चेल्सी ग्रिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेल्सी ग्रिन
सन् २०१७ फेब्रुअरीमा ग्रिन
वास्तविक नामचेल्सी एन ग्रिन[१]
जन्म (1991-04-04) ४ अप्रिल १९९१ (उमेर ३३)[१]
भिक्टोरिया, क्यानडा[१][२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामचेल्सी[१][२]
चेल्सी ग्रिन[१][२]
लोर्ल भ्यान नास[१][१][२][२]
उचाई५ फिट ७ इन्च (१.७० मी)[१][२]
तौल१२५ पाउन्ड (५७ किग्रा)[१][२]
प्रशिक्षकलेन्स स्टोर्म[१]
डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
पदार्पण३१ मे २०१४[१][२]

चेल्सी एन ग्रिन (जन्म: ४ अप्रिल १९९१) एक क्यानडेली व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा चेल्सी ग्रिनमा नामले कुस्ती खेल्दै आएकी छिन्। उनले डब्ल्युडब्ल्युईमा आफ्नो कुस्ती कार्यकालको सुरुवात गर्नुअघि उनले इम्प्याक्ट रेस्लिङमा लोर्ल भ्यान नासको नामले कुस्ती खेल्ने गरेकी थिइन् जहाँ उनले एकपटक इम्प्याक्ट नक आउट उपाधि र एकपटक लुचा अन्डरग्राउन्ड उपाधि जित्न सफल भएकी थिइन्। उनले त्यस बाहेक अमेरिकी स्वतन्त्र सर्किटमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्।

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २०१४–२०१८)[सम्पादन गर्नुहोस्]

लोर्ल भ्यान नासले इलिट क्यानडेली च्याम्पियनसिप रेस्लिङमा आफ्नो कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन् भने उक्त पदोन्नतिमा उनको रिङ नाम जेइडा थियो। सन् २०१४ मे ३१ का दिन बेटर देन यु नामक एक कार्यक्रममा उनले कुस्तीमा पर्दापण गरेकी थिइन् जहाँ उनी, ब्र्याडी माल्बु र एमआर२ क‍ टोली बिली सुडियु, केनी लस र निकोला म्याथ्युजसँग पराजित भएका थिए। उनले पछि महिला उपाधिका लागि प्रतिस्पर्धाहरूमा भाग लिएकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताको पहिलो चरण अन्तर्गत केट्लिन डायमण्डलाई हराउन सफल भएकी थिइन्। सन् २०१४ डिसेम्बर ८ का दिन इसिसिडब्ल्यूको समूह चरणका खेलहरूको नतिजा अनुसार उनी महिला उपाधिका लागि आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी थिइन् जहाँ उनले सेमिफाइनलमा केट केर्नीलाई हराउन सफल भएकी थिइन्। सन् २०१६ मा उनले जापानी कुस्ती पदोन्नतिहरूका लागि खेल खेल्नकन लागि जापानको दुईपटक भ्रमण गरेकी थिइन् जहाँ उनले एक जापानी कुस्ती पदोन्नति वर्ल्ड वन्डर रिङ स्टार्डमका लागि केही खेलहरू खेलेकी थिइन्। सन् २०१६ को अन्त्य तिर उनले पुनः जापानको भ्रमण गरेकी थिइन् जहाँ उनी सान्टाना गेरेटसँग सहकार्य गरेकी थिइन्।[३] उक्त भ्रमण अन्तर्गत ग्रिनले तात्कालिक वन्डर अफ स्टार्डम विजेता काइरी होजोलाई उनको महिला उपाधिका लागि चुनौती दिएकी थिइन् तर उनीहरू बीचको उपाधिका लागि खेलमा भने ग्रिन पराजित भएकी थिइन्। जापानको भ्रमण अन्तर्गत होजोसँगको हार उनको उक्त पदोन्नतिका लागि पहिलो हार थियो।

सन् २०१७ फेब्रुअरी १८ का दिन क्विन्स अफ कम्ब्याट १७ नामक एक कुस्ती पदोन्नतिको सुरुवात भएको थियो जहाँ पहिलो क्युओसी ट्याग टिम उपाधिको स्थापना गर्नका लागि एक ट्याग टिम प्रतियोगिताको आयोजना गरिएको थियो। लोर्ल भ्यान नासले उक्त प्रतियोगिताको पहिलो चरणमा टेइलर हेन्ड्रिक्ससँगको सहकार्यमा अजा परेरा र काइरा होगनको टोलीलाई पराजित गर्न सफल भएका थिए। १८ फेब्रुअरीका दिन आयोजित क्विन्स अफ कम्ब्याट १८ कार्यक्रममा नास र हेन्ड्रिक्सको टोलीले नेभी र रिचेल एलरिङलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।[४] पछि उक्त उपाधिको अन्तिम खेलमा उनीहरूको टोलीले द लुचा सिस्टर्सलाई (लिभा बेट्स र मे यिम) हराउँदै पहिलो क्युओसी ट्याग टिम विजेता बन्न सफल भएका थिए।

टोटल नन स्टप एक्सन रेस्लिङ /इम्प्याक्ट रेस्लिङ (सन् २०१६–२०१८)[सम्पादन गर्नुहोस्]

सन् २०१६ जनवरी ७ का दिन ग्रिनले टोटल नन स्टप एक्सन रेस्लिङमा (टिएनए) आफ्नो रिङ नमम चेल्सी राख्दै उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनी उनक‍ पहिलो खेलमानै जेडसँग पराजित भएकी थिइन्। सन् २०१६ जनवरी ८ का दिन आयोजित टिएनए वान नाइट ओन्ली: लाइभमा उनले टिएनए नकआउट्स उपाधिको पहिलो दावेदार बन्नका लागि चलिरहेको गनलेट खेलमा समावेश भएकी थिइन् जहाँ उनी चौँथो स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनलाई उक्त खेलबाट असम कङले निस्कासन गराएकी थिइन्। सन् २०१६ जुनमा ग्रिनले आधिकारिक रूपान टिएनएसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सज् २०२६ सेप्टेम्बर २९ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा उनले आफ्नो रिङ नाम लोर्ल भ्यान नास राख्दै इम्प्याक्ट रेस्लिङमा पनि पर्दापण गरेकी थिइन् जहाँ उनले उनक‍ पहिलो खेलमा म्याडिसन रेइनलाई हराउन सफल भएकी थिइन्।[५] अक्टोबर २० इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा लोर्ल भ्यान नासले इम्प्याक्टकी एक महिला कुस्ती खेलाडी एलीलाई आक्रमण गरेकी थिइन् जसकारण उनीहरू बीच एक कुस्ती खेल आयोजना गरिएक‍ थियो जसमा भ्यान नासको जित भएको थियो। उक्त खेलको अर्को हप्ता भ्यान नासले एलीलाई पुनः आक्रमण गरेकी थिइन् जसकारण उनीहरू बीच पुनः एक खेल सन् २०१६ डिसेम्बर ८ इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा आयोजना गरिएको थियो जहाँ भ्यान नास एलीसँग पराजित भएकी थिइन्। [६]

सन् २०१६ को अन्त्य तिर लोर्ल भ्यान नासले ब्रक्सटन सटरसँग सम्बन्ध कायम गरेकी थिइन्। सन् २०१७ फेब्रुअरी २३ का दिन उनीहरू बीच विवहा हुने निर्णय भएको थियो तर सटरले पछि भ्यान नासलाई अस्वीकार गर्दै उनले आफू पहिला देखिनै एलीसँग सम्बन्धमा रहेका खुलासा गरेका थिए। सन् २०१७ को मार्च देखि भ्यान नास छुट्टै आकृतिमा रिङमा देखा परेकी थिइन् जहाँ उनले इम्प्याक्ट रेस्लिङका हरेका श्रृङ्खलाहरूमा विवहा गर्ने समयमा लगाउने च्यातिएको कपडा तथा खाली खुट्टा र हातमा एक रक्सीको बोतल लिएर आउन सुरु गरेकी थिइन् तर पछि उनलाई इम्प्याक्टका एक कुस्ती खेलाडी ग्रेडोले २७ जुलाई २०१७ का दिन उनलाई सम्झाउने कोसिस गरेका थिए तर कङ्गो कङले त्यहाँ अवरोध पुर्‍याएका थिए। [७]

२४ अगष्टमा आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा भ्यान नास ग्रेडोको साथमा देखा परेकी थिइन् भने उनले औठी निकाल्दै ग्रेडोलाई विवहा गर्नका लागि प्रस्ताव गरेकी थिइन् ग्रेडोले स्वीकार गरेका थिए। पछि ग्रोडोले भ्यान नास क्यानडेली हुन् भन्ने कुरा थाहा पाएका थिए भने उनीहरू बीचको विवहा ७ सेप्टेम्बर इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा आयोजना गरिने निश्चित भएको थियो।[८] ५ नोभेम्बर २०१७ का दिन इम्प्याक्ट रेस्लिङ द्वारा आयोजित बाउन्ड फर ग्लोरी नामक वार्षिक कार्यक्रममा अवेश र ग्रेडो बीचको खेल आयोजना गरिएको थियो भने उक्त खेलमा भ्यान नासले ग्रेडोलाई आक्रमण गरेकी थिइन्। [९][१०]

सन् २०१७ मा ग्रिन

८ नोभेम्बर २०१७ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा (जसलाई सन् २०१७ डिसेम्बर १४ का दिन सार्वजनिक गरिएको थियो) भ्यान नासले रोजमेरीलाई हराउँदै खाली रहेको इम्प्याक्ट नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्।[११] कथित रूपमा, उपाधि जितेपछि ग्रिनले उनलाई इम्प्याक्ट रेस्लिङबाट रिहाइको लागि आग्रह गरेकी थिइन् तर कम्पनीले उनलाई उपाधि प्रदान गर्न अस्वीकार गरेको थियो। १५ जनवरी २०१८ मा ग्रीनलाई आधिकारिक रूपमा पदोन्नतिबाट उनलाई रिहाइ दिएको थियो भने पछि उनले आफ्नो नकआउट्स उपाधि एलीसँगको खेलमा गुमाएकी थिइन्।

लुचा अन्डरग्राउन्ड (सन् २०१८)[सम्पादन गर्नुहोस्]

सन् २०१८ फेब्रुअरी २५ का दिन भ्यान नासले लिचा अन्डरग्राउन्डको चौँथो संस्करणमा आफ्नो रिङ नाम रिक्लुसाको नामले पर्दापण गरेकी थिइन्। उनले उक्त पदोन्नति अन्तर्गत जेरेमी क्रेन, सो लिसुस र मार्टी मार्टिनेज समावेश एक फ्याटल फोर वे खेलमा भाग लिएकी थिइन्। सन् २०१८ अक्टोबर १० का दिन उनी पेन्टागोन डार्कसँग मुख्य खेलमा पराजित भएकी थिइन्।

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल तथा तफ इनफ (सन् २०१४–२०१५)[सम्पादन गर्नुहोस्]

ब्रि बेला र स्टेफनी म्याकमेन बीच द्वन्द्व चलिरहेकको क्रममा ग्रिनले सन् २०१४ अगस्त ११ का दिन आय‍जित डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा देखा परेकी थिइन् भने उनले त्यस समयमा ब्रि बेलाका प्रेमी डेनियल ब्रायन र उनकको शारीरिक चिकित्सक मेगन प्रेम सम्बन्धमा रहेका छन् भन्ने झुठो कुरा बताएकी थिइन् जसकारण रिसाएकी ब्रि बेलाले उनलाई थप्पड लगाएकी थिइन्।[१२] सन् २०१५ मा ग्रिनले उनको वास्तविक नामले कुस्ती खेल्न सुरु गरेकी थिइन् भने चलिरहेको छैटौँ संस्करणको डब्ल्युडब्ल्युई टफ इनफको सत्रमा उनी चौँथो हुन सफल भएकी थिइन्।[१३]

एनएक्सटी (सन् २०१८–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा चेल्सीले डब्ल्युडब्ल्युईका केही अनौपचारिक खेलहरूमा भाग लिएकी थिइन् भने उनले ३ अगष्ट २०१८ का दिन डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[१४] चेल्सीले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरिसकेपछि उनले सन् २०१८ अक्टोबर ८ का दिन डब्ल्युडब्ल्युई प्रफमेन्स सेन्टरमा भाग लिएकी थिइन् भने उनले २६ अक्टोबर २०१८ कन दिन डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन्।[१५] सज् २०१९ मार्च १३ का दिन ग्रिनले एनएक्सटी टिभि टेपिङमा पनि पर्दापण गरेकी थिइन्।[१६][१७] जुन २९ का दिन ग्रिन पुनः एनएक्सटीको प्रत्यक्ष कार्यक्रममा फर्किएकी थिइन् जहाँ उनी र पुरोज्जोको खेल केसी केट्नीजारो र लेइसी लेनको विरुद्धमा भएको थियो जहाँ ग्रिन र पुरोज्जोको टोली पराजित भएका थिए।[१८] सन् २०१९ डिसेम्बर २३ मा दिन आयोजित डब्ल्युडब्ल्युईको एक श्रृङ्खलामा उनी सार्लेट फ्लेयरसँग पराजित भएको थिइन्।[१९] २६ जनवरी २०२० मा दिन उनी तेस्रो महिला रोयल रम्बल खेलमा भाग लिएकी थिइन् जुन सार्लेट फ्लेयरले जितेकी थिइन्।[२०][२१]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

भ्यान नास क्विन्स अफ कम्ब्याट ट्याग टिम विजेताको रूपमा
  • अल-स्टार रेस्लिङ (ब्रिटिस कोलम्बिया)
    • एएसडब्ल्यू महिला विजेता (१ पटक)[२२]
  • इम्प्याक्ट रेस्लिङ
    • इम्प्याक्ट नकआउट्स विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये २६औँ स्थानमा पर्न सफल (सन् २०१७) [२३]
  • प्रो रेस्लिङ २.०
    • पिडब्ल्यू२.० ट्याग टिम विजेता (१ पटक) – सान्टाना गेरेरसँग
  • क्विन्स अफ कम्ब्याट
    • क्युओसी ट्याग टिम विजेता (१ पटक) – टेइलर हेन्ड्रिक्ससँग[२४]
    • क्युओसी ट्याग टिम उपाधि प्रतियोगिता (सन् २०१७) – टेइलर हेन्ड्रिक्ससँग[२५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० Kreikenbohm, Philip, "Laurel Van Ness, Chelsea Green", Cagematch – The Internet Wrestling Database, अन्तिम पहुँच मे २०, २०१७ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "चेल्सी ग्रिन", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच मे २०, २०१७ 
  3. Kreikenbohm, Philip, "QOC 17", Cagematch – The Internet Wrestling Database, अन्तिम पहुँच मे २८, २०१७ 
  4. Kreikenbohm, Philip, "QOC 18", Cagematch – The Internet Wrestling Database, अन्तिम पहुँच मे २८, २०१७ 
  5. "Meet TNA Knockout Chelsea Green – Impact Wrestling", २० जुन २०१६, अन्तिम पहुँच १९ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०१७ मिति
  6. Bocook, Gerald (३० सेप्टेम्बर २०१६), "TNA Impact Wrestling Results – 9/29/16 (Lethal Lockdown headlines, go-home show for Bound For Glory)", WrestleView.com, अन्तिम पहुँच १५ जनवरी २०१७ 
  7. "2/23 Powell's TNA Impact Wrestling TV Review: Braxton Sutter and Laurel Van Ness wedding, Broken Matt and Jeff Hardy seek more gold, Josh Barnett and Lashley – Pro Wrestling Dot Net", २३ फेब्रुअरी २०१७, अन्तिम पहुँच १९ जुन २०१७ 
  8. Bocook, Gerald (३१ मार्च २०१७), "Impact Wrestling Results – 3/30/17 (New Tag Team Champions crowned) – WWE News and Results, RAW and Smackdown Results, TNA News, ROH News", अन्तिम पहुँच १९ जुन २०१७ 
  9. Adam, Martin (डिसेम्बर १, २०१७), "Impact Results – 11/30/17 (Alberto El Patron vs. Johnny Impact)", WrestleView, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  10. Stuart, Carapola (डिसेम्बर १४, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: THE NEW KNOCKOUTS CHAMPION AND HER #1 CONTENDER ARE DETERMINED, JIMMY JACOBS MAKES HIS IN-RING DEBUT, STORM AND LAMBERT AGREE TO PUT IT ALL ON THE LINE, THE SAMI CALLIHAN-KONNAN SUMMIT, AND MORE", PWInsider, अन्तिम पहुँच डिसेम्बर १५, २०१७ 
  11. "IMPACT NOTES: TWO TITLE CHANGES AT TV TAPINGS, ANOTHER DEPARTURE", f4wonline, जनवरी १३, २०१८, अन्तिम पहुँच फेब्रुअरी १५, २०१८ 
  12. Mike, Tedesco (अगस्ट ११, २०१४), "WWE RAW Results – 8/11/14 (Hulk Hogan's Birthday Bash)", WrestleView, अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 
  13. "Tough Enough", अन्तिम पहुँच १५ जनवरी २०१७ 
  14. Currier, Joseph (अक्टोबर १८, २०१८), "Chelsea Green among newest group of WWE signees", FW4Online.com, अन्तिम पहुँच अक्टोबर २०, २०१८ 
  15. "Chelsea Green undergoing surgery for broken wrist", WON/F4W - WWE news, Pro Wrestling News, WWE Results, UFC News, UFC results, मार्च १४, २०१९। 
  16. "Chelsea Green returns from injury at NXT Live show", जुन २९, २०१९।  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ६, २०१९ मिति
  17. "NXT Live Event Results From Venice, FL (6/29/19): Velveteen Dream Teams With Keith Lee | Fightful Wrestling", Fightful 
  18. Ashly, Kristen (डिसेम्बर १६, २०१९), "SPOILER: NXT Wrestler Appears On RAW During Taped Christmas Episode", Pro Wrestling Sheet 
  19. Satin, Ryan (जनवरी ८, २०२०), "Former Impact Wrestling Stars Debut On NXT Together", Pro Wrestling Sheet 
  20. Lambert, Jeremy (जनवरी २६, २०२०), "Naomi Returns, Santina & Mighty Molly Make Surprise Appearances, NXT Stars Headline Women's Royal Rumble", Fightful 
  21. Satin, Ryan (जनवरी २६, २०२०), "Charlotte Flair Wins 2020 Women's Royal Rumble", Pro Wrestling Sheet 
  22. Kreikenbohm, Philip, "ASW Women's Championship", Cagematch – The Internet Wrestling Database, अन्तिम पहुँच १५ जनवरी २०१७ 
  23. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2017", The Internet Wrestling Database, अन्तिम पहुँच नोभेम्बर २, २०१७ 
  24. Kreikenbohm, Philip, "QOC Tag Team Championship", Cagematch – The Internet Wrestling Database, अन्तिम पहुँच मे २०, २०१७ 
  25. Hollie, Matthew (फेब्रुअरी २०, २०१७), "Full Results: Queens Of Combat 17 & 18", Diva Dirt, अन्तिम पहुँच मे २८, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]