जिका भाइरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिका भाइरस
जिका भाइरसको इलेक्ट्रोन माइक्रोग्राफ
भाइरस वर्गीकरण
समुदाय:
समूह चौथो ((+)एसएसआरएनए)
कुल:
वंश:
प्रजाति:
जिका भाइरस
जिका भाइरस
विभाग:Infectious disease
Zoonosis

जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो ।[१] विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएर २४ मुलुकमा फैलिसकेको छ ।[२] जिका जन्मदोष र मस्तिष्क सम्बन्धि विकारमा जिम्मेबार छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिन्छ। यो भाइरस नेपालमा समेत भित्रिन सक्ने बताइएको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९४७ मा युगान्डा स्थित जिकाको जङ्गलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो ।[४]

प्रकोप क्षेत्र[सम्पादन गर्नुहोस्]

यो भाइरस अमेरिका, अफ्रिका, दक्षिण एसिया र पश्चिम प्रशान्त क्षेत्रमा फैलिएको छ | सन् २०१६ फेव्रुअरी २५ सम्ममा ४२ ओटा देशमा फैलीसकेको छ |

जिका भाइरस संक्रमणका लक्षण[सम्पादन गर्नुहोस्]

जिका भाइरसका कारण पाखुरामा आएका बिमिरा
  1. आँखा रातो हुने र सुन्निने ,
  2. जोर्नी दुख्ने,
  3. जिब्रो रातो हुने,
  4. गाला सुन्निने,
  5. हत्केला/पाईतला सुन्निने र रातो हुने,
  6. टाउको दुख्ने,
  7. बिमिरा आउने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘जिका भाइरस इबोलाजस्तै खतरनाक’", नयाँ पत्रिका, अन्तिम पहुँच २ फेब्रुअरी २०१६ 
  2. "‘जिका भाइरस नियन्त्रणभन्दा बाहिर जान सक्ने’", बिबिसी नेपाली सेवा, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  3. "जिका भाइरस : विश्वव्यापी स्वास्थ्य आपतकाल", उज्यालो अनलाइन, अन्तिम पहुँच २ फेब्रुअरी २०१६ [dead link]
  4. ईकान्तिपुर"जिका संक्रमणप्रति अन्तर्राष्ट्रिय आपत्‌काल", अन्तिम पहुँच फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]