कजान विद्यालय हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कजान विद्यालय हत्याकाण्ड
हमलावर इल्नाज गलेभियभ ११ मे २०२१ मा
नक्सा
स्थानजौदाता फैजी मार्ग, ८ कजान, तातारस्तान, रुस
निर्देशाङ्क५५°४७′३५″उ॰ ४९°१३′३०″पू॰ / ५५.७९३०६°N ४९.२२५००°E / 55.79306; 49.22500निर्देशाङ्कहरू: ५५°४७′३५″उ॰ ४९°१३′३०″पू॰ / ५५.७९३०६°N ४९.२२५००°E / 55.79306; 49.22500
मिति११ मे २०२१ (२०७८ वैशाख २८)
लक्ष्यविद्यालय
आक्रमणको प्रकार
गोलीकाण्ड
हतियारहरूअर्ध स्वचालित बन्दुक
मृत्यु[१][२]
घाइते२३[३]
अपराधीइल्नाज गलेभियभ[४]
अभियोगदुई वा दुई भन्दा बढीको हत्या

कजान विद्यालय हत्याकाण्ड (रुसी: Массовое убийство в гимназии ) ११ मे २०२१ मा घटेको थियो।[५] रुसको कजान, तातारस्तानको एक विद्यालयमा उक्त गोलीकाण्ड घटेको थियो। [२]गोलीकाण्डमा नौ जना (सात विद्यार्थी र दुई शिक्षक) को मृत्यु र अन्य २३ जना घाइते भएका थिए।[६] इल्नाज गलेभियभ को रूपमा चिनाइएको हमलावरलाई १२ मे २०२१ मा दुई वा दुईभन्दा बढी व्यक्तिहरूको हत्यामा दोषी भएको अभियोग लगाइएको थियो र उनलाई हिरासतमा पनि राखिएको थियो।[४][७]

घटना[सम्पादन गर्नुहोस्]

रुसको तातरस्तानको कजानस्थित एक विद्यालयमा सामूहिक गोली प्रहार भएको थियो।[८] उक्त गोलीकाण्डको समयमा ७१४ विद्यार्थी र ७० जना कर्मचारीको उपस्थिति रहेको थियो।[९] स्थानीय समय अनुसार, बिहानको ९:१९ बजे हमलावर इल्नाज गलेभियभ लाई परिचयपत्र आवश्यक पर्ने भन्दै सुरक्षा प्रणालीद्वारा विद्यालयको मुख्य प्रवेशद्वारमा रोकिएको थियो।[१०][११] सुरक्षाकर्मीले दुई व्यक्तिले उनलाई भित्र पस्नबाट रोक्नेे प्रयास गरेका थिए भने त्यसै बेलामा, गलेभियभ ले उनीहरू माथि जथाभावी गोली चलाएका थिए।[८][१०] तिनीहरू दुवै घाइते भएका थिए र तिनीहरूमध्ये एक जना, प्राविधिक अधिकृतले ९:२५ मा आपतकालीन बटन थिच्न सफल भएका थिए जसले गर्दा संसूचक उत्पन्न भएको थियो।[१२] सचेतक ध्वनिले भवनका शिक्षकहरूलाई सचेत गराएको थियो, जसले गर्दा तिनीहरूले आफ्नो कक्षा कोठा बन्द गरेेेेेेका थिए। शिक्षकहरूलाई आफ्नो कक्षा कोठा बन्द गर्न आह्वान गर्दै भवनमा रेडियो सञ्चार पनि पठाइएको थियो।[१३]

त्यसपछि गलेभियभ भवनभित्र पसेका थिए बिस्फोटक बस्तु स्थापना गरेका थिए। त्यसपछि उनी तेस्रो तलामा पुगेकाा थिए। कक्षा ३१० मा गएर ७ जना विद्यार्थी र १ जना शिक्षकको हत्या गरेका थिए।[१४][१५][११] गोली चलेको बेला १७ वटासम्म गोली चलेको थियो। [१६] केही विद्यार्थीहरू तेस्रो तलाको झ्यालबाट हामफालेर भागेका थिए। बीस मिनेटको अन्तरालमा विद्यालय पुरै खाली गरिएको थियोे। प्रहरी ९:३३ मा घटनास्थलमा आएर तुरुन्तै गलेभियभलाई हिरासतमा लिएका थिए।[४]

विद्यालय बाहिर र भित्रको भिडियो फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो [९]जसमा कक्षाकोठाको झ्यालको प्रयोग गरेर केही विद्यार्थीहरू भाग्न सफल भएको देखाउँदछ हमलावरलाई प्रहरीले पक्राउ गरिएको दृश्य पनि कैद भएका थिए।[१७] सुरक्षाकर्मीले तेस्रो तल्लाका २३ जनालाई उद्धार गरेका थिए।[१०]

पीडित[सम्पादन गर्नुहोस्]

गोली चल्दा आठ कक्षाका सात जना र दुई जना वयस्क मारिएका थिए।[८] घाइतेहरू[१] ७ देखि १५ वर्षका २० जना र वयस्क तीन जना रहेका थिए।[३] कम्तीमा १२ जना विद्यार्थीलाई गोली हानी घाइते बनाएको थियो। आपतकालीन अवस्था मन्त्रालयले ५ जना विद्यार्थी सहित ९ जना घाइतेलाई कजानबाट झुकोभस्कीसम्म पुर्‍याएको थियो।[१८] अवतरण गरिसकेपछि एम्बुलेन्सले घाइतेहरूलाई मस्कोसम्म पुर्‍याएको थियो।[१९][२०]

एउटा राज्य समाचार आयोगको प्रतिवेदन अनुसार, [९] गलेभियभबाट भाग्नको लागि तेस्रो तलाको झ्यालबाट हामफाल्दा घाइते भएका दुई विद्यार्थीहरूको मृत्यु भएको जनाएको थियो।[२१]

घटना पश्चात्[सम्पादन गर्नुहोस्]

रूसको सङ्घीय सुरक्षा सेवाका सेनाहरू भवन भित्र प्रवेश गर्दै

गोली चलेपछि सङ्घीय सुरक्षा सेवाका सेनाहरू भवनमा प्रवेश गरेका थिए।[११] उक्त विद्यालयको सबै दोस्रो पटकको कक्षाहरू रद्द गरिएको थियो र उक्त विद्यालयमा प्रवेश निषेध गरिएको थियो।[२२] १२ मेलाई शोकको दिन घोषणा गरिएको थियो। मे ११ र १२ गतेका लागि तय गरिएको सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि रद्द गरिएको थियो।[१०]

तातारस्तानका अधिकारीहरूले मृतकको प्रत्येक परिवारलाई एक लाख रूबल भुक्तानी पठाएका थिए।[२३][२४] ठूलो शारीरिक क्षति भएका छ जना पीडित प्रत्येकलाई ४०० हजार रुबल पठाइएको थियो भने घाइतेहरूको परिवारलाई २००–४०० हजार रूबलको भुक्तानी गरिएको थियो।[२५] यसबाहेक, रूसी रेडक्रस सोसाइटीले गोली हानाहानको सिकार भएकाहरूको लागि २ लाख रूबल जम्मा गरेको थियो।[२६]

बन्दुक नियन्त्रण प्रस्ताव[सम्पादन गर्नुहोस्]

राष्ट्रपति भ्लादिमिर पुतिनले पीडितहरूका नातेदारहरूलाई शोक व्यक्त गर्दै सरकारलाई देशको बन्दुक कानूनलाई कडा बनाउन आदेश दिएका थिए।[२१] सुरक्षा तथा भ्रष्टाचार विरोधी राज्य सभा समितिका अध्यक्ष भासिली पिस्कारेभले बन्दुक अनुमति पत्र प्राप्त गर्न कठोर प्रतिबन्धको मसौदा विधेयकलाई कार्य समूहले १२ मेमा विचार गर्ने र १८ मेमा राज्य सभाद्वारा विधेयक माथि मतदान गरिने बताइएको थियो।[२७] २०२० डिसेम्बरमा राज्यसभामा पेश गरिएको उक्त विधेयकले दुई वा सोभन्दा बढी सजाय पाएका वा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै पक्राउ परेका नागरिकलाई आफ्नै हतियारको इजाजत पत्र प्राप्त गर्न रोक लगाएको छ।[२८]

संयुक्त रूसको साधारण परिषद्का सचिव आन्द्रे तुर्चाकले बन्दुकको तस्कर सम्बन्धी कानुनलाई कडा बनाउनुपर्ने र विद्यालयको सुरक्षाका लागि उत्तम तरिका खोज्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।[२९] राज्यसभाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिनले अस्थिर नागरिकहरूलाई हतियार प्राप्त गर्नबाट रोक्न प्रक्रियाको आवश्यकता परेको बताएका थिए। उनले हतियार प्राप्त गर्न झूटो प्रमाणपत्र वितरण गर्नेहरू माथि कठोर जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए।[३०]

मानव अधिकार लोकपाल तात्याना मोस्काल्कोभाले हतियार प्राप्त गर्न उमेर बढाएर २१ बनाउने प्रस्ताव गरेका थिए। रूसका राष्ट्रिय सुरक्षाका निर्देशक भिक्तोर जोलोतोभले हतियारको लागि अनुमति प्राप्त गर्दा अनिवार्य मनोवैज्ञानिक परीक्षणको प्रस्ताव राखेका थिए। उनले अनुमति पत्र प्राप्त गर्न कम्तीमा २१ वर्ष हुनुपर्ने प्रस्ताव राखेका थिए। [२८]

अन्य ऐन[सम्पादन गर्नुहोस्]

भोलोदिनले अतिवादी र हिंसात्मक सामग्रीलाई कम गर्न इन्टरनेटमा आफ्नो नाम नखुलाउने प्रस्ताव पनि पेश गरेका थिए। [२८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Число погибших в результате стрельбы в школе в Казани возросло до девяти", TASS (रुसीमा), अन्तिम पहुँच ११ मे २०२१ 
  2. २.० २.१ "रुसको तातारस्तानमा विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु (भिडियो)"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ मे २०२१ 
  3. ३.० ३.१ "Число пострадавших при стрельбе в казанской школе выросло до 23", TASS (रूसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  4. ४.० ४.१ ४.२ "Казанский стрелок признал вину", Kommersant (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  5. "रुसको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, सात बालबालिकासहित ९ जनाको मृत्यु" (नेपाली) भाषा)। देश सञ्चार। सङ्ग्रह मिति ९ मे २०२१ 
  6. "रुसको कजान सहरको एक विद्यालयमा अन्धाधुन्ध गोलीकाण्डमा बालबालिकासहित ९ जनाको मृत्यु"समाचार दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ मे २०२१ 
  7. "Напавший на школу в Казани арестован", Interfax (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  8. ८.० ८.१ ८.२ "В результате стрельбы в школе в Казани пострадали 32 человека", TASS (रुसीमा), ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  9. ९.० ९.१ ९.२ "Восстановлена хронология событий во время стрельбы в казанской школе", RIA Novosti (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  10. १०.० १०.१ १०.२ १०.३ "Стрельба в школе в Казани. Хроника событий", TASS (रुसीमा), ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  11. ११.० ११.१ ११.२ "Что известно о стрельбе в школе в Казани", TASS (रुसीमा), ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  12. "Власти рассмотрят вопрос о поощрении сотрудников школы, которые защищали детей в Казани", TASS (रुसीमा), २०२१-०५-११, अन्तिम पहुँच २०२१-०५-११ 
  13. "Избежать большего числа жертв в казанской школе удалось благодаря радиооповещению", TASS (रुसीमा), २०२१-०५-११, अन्तिम पहुँच २०२१-०५-११ 
  14. "Галявиев в день нападения на школу установил на первом этаже взрывное устройство", TASS (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  15. "В СК опровергли информацию о якобы заложенном в гимназии в Казани взрывном устройстве", TASS (रुसीमा), २०२१-०५-११, अन्तिम पहुँच २०२१-०५-११ 
  16. "Кошмар на улице Файзи", Kommersant (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  17. Ellyatt, Holly (११ मे २०२१), "Children killed, many wounded, in Russian school shooting", CNBC, अन्तिम पहुँच ११ मे २०२१ 
  18. "Врачи рассказали о состоянии детей, находящихся в реанимации после стрельбы в Казани", TASS (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  19. "Самолет с девятью пострадавшими при стрельбе в Казани вылетел в Москву", TASS (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  20. "Спецборт МЧС с пострадавшими при стрельбе в Казани сел в Жуковском", TASS (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  21. २१.० २१.१ "रूसको एक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षक गरी कम्तीमा ११ जनाको मृत्यु", सेतोपाटी, ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  22. "В Казани введен режим контртеррористической операции", Interfax (रुसीमा), ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  23. "Шесть семей погибших в Казани школьников получили выплаты", TASS (रुसीमा), २०२१-०५-१३, अन्तिम पहुँच २०२१-०५-१३ 
  24. "Выплаты в 1 млн рублей семьям погибших в школе в Казани произведут 12 мая", TASS (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  25. "Семьи погибших при стрельбе в казанской школе получат по 1 млн рублей", TASS (रुसीमा), ११ मे २०२१, अन्तिम पहुँच ११ मे २०२१ 
  26. "Более 20 млн рублей пожертвований собрали для пострадавших при стрельбе в Казани", TASS (रुसीमा), २०२१-०५-१३, अन्तिम पहुँच २०२१-०५-१३ 
  27. "Комитет Госдумы одобрил ужесточение правил выдачи лицензий на оружие", Kommersant (रुसीमा), २०२१-०५-१२, अन्तिम पहुँच २०२१-०५-१२ 
  28. २८.० २८.१ २८.२ "Володин заявил о необходимости обсудить уход от анонимности в интернете", TASS (रुसीमा), २०२१-०५-११, अन्तिम पहुँच २०२१-०५-११ 
  29. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named galy.3006
  30. "Золотов предложил ввести психологическое тестирование при получении справки на оружие", TASS (रुसीमा), २०२१-०५-१३, अन्तिम पहुँच २०२१-०५-१३