ग्लोबल केबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्लोबल केबल
पूर्व प्रकार
केबल दूरदर्शन सञ्चालक
उद्योगदूरसञ्चार
स्थापितसन् १९९३
समायोजित:
ग्लोबल डेष्टिनी केबल, सन् २००३
बन्दनोभेम्बर १५, २०१२ (2012-11-15)
केन्द्रीय कार्यालयमनिला, फिलिपिन्स
उत्पादनहरूकेबल दूरदर्शन
वेबसाइटHome Page

ग्लोबल केबल फिलिपिन्समा आधारित एक केबल कम्पनी हो। कम्पनीले देशव्यापी रूपमा आफ्नो गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीको प्रधान कार्यालय फिलिपिन्सको राजधानी मनिलामा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

३ फेब्रुअरी १९९३ मा, ग्लोबल केबल निगमलाई केबल दूरदर्शन सेवाहरू प्रदान गर्न एक प्रावधानिक अधिकार दिइएको थियो। राष्ट्रिय दूरसञ्चार आयोगले ग्लोबल केबल निगमलाई मे १९९३ मा सान पेड्रो, लागुनामा केबल एण्टिना दूरदर्शन प्रणालीको निर्माण, स्थापना, मर्मत र सञ्चालन गर्न प्रमाणपत्र र अधिकार प्रदान गरेको थियो। फलस्वरूप, ग्लोबल केबल निगमलाई केबल एण्टिना दूरदर्शन प्रणालीको सञ्चालन र मर्मत गर्न अनुमति दिइएको थियो र यसले फिलिपिन्सका प्रमुख सहरहरू जस्तै सान जुआन नगरपालिका, मण्डललुयोङ[१], मकाटी, पासे, मनिला, मारीकिना परानक्यु पासीग र मुन्तिनलुपामा सेवा सञ्चालन गरेको थियो[२]

ग्लोबल केबलसँग समायोजन[सम्पादन गर्नुहोस्]

१७ नोभेम्बर २००० मा, ग्लोबल केबल निगम (जिसिआई) र डेष्टिनी केबल निगम (डिसिआई) ले दुई कम्पनीहरूको दूर्दशन केबल सञ्चालन समायोजन गर्न सम्झौता गरेको घोषण गरेका थिए।

नोभेम्बर २००० मा डेष्टिनी केबलले ग्लोबल केबलको साथ साझेदारी गरेको थियो जुन यसको केबल दूरदर्शन उद्यमहरूलाई थप सुदृढ पार्न र व्यवस्थित गर्नका लागि उक्त साझेदारी रहेको थियो। तथापि, यो १ फेब्रुअरी २००१ मा यसको संयुक्त नाम ग्लोबल डेष्टिनी केबलमा परिवर्तन गरिएको थियो। [३][४]

ग्लोबल डेष्टिनी केबललाई मनिला महानगरीय क्षेत्रमा स्काई केबल फिलिपिन्सको सबैभन्दा ठूलो केबल दूरदर्शन कम्पनीको नजिकको प्रतिस्पर्धीको रूपमा लिइन्छ।[५] दुबै कम्पनीका देशव्यापी रूपमा तिनीहरूका आफ्नै सञ्जालहरू छन् र दुबैले यससँग सम्बन्धित ग्राहकहरूलाई उच्च-गति केबल इण्टरनेट सेवा प्रदान गर्दछन्।[६]

स्काई केबललाई विक्री[सम्पादन गर्नुहोस्]

२ मे २०१२ मा, स्काई केबल निगमले अन्ततः ग्लोबल डेष्टिनी केबलको सम्पत्तिलाई अधिग्रहण गरेको थियो। डेष्टिनी केबल निगमले ३.५ अर्ब फिलिपिनी पेसोको लागतमा डेष्टिनी केबल, युनि केबल र माई डेष्टिनीका विस्तृत पट्टि इण्टरनेटका ग्राहकहरूलाई यसको सेवालाई थप सुधार गर्नका लागि लगानी गरेको थियो। [७]

ग्लोबल केबलबाट बिच्छेद पछि ग्लोबल डेष्टिनी केबल, डेष्टिनी केबलमा फिर्ता आएको थियो। १५ नोभेम्बर २०१२ मा डेष्टिनी केबलको प्रधान कार्यालय मकाटी सहरको सोलिड हाउस भवनबाट स्काइ केबलको प्रधान कार्यालय केजान सहरमा सारिएको थियो। १८ डिसेम्बर २०१२ मा, राष्ट्रिय दूरसञ्चार प्राधिकरणले निपुर्ण स्काईको अधिग्रहण गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Mandaluyong City Infrastructure वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-२३ मिति, Mandaluyong City MIS
  2. PIO, Marikina (फेब्रुअरी १, २००५), "Global Destiny Basketball League in Marikina", मरिकिना न्युज, मूलबाट जनवरी ३, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३, २००९ मिति
  3. लेक्चुरा, लेनी (डिसेम्बर २५, २००७), "Global Destiny lacks proof it has money", बिजनेस मिरर, मूलबाट डिसेम्बर ३०, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-२५  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३०, २००७ मिति
  4. The Philippine Broadcast Equipment Market, March 2006[dead link], CommerceCan
  5. बिजनेस वर्ल्ड, अनलाइन (जुन १६, २००८), "Lopez buys out Sun Cable, prepares for SkyCable share sale", बिजनेस वर्ल्ड, अन्तिम पहुँच जुन १६ [dead link]
  6. Timeline of Significant Events in Philippine Cyberage वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १३, २०१६ मिति, Philippine Communication Centrum Foundation
  7. Sky Cable acquires Destiny Cable, Solid Broadband वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]