अरुणा लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरुणा लामा
चित्र:Aruna Lama.jpg
अरूणा लामा
व्यक्तिगत विवरण
जन्म(१९४५-०९-०९)सेप्टेम्बर ९, १९४५
घूम पहाड, दार्जीलिङ, भारत
मृत्युफेब्रुअरी ४, १९९८(१९९८-०२-०४)
काठमाडौँ, नेपाल
पेशानोकरी
सक्रिय वर्षसन् १९५२ देखि १९९८ सम्म

अरूणा लामा नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका थिइन् । सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित थिइन् । अरूणा लामा सेप्टेम्बर ९, १९४५मा दार्जीलिङको घूम पहाडमा जन्मेकी थिइन्। उनका बाबु सूर्यबहादुर लामा र आमा सानमाया लामा थिए। [१] लामाको पहिलो गीत ए कान्छा मलाई सुनको तारा खसाईदेउ न थियो भने किन यौवन उदास उदास छ मेरो भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो। भारतको पश्चिम बङ्गाल दार्जीलिङमा सरकारी नोकरी गर्ने लामाले नेपालका प्राय: प्रमुख ठाँउहरू भ्रमण गर्नु भएको थियो। वेदना, पीडा, र व्यथाका गीतहरूको साम्राज्ञी लामा को पहिलो गीत सन् १९५६ देखि रेडियोमा बज्न शुरु गरेको थियो। [२]

वाल्यकाल[सम्पादन गर्नुहोस्]

‌‌‌‌‍‍

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले दार्जीलिङको सरकारी कलेजबाट बी ए परीक्षा उर्तीण गरेकी थिइन् ।

केही लोकप्रिय गीतहरू[सम्पादन गर्नुहोस्]

  • ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न (पहिलो गीत)
  • फूललाई सोधेँ
  • पोहोर साल खुशी फाट्यो जतन गरी मनले टालेँ त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
  • नेपाली गौरव गर्छौं आफ्नै पनमा
  • मनमा तिम्रो
  • हाँगा हाँगा पातबाट
  • उदास मेरो जीवन कथा
  • एक्लै बस्दा सधैं मलाई
  • सबैले भन्थे
  • हेर न हेर कान्छा
  • उडी जाऊँ भनें म पंछी होइन
  • हिमालसरी म अग्लिरहेछु
  • तिम्रो हाम्रो जिन्दगानी घाम छाँया पोखे जस्तो झरिएका पातहरूमा शीतकोे थोपा फुटे जस्तो
  • भेटिनु छुटिनु त के हो र संसारको रित हो

नसम्झ तिमी मेरो यो बिदाईको गीत हो

  • यहाँ फूल नखिलेछ
  • मलाई आँखैमा राखने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Aruna Lama- Nightingale of Nepali Music", Darjeeling Times, अन्तिम पहुँच १६ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २०१२ मिति
  2. शताब्दिका चर्चित लेपालीहरू/दुलाल गोबिन्दप्रसाद

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]