इन्टरनेट चलचित्र डेटाबेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्टरनेट चलचित्र डेटाबेस
साइटको प्रकार
चलचित्र, टेलिभिजन, र भिडियो खेलहरूको लागि अनलाइन भण्डारण
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकअमेजन
सर्जककोल निधम (कार्यकारी अधिकृत)
सहायक कम्पनी(हरू)बकस अफिस मोजो
युआरएलwww.imdb.com
अलेक्सा क्रमवृद्धि ४६ (मार्च २०१९)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक दर्ता, दर्ता गरिएका सदस्यहरूले टिप्पणी गर्न सक्ने, साइटको सम्पादन, मुल्याङ्कनमा मत

इन्टरनेट चलचित्र डेटाबेस चलचित्र, टेलिभिजन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी निगम हो जुन अमेजन एक सहायक कम्पनी हो।

अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको भण्डारमा ५.३ मिलियन शीर्षकहरू (शृङ्खला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका थिए र[२] यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका थिए।

इतिहास[सम्पादन गर्नुहोस्]

वेबसाइट भन्दा अगाडिको इतिहास[सम्पादन गर्नुहोस्]

यसको स्थापना बेलायती चलचित्र प्रशंसक र कम्प्युटर प्रोग्रामर कोल निधामले गरेका थिए जहाँ उनले पहिलो पटक यसमा सुन्दर आँखा भएकी अभिनेत्रीहरूको बारेमा लेखेका थिए।[३] उस्तै रुचि भएका अन्य प्रयोगकर्ताहरूले आफ्ना आफ्नै सूचीहरू थप गर्दै प्रतिक्रिया दिएका थिए। पछि निधामले "अभिनेताहरूको सूची" यसमा थप्न सुरु गरेका थिए भने डेभ नाइटले "निर्देशकहरूको सूची"मा कार्य थालेका थिए र पछि यसमा "अभिनेत्रीहरूको सूची" पनि थप गरिएको थियो। यी सूचिहरूलाई जीवित र काम गरिरहेका मानिसहरूलाई प्रतिबन्धित गरिएको थियो, तर चाँडै नै सेवानिवृत्त व्यक्तिहरूलाई यसमा थप गरिएको थियो। निधामले हाल उपस्थित नभएको एक अलग "मृत अभिनेता / अभिनेत्री सूची" प्रस्तुत गरेका थिए। स्टिभ ह्यामन्डले दुबै अभिनेता र अभिनेत्रीहरूको सूचिहरूको लागि चरित्र नामहरू सङ्कलन र समायोजन गर्न सुरु गरेका थिए। यसले लोकप्रियता प्राप्त गरिरहेको बेलामा, तिनीहरू सूचीमा आफैँ समायोजन गरिएको थियो। सहभागीहरूको लक्ष्य सूचीलाई सकेसम्म समावेशी बनाउनु थियो।

सन् १९९० को दशकको अन्त्य सम्ममा, ती सूचीहरूमा अभिनेता र अभिनेत्रीहरूसँग सम्बन्धित १०,००० चलचित्र र टेलिभिजन शृङ्खलाहरू समावेश गरिएको थिए। १७ अक्टोबर १९९० मा, निधामले युनिक्स शेल नामक एक लिपि सङ्ग्रहको विकास र सार्वजनिक गरेका थिए जसलाई चार सूचीहरूको खोजी गर्न प्रयोग गर्न सकिन्थ्यो र यसको साथै "इन्टरनेट चलचित्र भण्डारण"को सुरुवात भएको थियो।[४]

इन्टरनेटमा उपस्थिति[सम्पादन गर्नुहोस्]

यसलाई चलचित्र निर्माता र अन्य जनसाङ्ख्यिकीय सामग्रीका साथै जानकारी मुलक विवरण, जीवनी, र पटकथा सारांशहरूको थप श्रेणीहरू समावेश गर्न विस्तार गरिएको थियो। चलचित्र मूल्याङ्कन सूची आँकडाहरूका साथ राम्रोसँग एकीकृत गरिएको थियो, र भण्डारणमा प्रश्न गर्ने सेवा, केन्द्रीय पृष्ठदृश्यलाई एलन जेले सृजना गरेका थिए। पछि, सन् १९९३ मा, यो कार्डिफ इन्टरनेट चलचित्र भण्डारण नामले भर्खर भर्खरै प्रयोगमा आएको विश्वव्यापी जालमा सरेको थियो। भण्डार वेल्सको कार्डिफ विश्वविद्यालयको कम्प्युटर विज्ञान विभागको सर्भरहरूमा रहेको थियो।[५] रोब हार्टिल मूल वेब पृष्ठदृश्यका लेखक थिए। सन् १९९९ मा, डाँक पृष्ठदृश्यको सबै जानकारीको पेश, स्वीकारका लागि संशोधित गरिएको थियो जसले मानिसहरूलाई तिनीहरुका अद्यावधिक विवरण सहित विशिष्ट सूची अनुरक्षणकर्तालाई डाँक पठाउन सक्षम गर्दछ। तथापि, एकल चलचित्रमा प्राप्त जानकारीलाई धेरै खण्ड व्यवस्थापकहरूमा विभाजित गर्नका संरचनालाई सुधार गरिएको थियो। त्यतिबेला, खण्डहरू चलचित्र कर्मीहरूको श्रेणी र त्यसमा समावेश गरिएका व्यक्तिगत चलचित्रमा गरिएको अभिनयद्वारा परिभाषित र निर्धारण भइरहेको थियो। त्यसपछिका केही वर्षहरूमा, यस इन्टरनेट भण्डार दान गरिएको ब्यान्डविथका साथ विश्वभरि प्रतिकृति सञ्जालमा सञ्चालन गरिएको थियो।[६]

स्वतन्त्र कम्पनीको रूपमा[सम्पादन गर्नुहोस्]

सन् १९९६ मा, आइएमडिबीलाई संयुक्त अधिराज्यमा औपचारिक रूपमा स्थापना गरिएको थियो र इन्टरनेट चलचित्र भण्डार लिमिटेडका संस्थापक कोल निधाम प्राथमिक कम्पनीका प्रारम्भिक मालिक बनेका थिए। वेबसाइट सञ्चालन लागि सामान्य राजस्व विज्ञापन, इजाजतपत्र र साझेदारीको माध्यमबाट उत्पन्न गरिएको थियो।[७]

अमेजन डटकमको सहायक कम्पनीको रूपमा (सन् १९९८–हाल)[सम्पादन गर्नुहोस्]

सन् १९९८ मा, एमेजन डटकममा संस्थापक, मालिक, र कार्यकारी, जेफ बेजोसले आइएमडीबीलाई लगभग $५ करोड ५० लाख अमेरिकी डलरमा खरिद गर्नमा लागि संस्थापक निधाम र अन्य प्रमुख शेयरधनीहरूसँग सम्झौता गरेका थिए र जेफ बेजोसले पछि यसलाई उनको कम्पनी अमेजनको सहायक कम्पनीका रूपमा यसमा संलग्न गरेका थिए।[८] यसले आइएमडीबीका सेयरधनीहरूलाई उनीहरूको कामको गरेबापतको तलब प्राप्त गर्न सक्ने क्षमता प्रदान गरेको थियो। अमेजन डटकमले आइएमडीबीलाई डिभिडी र संशोधन नगरिएका भिडियोहरू बेच्नको लागि विज्ञापन स्रोतको रूपमा प्रयोग गर्न सुरु गरेको थियो।[९]

आइएमडिबीले यसको कार्यक्षमता विस्तार गर्न जारी राखेको थियो। १५ जनवरी २००२ मा, यसले मनोरञ्जन व्यवसायीहरूलाई लक्षित गर्ने उद्देश्यका साथ यसमा आइएमडसबीप्रोको रूपमा चिनिने सदस्यता सेवा थप गरेको थियो। आइएमडिबीप्रो सन् २००२ सनडान्स चलचित्र महोत्सवमा घोषणा र सुरुवात गरिएको थियो। यसले चलचित्र निर्माण र बक्स अफिस विवरणहरू, एक कम्पनी निर्देशिका, र ग्राहकहरूको क्षमता विविधतामा विवरण सहित व्यक्तिगत जानकारी पृष्ठहरू थप्नको लागि सेवा प्रदान गर्दछ।[१०]

प्रयोगकर्ताहरूको लागि थप प्रोत्साहनको रूपमा, सन् २००३ सम्म, यसले "शीर्ष १०० योगदानकर्ताहरू"लाई सम्मानको रूपमा निःशुल्क पहुँच प्रदान गरेको थियो भने सन् २००६ मा कम्पनीले यो सङ्ख्यालाई ६०० मा वृद्धि गरेको थियो र पछि सन् २०१० मा, सङ्ख्यालाई पुन: वृद्धि गरिँदै २५० पुर्‍याइएको थियो।[११] सन् २००८ मा, कम्पनीले आफ्नो पहिलो आधिकारिक विदेशी भाषा संस्करण जर्मनेली भाषामा सुरु गरेको थियो। सन् २००८ मा, आइएमडिबीले विथआउट अ बक्स र बक्स अफिस मोजो लगायतका कम्पनीहरूको अधिग्रहण गरेको थियो।[१२]

वेबसाइट मूल रूपमा पर्लमा[१३] आधारित थियो, तर आइएमडीबीले सुरक्षाको कारणका लागि हाल कुन सफ्टवेयर प्रयोग गर्ने गरेको भन्ने कुरा खुलासा भएको छैन। सन् २०१० मा, यस सेवालाई चीनमा प्रतिबन्ध गरिएको थियो।[१४]

विशेषताहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसको चलचित्र र प्रतिभा पृष्ठहरू सबै इन्टरनेट प्रयोगकर्ताहरू समक्ष पहुँचयोग्य छन्, तर साइटमा जानकारी योगदान गर्न दर्ता प्रक्रिया आवश्यक छ।

डेटाबेसको अधिक डाटा स्वयंसेवक योगदानकर्ताद्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न मिल्ने सुविधा प्रदान गर्दछ। वास्तविक तथ्याङ्क पेश, थप वा सुधारको गर्ने प्रयोगकर्ताहरूलाई यसले तत्काल अनुमोदन गर्दछ। तथापि, चित्र, नाम, चरित्रको नाम, कथाबस्तुको सारांश र शीर्षक परिवर्तनहरू प्रकाशन गर्नु अघि निरिक्षण गरिन्छ, र सामान्यतया देखिनको लागि २४ देखि ७२ घण्टासम्म लाग्न सक्छ। सबै दर्ता भएका प्रयोगकर्ताहरूले आफ्नो साइटको नाम रोज्न सक्छन् जसलाई अज्ञात रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ।

दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो। उक्त चिनो स्वतन्त्र श्रेणीमा बनाइएको कुल योगदानहरू जस्तै तस्वीर, सामान्य ज्ञान, बायो आदीको क्षेत्र भित्र पर्दछन्। यदि कुनै दर्ता प्रयोगकर्ता वा आगन्तुक मनोरञ्जन उद्योगमा छ र उसको आइएमडीबीमा पनि पृष्ठ छ भने, उक्त प्रयोगकर्ता/आगन्तुक आइएमडिबीप्रोमा नामाङ्कन गरी पृष्ठमा तस्वीरहरू थप्न सक्छ।[१५] यसमा योगदानकर्ताहरूको कुनै पनि सूचकाङ्क छैन, प्रत्येक प्रोफाइल पृष्ठ योगदान गरेका सामग्रीहरूको पनि सुचकाङ्क रहेको छैन (घटनाको शृङ्खलाको सार र जीवनी बाहेक) र प्रत्येक उत्पादन वा व्यक्तिको डाटा पृष्ठमा योगदानकर्ताहरूको पहिचान खुलाइएको छैन।

प्रयोगकर्ताहरूलाई १ देखि १० सम्म कुनै पनि चलचित्रको मूल्याङ्कन गर्न मिल्ने सुविधा यसमा समावेश छ र जम्मा मुल्याङ्कनहरू औसत मानमा रूपान्तरण गरिन्छ जुन चाहिँ शीर्षक पछाडि देखिने गर्दछ। जनवरी २०१९ मा, आइएमडीबले फ्रिडिभ भनिने एक नि: शुल्क चलचित्र स्ट्रिमिङ मञ्चको उद्घाटन गरेको थियो जुन एक विज्ञापन-समर्थित सेवा हो र जसले हलिउड चलचित्र शीर्षक र टेलिभिजन कार्यक्रमहरू प्रदान गर्ने गर्दछ। धेरै फ्रिडिभ शीर्षकहरूले भने सोनी पिक्चर्सबाट इजाजतपत्र लिन्छन्।[१६]

टेलिभिजन शृङ्खलाहरूको सङ्ख्या[सम्पादन गर्नुहोस्]

जनवरी २६, २००६ मा, प्रत्येक टेलिभिजन शृङ्खलाको प्रत्येक भागहरू समर्थन गर्ने सुविधा सञ्चालन गरिएको थियो, जसले डेटाबेसलाई भिन्नभिन्नै चरित्र र कर्मीदल सूचीकरणको समर्थन गरेको छ। यसले गर्दा डेटाबेसमा सङ्ग्रहित शीर्षकहरू ४,८५,०००बाट बढेर लगभग ७,५५,०००सम्म पुगेको छ।

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१८, इन्टरनेट चलचित्र डेटाबेसका तथ्याङ्कहरू यस प्रकारका छन्:[२]

प्रकार शीर्षकहरू
चलचित्र ५०५,३८०
छोटो चलचित्र ६५६,८८५
टेलिभिजन शृङ्खला १५६,९९२
टेलिभिजन भाग ३,७५४,१७३
टेलिभिजन चलचित्र १२६,३९८
टेलिभिजन विशेष १४,४२२
टेलिभिजन छोटो-शृङ्खला २४,०८३
टेलिभिजन छोटो ८,८९४
भिडियो २१७,७०३
भिडियो खेल २२,४६४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आइएमडिबी डटकमको ट्रफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा" (अङ्ग्रेजीमा), अलेक्सा इन्टरनेट, अन्तिम पहुँच मार्च ५, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२१ मिति
  2. २.० २.१ "प्रेस कोठा", आइएमडिबी डटकम, अन्तिम पहुँच अक्टोबर ५, २०१८ 
  3. जेफ डाल्टन (1 March 1990). "Re: Frequently Asked Questions List (2/28/90)". rec.arts.movies. (Web link).
  4. चिमिचेस्की, डाउन (जनवरी १९, २०१३), "Col Needham created IMDb", लस एन्जेलेस टाइम्स 
  5. "Historical Internet Movie Database Site", Cardiff School of Computer Science & Informatics, मूलबाट मार्च २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च २४, २०१३ मिति
  6. "आइएमडिबीको इतिहास", आइएमडिबी 
  7. "IMDB turned 20 on 17 October 2010" 
  8. "SEC Info - Amazon Com Inc - '8-K' for 4/27/98 - EX-99.2", सेकइन्फो डटकम, अप्रिल २७, १९९८, अन्तिम पहुँच मार्च २३, २०१७ 
  9. ङ, डेभिड, "Amazon-owned IMDb ending film festival submission platform Withoutabox", latimes.com, अन्तिम पहुँच २०१९-०६-१३ 
  10. IMDb, "Internet bookseller Amazon.com announces acquisition of United Kingdom company The Internet Movie Database Ltd." (प्रेस विज्ञप्ति), PR Newswire Europe, अन्तिम पहुँच जनवरी १५, २००७ 
  11. निधाम, कोल (जनवरी १, २०११), "Top 250 contributors for 2010", आइएमडिबी, IMD; announcement, अन्तिम पहुँच अगस्ट २५, २०११ 
  12. "Amazon's IMDB Acquires Box Office Mojo; Will Add Box Office Data To Service", सिबिएस समाचार (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०६-१३ 
  13. "What software are you using to run IMDb?", आइएमडिबी, २०१७, अन्तिम पहुँच नोभेम्बर १६, २०१७ 
  14. "全球最大电影数据库3年后解封", [云南信息报, २०१३-०३-०७, मूलबाट २०१९-०४-२८-मा सङ्ग्रहित।  = Archive.today अभिलेखिकरण २०१३-०४-२८ मिति
  15. "प्रयोगकर्ताको लागि पेश सहयोगी", आइएमडिबी, सहायता केन्द्र। 
  16. मेहता, इभान (२०१९-०१-११), "अमेजनको नयाँ आइएमडिबी सेवा, स्ट्रिम विज्ञापन-समर्थित चलचित्र र टेलिभिजन कार्यक्रमहरू", द नेक्स्ट वेब, अन्तिम पहुँच २०१९-०१-११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]