गुरुत्व बल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

न्युटनको ब्रह्माण्डिय गुरूत्वको नियम अनुसार कुनै पनि दुई पिण्डहरूको बीचमा पैदाहुने आकर्षण बल

आइजक न्यूटनले आफ्नो खोजले पत्ता लगाए कि सबै ग्रह र ताराहरु मात्रै होइन, प्रत्येक कणले एक अर्कालाई आफु तिर आकर्षित गर्छ ।यो आकर्षणलाई नै गुरुत्वाकर्षण र त्यसले उत्पन्न हुने बल लाई गुरुत्वाकर्षणबल भनिन्छ । न्यूटन द्वारा प्रतिपादित गुरुत्वाकर्षण सम्बन्धी नियमलाई न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम भनिन्छ ।

न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम[सम्पादन गर्ने]

मानौँ कुनै दुई वस्तुको पिण्ड m१ र m२ छ । तिनीहरु बिचको दुरि r छ भने ति दुई बिचलाग्ने गुरुत्वाकर्षण बल (F):

न्यूटनको गुरुत्वाकर्षणको नियम

१.ति दुई वस्तुको को पिण्डहरुको गुणनफल सगँ समानुपातिक हुन्छ ।

F\propto m1*m2

२.ति दुई वस्तुको दुरिको वर्ग सगँ व्युतक्रमानुपातिक हुन्छ ।


F\propto 1/r^2

अर्थात,

F = G \frac{m_1 m_2}{r^2}\ ,

यहाँ G गुरुत्वाकर्षण स्थिर अङ्क हो । यसको मान यस प्रकार रहेको छ :

 G = 6.67428 \times 10^{-11} \ \mbox{m}^3 \ \mbox{kg}^{-1} \ \mbox{s}^{-2} = 6.67428 \times 10^{-11} \ {\rm N}\, {\rm (m/kg)^2}