एलेक्जेन्डर मिलेराँ

नेपाली विकिपीडियाबाट

एलेक्जेन्डर मिलेराँ

एलेक्जेन्डर एटएन मिलेराँ (सन् १८५९-१९४३) - फ्रान्सेली राजनैतिक कार्यकर्ता, उन्नाइसौं शताब्दीका नवौं दशकतिर चाहिँ समाजवादीहरूसँग मिल्न पुगे, फ्रान्सेली समाजवादी आन्दोलनमा अवसरवादी धाराको नेतृत्व गरे । सन् १८९९ मा उनी भाल्डेक-रुस्सोको प्रतिक्रियावादी पुँजीजीवी सरकारमा सामेल भई पेरिस कम्युनका हत्यारा जर्नेल गालिफ्फेसँग मिलेर काम गरेका थिए । भ्ला.इ. लेनिनले मिलेराँवादलाई सर्वहारावर्गको हितप्रति गद्दारी संशोधनवादको व्यावहारिक अभिव्यक्ति भन्ने संज्ञा दिएर त्यसको भर्त्सना गर्नुभयो र त्यसका सामाजिक जराहरू समेत खोतल्नुभयो । सन् १९०९-१९१०, १९१२-१९१३, १९१४-१९१५ तिर उनी विभिन्न मन्त्री पदहरूमा वहाल रहेका थिए । [१]

[परिवर्तन्] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९३