लिनक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिनक्स (उच्चारण/ˈlɪnəks/ or /ˈlɪnʊks/)[१] युनिक्स जस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलाई दिने नाम हो। लिनक्स खुला तथा स्वतन्त्र सफ्टवेयरमध्यको अभूतपूर्ण उदाहरण हो।[२] लिनक्स अथवा जिएनयु/लिनक्स कम्प्यूटरकोलागि एयुटा free and open source software, operating system हो। Free and Open Source Software (FOSS) भनेको स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेर हो। यसमा "free" भनेको निशुल्क होइन स्वतन्त्रतापूर्वक प्रयोग हो। लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो। लिनक्सलाई मोबाइल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर/उपकरणमा राख्न सकिन्छ। लिनक्स एउटा प्रमुख सर्भर सञ्चालन प्रणाली हो र विश्वका १० प्रमुख सुपर कम्प्यूटरहरूले यसको प्रयोग गर्छन्। लिनक्सको विकास स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितीय उदाहरण हो। लिनक्सको सम्पूर्ण स्रोत कोडलाई कसैद्वारा पनि GNU General Public License जस्ता लाईसेन्स/अनुज्ञप्तिपत्र अनुसार प्रयोग, परिमार्जन, र वाणिज्यिक वा गैर वाणिज्यिक रूपमा वितरण गर्न सकिन्छ। डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई वितरणको रूपमा प्याकेज गरिएको हुन्छ।

खुला वितरण[सम्पादन गर्नुहोस्]

खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरू सित्तैमा पाइन्छ। यी सफ्टवेयरहरूलाई इन्टरनेटबाट कुनै शुल्कविना डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। त्यस्तै यी सफ्टवेयरहरूको चाहेजति प्रतिलिपि बनाउन सकिन्छ, जुन सुविधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरमा छैन। लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफूले चाहेजस्तै परिवर्तन गरी चलाउन सकिन्छ। लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सफ्टवेयरले खुला file format हरू प्रयोग गर्ने गर्दछन्, जसले गर्दा कुनै फाइल खोल्नका लागि एउटै सफ्टवेयरमा बाँधिएर बस्नु पर्दैन। जसले नै सफ्टवेयर स्वतन्त्रता र डकुमेन्ट फ्रिडम डे कुराहरू व्यापक रूपमा आउन थालेका छन्।

लिनक्स वितरणहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. (23 April 1992). "Re: How to pronounce “Linux”?". (Google Groups). Retrieved 2007-01-09. Torvalds has made available an audio sample which indicates his own pronunciation, in English (/ˈlɪnʊks/) ─ "How to pronounce Linux?", अन्तिम पहुँच २००६-१२-१७  ─ and Swedish (/ˈlɪːnɤks/) ─ "Linus pronouncing Linux in English and Swedish", अन्तिम पहुँच २००७-०१-२० 
  2. "Linux Online ─ About the Linux Operating System", Linux.org, अन्तिम पहुँच २००७-०७-०६