उबुन्टु
नेपाली विकिपीडियाबाट
उबुन्टु डेक्सटप लक्षित एउटा एकदमै प्रचलित वितरण हो जुन डेबियन लिनक्स मा आधारित छ तर उपयोगितालाई निक्कै प्राथमिकता दिइएको छ। यसको विकास र प्रबर्धनलाई अाइल-अफ-म्यान स्थित क्यानोनिकल लिमिटेडले प्रयोजन गरेको छ, जुन दक्षिण-अफ्रिकी अर्बपति उद्यमी मार्क सटलवर्थको निजी संस्था हो।
उबुन्टुको डेस्कटप चित्रण]]यस बितरणको नाम अफ्रिकी विचार उबुन्टु आधारित छ, जसको झर्रो अनुबाद अरु प्रति मानवता हुन्छ। यसको प्रयोग बिशेषत: डेस्कटप कम्प्युटर र ल्यापटपमा गरिन्छ। तर यसको सर्भर संस्करण पनि निक्कै प्रचलित छ।
यसको सबैभन्दा नयाँ संस्करण ७।०४ हो जुन सन् २००७ एप्रिलमा प्रकासन गरिएको थियो। आगामी संसकरण ७।१० को निस्कासन २००७ अक्टोवरमा गरिने तय भएको छ।

