जस्टिन बीबर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
| जस्टिन बीबर | |
|---|---|
जस्टिन बीबर क्यानेस, फ्रान्सको एन आर जे म्युजिक अवार्डस २०१२ मा |
|
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | जस्टिन ड्रिउ बीबर |
| जन्म |
मार्च Expression error: Unrecognized punctuation character "�"., १९९४ लन्डन, ओन्टारियो, क्यानडा |
| उत्पत्ति | स्ट्र्याट्फर्ड, ओन्टारियो, क्यानडा |
| किसिम | पप, आर एण्ड बि, टिन पप[२][३][४] |
| पेशा | गायक, संगीतकार, अभिनेता |
| बाद्ययन्त्र | आवाज, गिटार, पियानो, प्रिकस्सन,[५] ट्रम्पेट[६] |
| सक्रिय वर्ष | २००८–हाल |
| लेबल | आइल्यान्ड, आर बि एम जि |
| सहयोगि | अश्शर |
जस्टिन द्रू बीबर[७] (जन्म मार्च १, १९९४), एक क्यानेडाली पप / आर एन्ड बी गायक, गीतकार र अभिनेता हुन।[२][४] बीबर २००८मा स्कुटर ब्रनद्वारा पत्ता लगाईएका हुन,[८] जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने। ब्रनले उनलाई अटलांटा, जर्जियामा अश्शर सँग भेट्ने व्यवस्था मिलाइदिए र बीबर रेमंड ब्रन मिडिया ग्रूप (आर बि एम जि), ब्रन र अश्शरको संयुक्त कम्पनि, सँग अनुबन्धित भए,[९] र त्यस पछि एल. ए. रीडको प्रस्तावमा आइल्यान्ड रेकर्ड्ससँग रेकर्डिंग गर्ने मौका पनि पाए।[५][१०] बीबरको पहिलो एकल गीत, "वान टाईम", २००९मा निस्केको थियो र क्यानाडामा शीर्ष दसमा र धेरै अन्तर्राष्ट्रिय बजारमा शीर्ष तीसमा उक्लिन सफल भएको थियो। उनको पहिलो एल्बम, सात ट्र्याक भएको - "माई वर्ल्ड", नोभेम्बर २००९मा जारी गरियो, जुन संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भयो। उनी आफ्नो पहिलो एल्बमबाट सातवटा गीत "बिलबोर्ड हट १००"मा हुने पहिलो कलाकार बन्न पुगे।[११]
बीबरको पहिलो पुर्ण स्टुडियो एल्बम, "माई वर्ल्ड २.०", मार्च २०१०मा जारी भएको थियो। यो धेरै देशहरूमा नं. एक या शीर्ष दस भित्र पर्न सफल भएको थियो र संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भएको थियो। यो एल्बमभन्दा पहिले बीबरको निक्कै चर्चित र संसारभरको शीर्ष दसमा पर्ने गीत, "बेबी" निस्किएको थियो। "बेबी"को भिडियो युट्युबमा हालसम्मकै सबैभन्दा धेरै पटक हेरिएको र सबैभन्दा बढि चर्चा भएको भिडियोको रूपमा क्रमित छ।[१२] आफ्नो पहिलो एल्बम निकाले पछि बीबरले आफ्नो पहिलो टुर - "माई वर्ल्ड टुर" गरे, रिमिक्स एल्बमहरू "माई वर्ल्डस अकस्टिक" र "नेभर से नेभर - द रिमिक्सेस" निकाले, र ३ डी कन्सर्ट फिल्म पनि जारी गरे। बीबरले आफ्नो दोस्रो स्टुडियो एल्बम, "अन्डर द मिसलटो" नोभेम्बर २०११मा निकाले, जुनले "बिलबोर्ड २००"मा नम्बर एकमा डेब्यु गर्यो। बीबरले थुप्रै पुरस्कारहरू पनि पाएका छन जस्तै २०१०को "अमेरिकी संगीत पुरस्कार"मा वर्षको कलाकार र धेरै पुरस्कारको लागि नामांकित भएका छन (५३औँ ग्र्यामी पुरस्कारमा सर्वश्रेष्ठ पप गायन एल्बम र सर्वश्रेष्ठ नयाँ कलाकार)।
जीवन र करियर [सम्पादन गर्ने]
१९९४-२००७: बाल्यकाल र युवा अवस्था [सम्पादन गर्ने]
सन्दर्भ सूचि [सम्पादन गर्ने]
- ↑ लन्डन, ओन्टारियो, क्यानडाAnderson, Kyle. "Justin Bieber Joins The Ranks Of Youngest 'SNL' Performers", MTV Newsroom, February 22, 2010. Retrieved on 2010-02-24.
- ↑ २.० २.१ "Justin Bieber Biography & Awards", Billboard
- ↑ Farber, Jim. "Justin Bieber, 'My World 2.0'", New York Daily News, March 23, 2010. Retrieved on 2010-06-14.
- ↑ ४.० ४.१ Collar, Matt & Leahey, Andrew, "allmusic ((( Justin Bieber > Overview )))"
- ↑ ५.० ५.१ Mitchell, Gail (April 28, 2009), "Usher Introduces Teen Singer Justin Bieber", Billboard, e5 Global Media
- ↑ "MTV- Justin Bieber artist profile"
- ↑ Greenblatt, Leah. "My World 2.0 (2010)", Time, March 10, 2010. Retrieved on 2010-06-11.
- ↑ Konjicanin, Anja. "Justin Bieber makes them proud. But why?", Vancouver Observer, December 24, 2010. Retrieved on 2011-01-11.
- ↑ Herrera, Monica (March 19, 2010), "Justin Bieber – The Billboard Cover Story", Billboard, e5 Global Media
- ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedherrera - ↑ "Justin Bieber Fever Hits Miami", CBS News, CBS Interactive, February 5, 2010. Retrieved on 2010-03-27.
- ↑ "Top 10 YouTube Videos of All Time", February 9, 2011