एप डटनेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एप डटनेट
साइटको प्रकार
विश्वव्यापी अनुप्रयोग सञ्जाल, अनुप्रयोग निर्माण
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकमोबिब्लक्स
सर्जकमोबिब्लक्स
युआरएलApp.net
अलेक्सा क्रम७६,६६२ (जनवरी २०१७)[१]
दर्ताआवश्यक
चालु भएको मिति८ अगस्ट २०१२ (2012-08-08)
वर्तमान स्थितिनिष्क्रिय

एप डटनेट एक विज्ञापन-मुक्त अनलाइन सामाजिक सञ्जाल सेवा तथा सुक्ष्म ब्लगिङ सेवा थियो जसले यसको प्रयोगकर्ताहरूलाई २५६ वर्णहरू सम्म सन्देश लेख्न सक्षम तुल्याएको थियो। एप डटनेटले सेवा, अल्फालाई आफ्नो वेब अन्तरमुख प्रदान गरेको थियो, जुन केही प्रयोगकर्ताहरूले प्रयोग गरेका थिए। तथापि, तिनीहरूले तेस्रो-पक्ष अनुप्रयोगहरूको प्रयोग र विकासलाई प्रोत्साहित गरेका थिए।[२]

डोमेन नाम एप डटनेट वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०४ मिति लाई बिक्री गरिएको थियो र यसलाई मोबिब्लक्स वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०५ मिति ले अधिग्रहण गरेको थियो जून हाल खरीद गर्ने, निर्माण गर्ने, विस्तार गर्ने र मूल मोबाइल अनुप्रयोगहरूको प्रकाशित गर्न एक ठाउँ हो।

इतिहास[सम्पादन गर्नुहोस्]

नाम 'एप डटनेट' पहिला एक सेवाको लागि प्रयोग गरिएको थियो जसले अनुप्रयोग विकासकर्ताहरूलाई तिनीहरूको अनुप्रयोगहरू प्रदर्शन गर्न अनुमति दिएको थियो। १३ जुलाई २०१२ मा, मिक्स्ड मिडिया ल्याब्सले एप डटनेट विज्ञापन रहित सामाजिक सञ्जाल मञ्च हुनको लागि यसको उद्देश्य परिवर्तन गरेको घोषण गरेको थियो। संरचनाको रूपमा, यो टुइटरसँग मिल्दोजुल्दो थियो तर यसमा कुनै पनि विज्ञापन समावेश थिएन। यसको सट्टामा यो प्रयोगकर्ता र विकासकर्ता सदस्यताहरूमा निर्भर रहेको थियो। मिक्स्ड मिडिया ल्याब्सले र लगभग १०,००० समर्थनकर्ताहरूको लक्ष्यको साथ संयुक्त कोष सङ्कलनको सुरुनत गरेको थियो जसमा यसले ५ लाख अमेरिकी डलर सुरुवाती लक्ष्य राखेको थियो। [३][४] १३ अगष्ट २०१२ सम्म उनीहरूले लक्ष्यलाई पार गर्दै अन्ततः ११,००० भन्दा बढी समर्थकहरूको साथ करीव ७ लाख ५० हजार अमेरिकी डलर सङ्कलन गर्न सफल भएका थिए।

१ अक्टोबर २०१२ मा, एप डटनेटले एक प्रोत्साहन कार्यक्रमको सुरु गरेको थियो।[५] मिक्स्ड मिडिया ल्याबको लक्ष्य भनेको विकासकर्ताहरूलाई मञ्चमा निर्माण गर्न प्रोत्साहित गर्नु हो।[६][७]

२९ नोभेम्बर २०१२ मा, एप डटनेटले एक नि: शुल्क परीक्षण आमन्त्रित कार्यक्रमको सुरु गरेको थियो। प्रयोगकर्ताहरूले साथीहरूलाई एप डटनेट प्रयोग गर्न आमन्त्रित गर्न सक्दछन् र यदि साथीले स्वीकार गरेको खण्डमा तिनीहरूले उक्त सेवा एक महिनाको लागि नि: शुल्क प्रयोग गर्न सक्दछन्।[८]

२५ फेब्रुअरी २०१३ मा, एप डटनेट एक भुक्तान सेवाको रूपमा परिचित बनेको थियो। एक भुक्तान योजनाको साथ प्रयोगकर्ताहरूले केहि सीमितताका साथ एक निःशुल्क खाता प्राप्त गर्न आमन्त्रित गर्न सक्छन्।[९]

मे २०१३ मा, एप डटनेटमा दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्याले १,००,००० नाघेको थियो।[१०]

२१ नोभेम्बर २०१३ मा, एप डटनेटले प्रसारण को घोषणा गरेको थियो। एप डटनेट सेवाका प्रयोगकर्ताहरूको लागि आफूले रुचाउने सामग्रीहरूको बारेमा सूचनाहरू पठाउन र प्राप्त गर्ने यो एउटा तरिका हो। यी सूचनाहरू आइफोन, एन्ड्रोइड वा एप डटनेटको आधिकारिक अनुप्रयोगहरू मार्फत पठाइन्छ। फ्रिमियम नमूनाको अंशका रूपमा एप डटनेटका प्रसारण सेवा सदस्यहरूका लागि नि: शुल्क छ।[११]

२५ जनवरी, २०१४ मा, एप डटनेटले ब्याकर नामक सेवाको प्रक्षेपण गरेको थियो जसलाई संयुक्त कोष सुविधाहरूको लागि एक मार्गको रूपमा वर्णन गरिएको छ। ब्याकर प्रयोग गर्न पहिलो परियोजना एप डटनेटबाट नै उत्पत्ति भएको थियो। ब्याकरका विवरणहरू यस प्रकारका छन्:

तपाईले ब्याकर प्रयोग गर्नको लागि एप डटनेटको एपीआईहरू एकीकृत गर्न आवश्यक पर्दैन।

हामीले पालो कुञ्जीका आधारमा सम्पूर्ण प्रक्रियाहरूको व्यवस्था गर्दछौँ। यदि परियोजना सफल भयो भने, एप डटनेटले परियोजना मालिकहरूलाई पैसा पठाउँदछ। यदि परियोजना असफल भयो भने, परियोजना मालिकको कुनै थप दायित्व वा काम गर्नु पर्ने छैन।

सफल खुला स्रोत ब्याकर परियोजना नि:शुल्क रूपमा रहेको थियो। सफल स्वामित्व पाएको परियोजनाहरूलाई ५% शुल्क लिइएको थियो। असफल अभियानहरूले कुनै शुल्क प्रदान गरिएको थिएन।

६ मे २०१४ मा, संस्थापकहरूले सदस्यता नवीकरणहरू नराम्रो भएको र जसले गर्दा एप डटनेटको लागि विकास कर्मचारीहरूलाई फिर्ता बोलाउनका लागि रकम पर्याप्त नभएको घोषण गरेको थियो। उनीहरूले भविष्यका कामहरू ठेकेदारहरूको प्रयोग गरी मर्मत सम्भारको आधारमा हुने पनि बताएका थिए।[१२]

१२ जनवरी २०१७ मा, संस्थापकहरूले एप डटनेटको मञ्च १५ मार्च २०१७ मा बन्द हुने घोषण गरेका थिए। तथापि, प्रयोगकर्ता आँकडा निर्यात विफलताहरूको एक महत्त्वपूर्ण सङख्याका कारण १६ मार्च २०१७ सम्ममा म्याद थपिएको थियो। एप डटनेटले अन्ततः १७ मार्च २०१७ मा पूर्ण रूपमा सञ्चालन बन्द गरेको थियो। एप डटनेटका लागि स्रोत अङ्क उनीहरूको गिटहब पृष्ठमा उपलब्ध गराइएको थियो।[१३]

१४ डिसेम्बर २०१७ मा, डोमेन नाम एप डटनेट सिडो डटकमको लिलामीमा बेचिएको थियो। उक्त डोमेन नामलाई वासिङ्टनमा आधारित एक सीमित दायित्व कम्पनी मोबिब्लक्सद्वारा अधिग्रहण गरिएको थियो।

१५ मे २०१८ मा, मोबिब्लक्सले एप डटनेटलाई आइओएस र एन्ड्रोइड अनुप्रयोगहरूको निर्माण, मर्मत र प्रकाशन गर्नका लागि एक अनलाइन उपकरणको रूपमा प्रयोग गर्ने बताएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "एप डटनेट साइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१७-०१-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०६ मिति
  2. "App.net is not vaporware", ८ अगष्ट २०१२, अन्तिम पहुँच १५ अक्टोबर २०१२ 
  3. "Announcing an audacious proposal", डाल्टन काल्डवेल, जुलाई १३, २०१२, अन्तिम पहुँच अगष्ट १४, २०१२ 
  4. सिमोनाइट, टम (जुलाई २०, २०१२), "A Social Network Free of Ads", टेक्नोलोजी रिभ्यु, अन्तिम पहुँच अगष्ट १४, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१८ मिति
  5. पञ्जारिनो, म्याथ्युज, "App.net gets annotations, allows for attaching all kinds of sweet metadata to posts", द नेक्स्ट वेब, अन्तिम पहुँच अक्टोबर १५, २०१२ 
  6. "App.net Will Start Paying Developers $20K A Month To Be Part Of Its Ecosystem, Beginning October 1", टेकक्रञ्च, सेप्टेम्बर २७, २०१२, अन्तिम पहुँच अक्टोबर १५, २०१२ 
  7. "New Incentive Program Financially Rewards Developers for Using the App.net API", प्रोग्रामेबल वेब, अक्टोबर २ , २०१२, अन्तिम पहुँच अक्टोबर १५, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०४ मिति
  8. मिचेल, जोन (नोभेम्बर २९, २०१२), "App.net Members Can Now Invite Friends With A Free Trial", ReadWrite, अन्तिम पहुँच नोभेम्बर २९, २०१२ 
  9. काल्डवेल, डाल्टन, "Introducing a free tier", एप डटनेट, मूलबाट २७ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-२७ मिति
  10. "Developer-friendly Twitter alternative App.net hits 100,000 registered users, 9 months after launch", द नेक्स्ट वेब, मे १७, २०१३, अन्तिम पहुँच मे २२, २०१३ 
  11. "अभिलेख प्रतिलिपी", मूलबाट २०१३-०१-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०१-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२१ मिति
  12. काल्डवेल, डाल्टन, "App.net State of the Union", एप डट नेट, मूलबाट २३ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०१७ मिति
  13. "एप डटनेट बन्द हुँदै छ", मूलबाट ४ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]