जय भोलि !

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'जय भोलि' भैरव अर्यालद्वारा लिखित व्यङ्ग्यात्मक निबन्ध हो जहाँ निबन्धकारले समाजमा विद्यमान सामाजिक बेथितिमाथी व्यङ्ग्य प्रहार गरेका छन् । अर्यालले यस निबन्धको माध्यमद्वारा समाजमा विद्यमान सरकारी र असरकारी क्षेत्रका मानिसले आत्मसाथ गर्ने भोलीवादी परम्परालाई औँल्याउँदै त्यसबाट सचेत रही त्यस्ता असामाजिक तत्वमा नफस्न सबैलाई सजग गराएका छन् ।

'जय भोलि !' भनि आश्चर्य प्रकट गरिएको शिर्षकले नै यस निबन्धलाई एउटा व्यङ्ग्यात्मक लेख भएको सङ्केत गरेको छ । अर्यालका अनुसार आजको आलस्य मानिस आफ्ना सामुन्ने आइपरेका कर्तव्य र उत्तरदायित्वलाई परपर पन्छाएर आफू सुखी बन्ने सपना देखिरहेको हुन्छ । ऊ तुरून्तै गरीसकिने कामलाई पनि भोलि, भोलि भनी तमाम काम साँचेर आफू र समाजलाई नै निष्कृयतातर्फ धकेलिरहेको हुन्छ । निबन्धकारले आफ्नो व्यङ्ग्यको पहिलो निसाना सिँहदरबारलाई बनाएका छन्, जहाँ हरेक मन्त्रालय, हरेक विभाग, हरेक तला, हरेक कोठा र हरेक टेबुलमा सानोभन्दा सानो कामका लागि भोलिको भाका राखिन्छ । यस कार्यलयको सिको गरेर "राजाको काम कहिले जाला घाम भनेझैँ देशको अत्यन्त तल्लो निकायका कर्मचारी पनि देश र जनताको काम छिटो फत्ते गर्नुको सट्टा कार्यालयको समय गुजार्नुतिरै ध्यान दिइरहेका हुन्छन् ।