चलचित्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजहरूको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र-भवनमा देखाउन सकियोस।

१९ औं शताव्दिबाट नै ग्रिकमा चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेली दाजुभाईहरूले गरेका थिए।

[सम्पादन गर्ने] नेपाली चलचित्रको इतिहास

नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा आमा चलचित्र वाट भयो। तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो। नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित सत्य हरिश्चन्द्र हो, जुन नेपालीमा पनि डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो।

नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ। धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सम्बद्ध जानाकारी प्राप्त गर्न सहज छैन। विश्व सन्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामाग्रीको उपस्थिति न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन्। सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै ब्यबसायिक रूप लिन सकेको छैन।

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपाली चलचित्र

[सम्पादन गर्ने] वाह्य लिंक

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा