एस्पेरान्तो

नेपाली विकिपीडियाबाट

एस्पेरान्तो
Esperanto 
एस्पेरान्तोको झण्डा:
Esperanto flag
 
उच्चारण: /esperanto/
Created by:
कुल प्रयोगकर्ता: १ लाखदेखि २० लाख (अनुमानित संख्या)
Category (purpose): अन्तर्राष्ट्रीय दोस्रो भाषा
 एस्पेरान्तो
 
लिपी परिवार: ल्याटिन (एस्पेरान्तो शैली) 
आधिरारीक संस्था: एस्पेरान्तो प्रज्ञा-प्रतिष्ठान (Akademio de Esperanto)
Language codes
ISO 639-1: eo
ISO 639-2: epo
ISO 639-3: epo

एस्पेरान्तो (अंग्रेजी: Esperanto) सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ । यो भाषा पोल्यान्डमा बस्ने डक्टर, लेइजेर लुद्भिक जामेनहोफले बनाएका हुन् । संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसङ्ग सजिलै कुरा गरुन्, सबैले सिक्न सक्ने भाषा होस् भनेर उनले एस्पेरान्तो बनाएका हुन् ।

सन् १८८७मा जामेनहोफ भाषाको पहिलो किताब लेख्दा, आफैलाई "दोक्तोरो एस्पेरान्तो" भन्ने नाम दिए । त्यस नामको मतलब "आशा गर्ने डक्टर" हो । त्यो नाम पछि भाषाको नाम पनि भयो । किताबको नाम अन्तर्राष्ट्रिय भाषा :− परिचय तथा पूर्ण पाठ्यपुस्तक (Lingvo internacia: antaǔparolo kaj plena lernolibro) थियो ।


[परिवर्तन्] एस्पेरान्तोको प्रयोग

हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू एक लाख देखि २० लाख सम्म भएको अनुमान छ र करिब एक हजार व्यक्तिहरूले यसलाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दै आएका छन् । हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रोयग गरेको पाइन्छ ।


एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन् । यस भाषाको विकाषको लागि विभिन्न सम्मेलनहरू पनि हुने गर्दछन् । तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने "विश्व एस्पेरान्तो कङ्ग्रेस" (Universala Kongreso de Esperanto) हो जसमा ६० देशबाट आएको २,००० जना सहभागी हुन्छन् ।

एस्पेरान्तो विकिपीडिया पनि छ ।

[परिवर्तन्] भाषागत विशेषता

एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आउँछन् । तीमध्ये प्रयाजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आउँछन् । त्यसैले कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ ।

एस्पेरान्तोको वर्णमालामा २८ वटा अक्षर हुन्छ । कुनै अक्षर टोपी लगाउँछन् । एस्पेरान्तो भाषामा Q, W, X, Y अक्षर हुँदैन् । हरेक अक्षरको स्थिर उच्चारण हुन्छ । त्यसकरणले, एस्पेरान्तोमा अन्य युरोपेली भाषाहरूमा जस्तो हिज्जे सिक्नु पर्दैन । यो भाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिन्छ ।

अक्षर उच्चरण टिप्पणी
A
B
C त्स
Ĉ टोपी लगाएको C
D
E
F फ़ उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
G
Ĝ टोपी लगाएको G ।
H
Ĥ ख़ टोपी लगाएको H । उच्चरण नेपाली ख त होइन; उर्दू ख़ुदाको ख हो ।
I
J
Ĵ टोपी लगाएको J । उच्चारण अङ्ग्रेजी pleasure को s वा रुसी Ж जस्तो ।
K
L
M
N न (वा ञ वा ङ) न्क वा न्ग को सत्तमा, ङ्क र ङ्ग भन्न हुन्छ । न्च वा न्ज को सत्तामा ञ्च र ञ्जभन्न हुन्छ ।
O
P
R
S
Ŝ टोपी लगाएको S । दन्त्य स त होइन; तालव्य श (अङ्ग्रेजी sh) हो ।
T
U
Ǔ उल्टो थोपी लगाएको U
V उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
Z ज़ अङ्ग्रेजी z हो ।

उदाहरणको लागी, Mi lernas Esperanton को उच्चारण मी लेर्नास एस्पेरान्तोन हुन्छ । त्यसको अर्थ म एस्पेरान्तो सिक्छु भनेर हो ।

Esperanto estas pli facila ol la angla को उच्चारण एस्पेरान्तो एस्तास प्ली फ़ात्सीला ओल ला आङ्ग्ला हुन्छ । त्यसको अर्थ अङ्ग्रेजीभन्दा एस्पेरान्तो सजिलो हुन्छ भनेर हो ।

व्यक्तिगत औजारहरू