आनी छोइङ डोल्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
छोइङ डोल्मा
आनी छोइङ डोल्मा
व्यक्तिगत विवरण
जन्म ४ जुन १९७१
काठमाडौं, नेपाल
लेबल Six Degrees Records
Hannibal/Rykodisc Records

आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।

सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्। उनले बिशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौंंमै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए। सन् १९९४मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन्।

अल्बमहरू[सम्पादन गर्ने]

  1. Chö (१९९७)
  2. Dancing Dakini (१९९९)
  3. Choying (२०००)
  4. Moments Of Bliss (२००४)
  5. Selwa (२००४)
  6. Smile (२००५)
  7. Inner Peace (२००६)
  8. आमा(२००९)
  9. Matakala (२००९)
  10. Inner Peace २ (२०११)

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]


बाहिरी कडीहरू[सम्पादन गर्ने]