उच्च गति रेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्वेटो विसाैनी,जापान मा सिन्कानसेन ०२० एन७०० श्रंखलाको एक उच्च गति रेल अागमन हुँदै

उच्च गति रेल गति प्रधान आम यातायात सेवा अवधारणा हो जस्मा ठुलो सुंख्यामा यात्रुहरु लाइ एक ठाउँबाट अर्को ठाउँमा उच्च गतिका लागि अर्पित रेल मार्गमा परम्परागत रेलभन्दा उच्च गतीमा पुर्याइन्छ । यो धेरै यात्रुलाइ सस्तोमा सुवीधाजनक तरीकाले लामो दुरी छोटो समयमा पार गर्न तेल इन्धन यातायात विशेषगरी हवाइ यातायातको विकल्पको रुपमा एसीयामा बीकसीत अवधारणा हो, जस्को अग्रणी मुलुक जापान हो । सुरुवाती चरणमा उच्च गति रेल यातायात अर्धस्वचालीत प्रणालीका रुपमा विकसीत भएर क्रमीक विकासका चरणसँगै स्वचालीतताको अनुपात वृद्धी हुँदै हाल अधिकांश एसियाली मुलुकमा पुर्ण स्वचालीत चरणमा पुगिसकेको छ । युरोपेलीहरुले अाफ्ना परम्परागत रेल यातायातमा सुधारका लागी गरिएका प्रयासलाइ नै उच्च गति रेल विकासको इतिहास सँग जोडेर व्याख्या गरेपनि जापानी उच्च गती रेल सेवा विकास हुँनुपुर्व युरोपेली यातायात प्रणाली उच्च गतीको यात्राका लागी हवाइ यातायात मा नै निर्भर रहेको एतिहाँसीक तथ्यले पुष्टि गर्छ । आज पनि युरोपमा छोटो समयमा लामो यात्रा गर्न केही सीमीत शहरमा बाहेक महंगो हवाइ यातायात नै एक मात्र उच्च गति आम यात्रा विकल्प भएको वास्तवीकता जगजाहेर छ । हाल संसारमा सबैभन्दा धेरै उच्च गति रेलमार्ग एसीयामा छ भने युरोपमा सबैभन्दा थाेरै । अमेरीकामा उच्च गती रेलसेवा अवधारणा भर्खरै शुरु हुँदैछ भने वास्तवीक उच्च गती रेल सेवा हालसम्म छैन । अमेरिकामा दशकाैंदेखी चर्चा गरिएको क्यलीफोर्निया उच्च गति रेल परियोजना नै अमेरिकाको पहिलो उच्च गतीको रेल मार्ग हो जुन अझै पनि निर्माणाधीन अवस्थामै छ । दशकाैं पहिले चर्चा गरिएको र निर्माण सुरु गरिएको क्यलीफोर्निया उच्च गति रेल परियोजना वजेट अभाव र अन्य समस्याले नीमार्णमा सुस्तता छाउँदा अझै सम्पन्न हुँन सकेको छैन[१] जस्को सफल निर्माणबारे अधिकांश अमेरिकिहरुमै विश्वास छैन । हाल चिन संसारमा सबैभन्दा धेरै उच्च गति रेलमार्ग भएको देश हो र सबैभन्दा छीटो उच्च गती रेल मार्ग संजाल विस्तार गर्ने मुलुक समेत हो जहाँ अधिकांश उच्च गतीका रेल चालक रहित हुँन्छन [२]। सामान्यतया १७ योजन (२५० कीमी) प्रति घन्टा भन्दा माथिको गतिलाइ उच्च गति रेल मान्नेमा अाम सहमति भएपनि एसियामा २० योजन (३०० कीमी) प्रति घन्टा वा माथीको गती सामान्य उच्च गति रेल सेवा भैसकेको छ भने यो गति अझै बढाउँन चिन र जापान मा अनुसन्धान परिक्षणहरु भैरहेकाछन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]