आमजाद खान चौधुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
আমজাদ খান চৌধুরী
जन्म(१९३७-११-१०)१० नोभेम्बर १९३७
नाटोर बङ्गलादेश
मृत्यु८ जुलाई २०१५(2015-07-08) (उमेर ७७)
राष्ट्रियताबङ्गलादेशी
नागरिकता ब्रिटिश राज (১৯৪৭ সাল পর্যন্ত)
 पाकिस्तान (১৯৭১ সালের পূর্বে)
 बङ्गलादेश
पेशाप्रमुख कार्यकारी अधिकृत, प्रान-आरएफएल ग्रुप
कार्यकालसन् १९८१-२०१५
जीवनसाथीसाबिहा आमजाद
सन्तानआजार खान चौधुरी, आहसान खान चौधुरी, डा. सेरा हक, उजमा चौधुरी

आमजाद खान चौधुरी (बङ्गाली: আমজাদ খান চৌধুরী जन्म; १० नोभेम्बर १९३७ , मृत्यु; ८ जुलाई २०१५) एक बङ्गलादेश व्यापारी, औद्योगिक उद्यमी तथा बङ्गलादेशका पूर्व सेना अधिकारी थिए। उनी प्रान आरएफएल समूहका प्रबन्ध निर्देशक थिए जुन बङ्गलादेशको सबैभन्दा ठूलो औद्योगिक कम्पनी हो।[१][२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

आमजद खान चौधुरीको जन्म १० नोभेम्बर १९३७ पूर्व बङ्गालको नाटोर जिल्लामा भएको थियो। उनको बुबाको नाम अली काशम खान चौधुरी हो भने उनको आमाको नाम अमातुर रहमान हो। उनले ढाकाको नवकुमार शिक्षण संस्थाबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए। उनले पाकिस्तान सैनिक एकेडेमी र अष्ट्रेलियाली स्टाफ कलेजबाट स्नातक गरेका थिए।[३]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् १९५७ मा चौधुरीले तत्कालीन पाकिस्तान सेनामा भर्ती भएका थिए। आमजाद खान चौधुरी बङ्गलादेश सेनाबाट मेजर जनरलको रूपमा सेवानिवृत्त भएका थिए।[४] बङ्गलादेश स्वतन्त्रता युद्धका पछि उनी पाकिस्तान सेनाबाट बङ्गलादेश सेनामा भर्ति भएका थिए। उनले ढाकाको नवकुमार शिक्षण संस्थाबाट प्रारम्भिक शिक्षा शुरू गरेका थिए। उनले पाकिस्तान सैनिक एकेडेमी र अष्ट्रेलियाली स्टाफ कलेजबाट स्नातक गरेका थिए।[५]

सेनाबाट अवकाश पाएपछि उनले प्राण-आरएफएल समूह नामक एक संस्था स्थापना गरेका थिए। सन् १९८५ मा उनले कृषि उत्पादन गर्न प्राणको पनि स्थापना गरका थिए।[६] २०१६ सम्म प्राणले १३० देश र कर्मचारीहरूमा सेवा दिँदै ८० हजार कामदारलाई प्रत्यक्ष जागिर दिएको थियो। उनी बङ्गलादेशको रियल स्टेट एण्ड हाउजिङ सङ्घ (रिहाब) र बङ्गलादेश एग्रो-प्रोसेसर सङ्घको संस्थापक अध्यक्ष पनि थिए।[७] सन् १९८१ मा उनले रङ्पुर फाउण्ड्री लिमिटेड (आरएफएल) लाई रङ्पुरमा ट्यूबवेल निर्माण कारखानाको रूपमा स्थापित गरेका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

आमजाद खान चौधुरीले सबिहा अमजदसँग विवाह गरेका थिए। उनीहरूका चार सन्तान रहेका छन् जसमध्ये अहान खान चौधुरी प्राण आरएफएल समूहका अध्यक्ष हुन्।[८]

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको सन् २०१५ जुलाई ६ का दिन बुधवार साँझ ७ बजे संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिनाको ड्यूक मेडिकल अस्पतालमा ७७ वर्षको उमेरमा मृत्यु भएको थियो।[९] उनी यसअघि केही पटक शारीरिक समस्यबाट अस्वस्थ भएका कारण अमेरिकी अस्पतालमा एक महिनाको लागि उपचारका लागि गएका थिए। उनको निधनमा बङ्गलादेशका राष्ट्रपति आब्दुल हामिद प्रधानमन्त्री शेख हासिना बङ्गलादेश बैङ्कका तत्कालीन गभर्नर अतिउर रहमानप्रति शोक व्यक्त गरेका थिए।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "PRAN-RFL founder Amjad Khan Chy dies", New Age, अन्तिम पहुँच १ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २०१७ मिति
  2. "Amjad Khan’s death anniv observed", Prothom Alo, अन्तिम पहुँच १ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २०१७ मिति
  3. "PRAN-RFL Group founder Amjad Khan Chowdhury dies", bdnews24.com, अन्तिम पहुँच १ अप्रिल २०१७ 
  4. "PRAN-RFL CEO passes away", The Daily Star (अङ्ग्रेजीमा), ८ जुलाई २०१५, अन्तिम पहुँच १ अप्रिल २०१७ 
  5. "Amjad Khan Chy passes away", Prothom Alo, अन्तिम पहुँच १ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१७ मिति
  6. "In memory of the man who built Pran", The Daily Star (अङ्ग्रेजीमा), ५ जुलाई २०१६, अन्तिम पहुँच १ अप्रिल २०१७ 
  7. "PRAN-RFL Group CEO Amjad Khan laid to rest", The Daily Star (अङ्ग्रेजीमा), १६ जुलाई २०१५, अन्तिम पहुँच १ अप्रिल २०१७ 
  8. "প্রাণ-আরএফএল গ্রুপের নতুন চেয়ারম্যান আহসান খান চৌধুরী", ইত্তেফাক, ১ জুলাই ২০১৯।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०१ मिति
  9. "Amjad Khan Chowdhury buried", Prothom Alo, अन्तिम पहुँच १ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१७ मिति
  10. https://www.jagonews24.com/en/national/news/277/biography-of-major-general-amjad-khan-chowdhury