एलिजाबेथ टेलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिनेत्री एलिजाबेथ टेलर (फेब्रुअरी २७, १९३२ - मार्च २३, २०११)

डेम एलिजाबेथ रोजमण्ड् टेलर, (फेब्रुअरी २७, १९३२ - मार्च २३, २०११),[१][२] वा लिज टेलर पनि भनिने यिनी चर्चित हलिउड अभिनेत्री हुन्। उनको जन्म लन्डनमा भएको थियो तर काम उनले हलिउड (अमेरिका)मा गरिन।[३] हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथ करीब पाँच दशक फिल्ममा सक्रिय रहिन्। उनी १० नाति/नातिनी र चार पनाति/पनातिनीको रेखदेखमा थिइन्। चर्चामा आइरहने यिनले ५९ वर्षको उमेरमा आठौँ बिहे गरेकी उनी वैवाहिक जीवनका कारणले पनि समाचारमा आएकी थिइन्। त्यस्तै ७५ वर्षको पुग्दा उनले साथी जेसन विन्टर्स्सँग नवौँ बिहे गरेको हल्ला चलेको थियो। तर उनले त्यसको खण्डन गरेकी थिइन्। [४]

अमेरिकन चलचित्र इन्स्टिच्युटले प्रकाशन गरेको ‘महान नारी'को सूचीमा उनलाई सातौँ स्थान दिइएको छ। बालकलाकारकै रूपमा करियर सुरु गरेकी उनले आफ्नो जीवनकालमा दुईवटा एकेडेमी पुरस्कार जितेकी थिइन्। सन् १९४२मा १० वर्षको उमेरमा चलचित्र अभिनय सुरु गरेकी उनले अन्तिमपटक सन् २००१मा एक टेलि चलचित्रमा अभिनय गरेकी थिइन्। [४]

मार्च २३, २०११मा लस् एन्जेल्स, क्यालिफोर्नियाको एक अस्पतालमा उनको ७९ वर्षको उमेरमा निधन भयो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Screen icon Elizabeth Taylor dies", BBC News, BBC, अन्तिम पहुँच २३ मार्च २०११ 
  2. "ABC: Actress Elizabeth Taylor dies at age 79", USA Today, मार्च २३, २०११, अन्तिम पहुँच मार्च २३, २०११ 
  3. "Elizabeth Taylor, The Columbia Encyclopedia", Questia.com, अन्तिम पहुँच २०१०-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०४ मिति
  4. ४.० ४.१ Nagariknews.com 2011-03-23
  5. "Hollywood Icon Elizabeth Taylor Dies at 79 - ABC News", Abcnews.go.com, २०११-०३-२३, अन्तिम पहुँच २०११-०३-२३