कोलेस्टेरोल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिचय[सम्पादन गर्ने]

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।

४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ।

लिपोप्रोटिन,असल र खराब कोलेस्टेरोल[सम्पादन गर्ने]

कोलेस्टेरोल तथा अन्य चिल्लो पदार्थहरू रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरियाहरूद्वारा बोकिने गर्छन्। यी भरियाहरूलाई लिपोप्रोटिन भनिन्छ। लिपोप्रोटिनहरू हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिनहरू मुख्यतया एलडीएल (LDL) र एचडीएल (HDL) हुन्। यी दुवै लिपोप्रोटिनहरू कोलेस्टेरोल बोक्ने भरियाहरू हुन्।एलडीएलले रगतबाट कोलेस्टेरोल र अन्य चिल्लो पदार्थहरू बोकेर रक्तनलीमा पुर्‍याई जम्मा गरिदिन्छ। यसका कारण रक्तनली साँगुरिन पुग्छ र हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ। यसले बोकेको एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोल भनिन्छ।

एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुर्‍याउँछ। यसले रक्तनलीमा जमेको कोलेस्टेरोललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ। यस कारण एचडीएलले बोकेको कोलेस्टेरोललाई असल कोलेस्टेरोल भनिएको हो। एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ। यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ।

प्रभाव र हृदयघातको खतरा[सम्पादन गर्ने]

यो शरीरका लागि अत्यावश्यक हुन्छ। तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुन सक्छ।रगतमा धेरै मात्रामा कोलेस्टेरोल भएमा हृदयघात हुने सम्भावना बढ्छ। रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयघात हुने सम्भावनालाई कम गर्न सकिन्छ। विभिन्न अध्ययन-अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयघातको खतरा घट्ने प्रमाणित भैसकेको छ। रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँगुरिएको रक्तनली फेरि खुल्न सक्छ।साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयघातको खतरा दुई प्रतिशतले घट्छ। रक्त कोलेस्टेरोल २५० मिल्रि्रामबाट २०० मिल्रि्राममा घटाउँदा हृदयघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ।

प्रत्येक व्यक्तिले २० वर्षो उमेर नाघेपछि रक्त कोलेस्टेरोलको परीक्षण गराउनु उपयुक्त हुन्छ। यो विशेष परीक्षण हो। यसको नतीजा चिकित्सकहरूलाई देखाउनर्ुपर्छ। एचडीएल कोलेस्टेरोलको पनि जाँच गर्नु अत्यावश्यक हुन्छ। किनकि यो कम भएमा खतरा हुन्छ। त्यस्तै एलडीएल कोलेस्टेरोल बढी भएमा पनि खतरा बढ्छ। रगतमा भएको चिल्लो पदार्थको मात्रा थाहा पाउन लिपिड प्रोफाइल ( Total Cholesterol HDL, LDL, VLDL, र Triglyceride) जाँच्नर पर्छ।

लिपिड प्रोफाइलको परीक्षण सही प्रकारले गर्नु अलि कठिन कार्य हो। यसकारण जुनसुकै प्रयोगशालामा यसको परीक्षण नगर्नु नै उपयुक्त हुन्छ। चिकित्सकले जहाँ परीक्षण गराउनका लागि सिफारिस गरेका छन् त्यही प्रयोगशालामा परीक्षण गराउनु बेस हुन्छ। गल्ली-गल्लीमा खुलेका सबै प्रयोगशालाहरू भरपर्दा हुँदैनन्।

कोलेस्टेरोल घटाउन आहारामा परिवर्तन गर्नु महत्त्वपूर्ण् कदम हो। कम कोलेस्टेरोलयुक्त खाद्यपदार्थको प्रयोग र चिल्लो पदार्थमध्ये अनस्याचुरेटेड फ्याट्स (Unsaturated Fats)को प्रयोग गर्नु आहार परिवर्तनको विशेषता हो। यससम्बन्धमा अमेरिकन हार्ट एसोसिएसनले दैनिक आहारमा उपयोग हुने क्यालोरीको ३० प्रतिशतसम्म मात्र चिल्लो पदार्थ (fat)को प्रयोग गर्ने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतभन्दा कम मात्र स्याचुरेटेड फ्याटबाट लिने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतसम्म मात्र पोलिस्याचुरेटेड फ्याटबाट लिने र दैनिक ३०० मि.ग्रा. भन्दा कम कोलेस्टेरोलयुक्त आहार लिने सिफारिस गरेको छ।

कोलेस्टेरोल र खाना[सम्पादन गर्ने]

स्याचुरेटेड फ्याट कोठाको तापक्रममा कडा हुन्छ र यो मासु, बटर, मख्खन, नरिवल, पाम तेलमा अत्यधिक पाइन्छ। यसको प्रयोगले रक्त कोलेस्टेरोल बढ्छ।पोली स्याचुरेटेड फ्याट कोठाको तापक्रममा तरल नै रहन्छ। यो र्सर्ूयमुखी, मकै, भटमास, तोरी आदिको तेलमा अत्यधिक पाइन्छ। यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन।

मोनो अनस्याचुरेटेड फ्याट बदाम, ओलिभ र एभोकाडोका तेलहरूमा अत्यधिक पाइन्छ। यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन। स्याचुरेटेड फ्याटको सट्टा आहारामा पोली र मोनोअनस्याचुरेटेड फ्याटको प्रयोग गर्नुपर्छ। करिब ३० मिलिलिटर -५-६ चिया चम्चा) सम्म तेल र चिल्लो पदार्थ दैनिक आहारमा लिन सकिन्छ।

रक्त कोलेस्टेरोल बढेको बेला शाकाहारी खाना प्रयोग गर्न सके सबैभन्दा उत्तम हुन्छ। किनकि शाकाहारी खानामा रक्त कोलेस्टेरोल कम हुन्छ। अत्यधिक कोलेस्टेरोल र स्याचुरेटेड भएका खाद्यपदार्थहरू जस्तै- मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पँहेलो भाग, दूध, घ्यू, मख्खन आदि अत्यन्त कम मात्रामा उपयोग गर्नुपर्छ। माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी चीजहरू कम मात्रामा उपयोग गर्न सकिन्छ। तर खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुनाले यसको उपभोग नगर्नु नै बेस हुन्छ।

खाना पकाउँदा तेल कम राख्नर्ुपर्छ। मासु पकाउँदा छाला र बोसो सबै काटेर फालेपछि मात्र पकाउनर्ुपर्छ। साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्नर्ुपर्छ। दैनिक दुई पेगभन्दा बढी रक्सी पिउनुहुँदैन। मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिनर्ुपर्छ। सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल, दाल अत्यन्त फाइदाजनक छन्। यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्नुपर्छ। धूमपान गर्नुहुँदैन। ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ -माछाको तेल, सिमी, बोडी, भटमास आदिबाट तयार पारिएका खाद्यपदार्थ) हरू आहारमा प्रयोग गर्नुपर्छ।

ट्राइग्लाइसेराइडले पनि हृदयघात हुन सक्छ[सम्पादन गर्ने]

प्रकृतिमा धेरैजसो चिल्लो पदार्थहरू ट्राइग्लाइसेराइडको रूपमा रहेका छन्। ट्राइग्लाइसेराइड खाद्यपदार्थहरूबाट र शरीरभित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरूको रगतमा कोलेस्टेरोलका साथमा ट्राइग्लाइसेराइडको पनि वृद्धि भएमा हृदयघातको सम्भावना बढ्छ। बढेको ट्राइग्लाइसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।यस अवस्थामा कम चिल्लो, कम प्रशोधित कार्बोहाइड्रेट तथा कम चिनी तर बढी फाइबरयुक्त आहार लिनर्ुपर्छ। पकाउने तेल दैनिक ५-१० ग्राम मात्र प्रयोग गर्नुपर्छ। तेलमा र्सर्ूयमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ। चिल्लोमा तारेका खाना जस्तै- परौठा, समोसा, पुरी, दालमोठ आदि खानु हुँदैन। यस्तै प्रशोधित कार्बोहाइड्रेट जस्तै- चिनी, गुड, जाम, मह, जुस, चकलेट, मैदाको रोटी, सुजी, सेतो पाउरोटी, बिस्कुट, चाउचाउ, माकारोनी आदि खानुहुँदैन।

त्यसै गरी सोडाबाहेक कुनै पनि कोक, फ्यान्टा, पेप्सीजस्ता पेयपदार्थ नपिउनु राम्रो हुन्छ। साथै अल्कोहलयुक्त पेयपदार्थ पनि पिउनुहुँदैन। बटर, क्रिम, चीज, आइसक्रिम तथा अन्य क्रिमयुक्त खाना, बंगुर र खसीको मासु नखाने तर बोसो नभएका कुखुरा र माछा खाए हुन्छ। काजु, बदाम, ओखर तथा ड्राइप|mुट्स खानुहुँदैन। पर्ूणा गहुँको पीठो -प्रशोधन नगरिएको), गहुँको रोटी, गेडागुडी, खस्रो चामल, सागपात, हरियो तरकारी, फलफूल, उच्च फाइबरयुक्त खाना प्रशस्त खान सकिन्छ।

खानामा फाइबरको प्रमुख स्रोत गहुँ ओट, गेडागुडी, हरियो सागपात, तरकारी तथा फलफूलहरू हुन्। पालिस गरिएको चामलमा फाइबर हुँदैन। त्यस कारण चामल प्रयोग गर्दा खस्रो र बाहिरी पातलो बोक्रा नफालिएको प्रयोगमा ल्याउनर्ुपर्छ।

कोलेस्टेरोल परीक्षण रिपोर्ट[सम्पादन गर्ने]

टोटल कोलेस्टेरोल[सम्पादन गर्ने]

200 mg./dl भन्दा कम - सन्तोषजनक

200 देखि 239 mg/.dl - खतराको सिमाना

240 mg./dL mन।रमी वा बढी - खतरनाक

एलडीएल कोलेस्टेरोल[सम्पादन गर्ने]

एलडीएलको मात्राले हृदयघातको खतरालाई टोटल कोलेस्टेरोल (Total Cholesterol) भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ।

100 mg/.dl भन्दा कम - सन्तोषजनक

100 देखि 129 mg/.dl - खतराको सिमाना

130 mg/.dl वा बढी - खतरनाक

एचडीएल कोलेस्टेरोल[सम्पादन गर्ने]

सामान्यतया महिलामा 50–60 mg/dl र पुरुषमा 40–50 mg/dl हुनुपर्ने मान्यता छ। एचडीएल कम भएमा हृदयघातको खतरा बढ्छ।

40 mg./dl भन्दा बढी - सन्तोषजनक

40 mg/dl नरमी भन्दा कम - खतरनाक

एचडीएलको मात्रा कसरि घट्छ ?[सम्पादन गर्ने]

धूमपान गरेमा।

शरीरको तौल आवश्यकभन्दा बढी भएमा।

शरीरिक रूपले अल्छी भएमा -व्यायामको कमी)।

एचडीएलको मात्रा कसरी बढाउने ?[सम्पादन गर्ने]

धूमपान रोक्ने।

शरीरको तौल घटाउने।

शारीरिक रूपले सक्रिय रहने -व्यायाम, योगासन आदि गर्ने)।

साभारः डा. प्रकाशराज रेग्मी