एडवार्ड डेभिड
नेपाली विकिपीडियाबाट
एडवार्ड डेभिड (सन् १८६३-१९३०) - जर्मन सामाजिक-प्रजातन्त्रवादको दक्षिणपन्थी धाराका एक जना नेता, संशोधनवादी, पेशाअनुसार अर्थशास्त्री । जर्मन अवसरवादीहरूको पत्रिका Sozialistische Monatshefte ('समाजवादी मासिक') का एक जना संस्थापक । सन् १९०३ देखि राइखस्टागका प्रतिनिधि । साम्राज्यवादी विश्वयुद्ध (सन् १९१४-१९१८) को समयमा सामाजिक-अन्धराष्ट्रवादी बने । 'विश्वयुद्धमा सामाजिक-प्रजातन्त्रवाद' (सन् १९१५) नामक किताबमा साम्राज्यवादी युद्धमा जर्मन सामाजिक-प्रजातन्त्रवादको दक्षिणपन्थी धाराको अवसरवादी स्थितिको संरक्षक बन्न पुगे । सन् १९१९ मा जर्मन गणतन्त्रको प्रथम संयुक्त सरकारमा सामेल भए । सन् १९१९-१९ ताका गृहमन्त्री र सन् १९२२-१९२७ ताका गेस्सेनमा सरकारका प्रतिनिधि रहे । सोभियत संघप्रति शत्रुतापूर्ण व्यवहार गर्ने जर्मन साम्राज्यवादको प्रतिशोधवादी दुस्प्रयासलाई उनको समर्थन रहेको थियो । [१]
[परिवर्तन्] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८८