ग्याल्पो काण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्याल्पो काण्ड
मितिवि.सं १९८६ भदै १२- १९८६ माघ
स्थान
परिणाम भोटद्वारा नेपाल सरकारसंग आफ्नो भूल स्वीकार
योद्धा
 Nepal  तिब्बत
सेनापतिहरू
नेपाल चन्द्र शमशेर तिब्बत

प्रधानमन्त्री चन्द्र शमशेरको पालामा वि.सं १९८६ श्रावण २६ गते ग्याल्पो शेर्पाले ल्हासास्थित नेपाली वकिल कार्यालयमा शरण लिएका थिए । १९८६ भदौ १२ गते भोटको दलबलले निज ग्याल्पोलाई नेपाली वकिल कार्यालय भित्र पसी लुटेर अपहरण गरी लग्यो । नेपाली वकिल कार्यालय भित्र १३०० सशस्त्र सिपाहीले पसी मान्छे अपहरण गर्नु भोट सरकारको ठुलो भूल थियो । त्यसैले नेपाल र भोट बीचमा युद्धको तयारी हुन थाल्यो ।

तर वि.सं १९८६ कार्तिक सुदी ५ रोज ४ मा भोटले नेपाल सरकारसँग आफ्नो भूल स्वीकार गरी माफी मागी विन्तीपत्र पठायो । माफी माग्ने विन्तीपत्र आए पनि आधिकारिक माफी पत्र नआउदै श्री ३ चन्द्र शमशेरको मृत्यु भयो । अन्त्यमा वि सं १९८६ मार्गमा चन्द्र शमशेरको मृत्यु पछि उनका उत्तराधिकारी भीम शमशेरको शासन कालमा वि.सं १९८६ माघमा भोटबाट माफी मागेको सक्कल पत्र आयो तापनि नेपालले चाहेको जस्तो व्योहोरा पुरा गरी आएन ।[१]

यो पनि हेर्नु होस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४८, आइएसबिएन 99933-2-406-X