चालु पूँजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चालु पूँजी (अङ्ग्रेजी: Working Capital) ले संस्थाको व्यवसाय सञ्चालनको लागि नगद तरलताको उपलब्धता सम्बन्धमा जानकारी दिन्छ । संस्थाको स्थिर सम्पत्ति जस्तो चालू पूँजीलाई पनि सञ्चालन पूँजीको रूपमा लिइन्छ । चालु पूँजीको गणना चालु सम्पत्तिबाट चालु दायित्व घटाएर गरिन्छ । जब संस्थामा चालु सम्पत्ति भन्दा बढि चालु दायित्व हुन्छ, त्यस अवस्थमा चालु पूँजीको कमि हुने गर्दछ ।

गणना[सम्पादन गर्नुहोस्]

चालु पूँजी भन्नाले चालु सम्पत्ति तथा चालु दायित्वको फरकलाई जनाउँदछ । 


चालु पूँजी = चालु सम्पत्ति - चालु दायित्व

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]