्ने तालीम लिए।अठार वर्षको उमेरमा उनले उत्तर जर्मनीडेनमार्कको भ्रमण गरे। उनले जर्मन् समाजिक-जनवादलाई स्वीकार गरे [१]। १८७४मा जोहाना लार्सनसँग विवाह गरे र सुचिकारको काम गर्न थाले। समाजवादी आन्दोलन संलग्नताले गर्दा उनलाई जर्मनीबाट निकाला गरियो। चारवर्षसम्म डेनमार्कमा रहे।

१८८१मा उनी आफ्नो जन्मथलोमा फर्के र स्वेडिश समाजिक-जनवादी आन्दोलन संगठित गरे। माल्मो भन्ने ठाउँमा उनले दिएको भाषणलाई स्विडेनको इतिहासमा समाजवादी भाषणको रूपमा लिइन्छ। चार वर्षपिछ स्टकहोल्ममा गएर पाल्मले समाजिक-जनवादी सङ्गठनको नेतृत्व गरे। उनी र अक्सेल डनिएल्सनले दक्षिण स्विडेनमा समाजिक-जनवादी आन्दोलनको अगुवाई गरे। १८८९मा समाजिक-जनवादी मजदूर पार्टीको स्थापनामा पाल्म सहभागी भएका थिए।

१९०७मा उनले अप्पेल नामक अखवार चलाए। यसबाहेक, पार्टीको क्रान्तिकारी युवा सङ्गठन 'योङ्ग् सोसलिष्ट'मा पनि उनी सक्रिय भए। १८८६को पार्टीभित्रको झगडा पछि उनले कम भुमिका निर्वाह गरे। तैपनि, पार्टीमा उनी सम्मानित व्यक्तित्वको रूपमा रहिरहे। उनको 'समाजिक-जनवादीहरू के चाहन्छन्?' र 'पार्टी प्रोग्राम' महत्त्वपूर्ण लेखको रूपमा रहेका छन्।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Speech at Hotel Stockholm, Malmö, 6 November 1881", सेप्टेम्बर १२ २०१७, अन्तिम पहुँच सेप्टेम्बर १२ २०१७