जुलिया एलेक्जेन्ड्राट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुलिया एलेक्जेन्ड्राट
जन्म(१९८६-११-२४)नोभेम्बर २४, १९८६
Glyfada, Attica, ग्रीस
पेशामोडेल, गायिका, अभिनेत्री, अश्लील चलचित्र अभिनेत्री
उचाइ५ फिट १० इन्च (१.७८ मी)
उपाधिB Star Hellas 2006
• Miss Young 2002
Miss Greece International 2006
Miss Diva
Miss Lux
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गPlatinum blond
आँखाको रङ्गBlue

ग्यारीफेलिया "जूलिया" एलेक्जेन्ड्राट (ग्रीक: υφαρλαλλιά δλδανυρεξου) एक ग्रीक सोशलिएट, मीडिया व्यक्तित्व, ग्ल्यामर मोडेल, गायिका, अभिनेत्री र अश्लील चलचित्रकी अभिनेत्री हुन्। सन् २००२ मा, १६ वर्षको उमेरमा, उनले ग्रीसमा सौन्दर्य प्रतियोगिताको शीर्षक "मिस यङ्ग" जितेकी थिइन्। चार वर्ष पछी, एलेक्जेन्ड्राटले मिस स्टार हेलस ब्यूटी पिजेन्टमा "मिस ग्रीस इन्टरनेशनल २००६" (जसलाई "रनर-अप स्टार हेलस २००६" पनि भनिने गरिन्छ) जितेकी थिइन्। सन् २०१० मा, एक विवादास्पद सेलिब्रिटी सेक्स टेप, जसमा एलेक्जेन्ड्राटलाई देखाईएको थियो र जारी गरिएको थियो। पछी उनले स्वीकार गरे कि त्यो चलचित्रमा भाग लिनका लागि उनलाई भुक्तान गरिएको थियो। सन् २०११ मा, एउटा अर्को अश्लील भिडियो जारी भएपछी, एलेक्जेन्ड्राट फेरी देखि विवादमा आएकी थिइन्।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

एलेक्जेन्ड्राटको जन्म २४ नोभेम्बर १९८६ मा बुबा केफालोनिया निवासी जिसिमोस एलेक्जेन्ड्राटस् र आमा ईङ्ग्ल्याण्ड निवासी एलिसन हन्ट-एलेक्जेन्ड्राटसका छोरीको रुपमा भएको थियो । उनका पिता एक मेकेनिकल इन्जिनियर हुन्, जबकि उनको आमा एक पूर्व फ्याशन मोडेल हुन्। उनलाई एउटी दिदी पनि छन्, जो तीन वर्षकी जेठी छन्, उसको नाम आर्टेमिस एलेक्जेन्ड्राट हो। सानै उमेरमा, आफ्नी आमाका साथ, उनले अनेकौं पत्रिकाहरु र बच्चाको फ्याशन विज्ञापनहरुमा मोडेलिङ् गरिन्। उनी चार वर्षको उमेरदेखि नै मोडेलिङ्गमा लागेकी छन् र अनेकौं सौन्दर्य प्रतियोगिताहरुमा पनि सहभागी भएकी र जितेकी पनि छन्। सात वर्षको उमेरमा, उनले नृत्य नाटकको सिकाईमा भर्ना लिएकी थिइन् र पछी पार्श्व-गायिकी र अभिनय प्रशिक्षणमा भर्ना लिएकी थिइन्, जहाँ उनलाई भनियो कि उनको क्षमता धेरै नै छ। सन् २००२ मा, मात्र १६ वर्षको उमेरमा, एलेक्जेन्ड्राटले "मिस यङ्ग" सौन्दर्य प्रतियोगितामा प्रवेश गरिन्, जहाँ उनले पहिलो स्थान प्राप्त गरेकी थिइन्। पारिवारिक समस्याहरु हुँदाहुँदै, एलेक्जेन्ड्राट केहि वर्षसम्म आफ्नी आमाका साथ लण्डनमा बसोबास गर्न थालिन्। यो समय पछी, उनी आफ्नो कलात्मक प्रशिक्षणबाट छुटिएकी थिइन्। लण्डनमा बसोबास गर्ने समयसम्म र आफ्नी आमाको जन्मभुमि समेत भएकोले, एलेक्जेन्ड्राट अङ्ग्रेजी भाषामा पनि सुदृढ भईन्।

करियर[सम्पादन गर्नुहोस्]

२००६–२००९: मोडलिङ्, होस्टिङ्, र सङ्गित[सम्पादन गर्नुहोस्]

सन् २००६ मा, एलेक्जेन्ड्राटले ९ अप्रैल २००६ (सेमीफाइनल) र ११ अप्रैल २००६ (फाइनल) मा हुने वार्षिक मिस स्टार हेलस ब्यूटी पिजेन्टको १७औं संस्करणमा सहभागी भएकी थिइन्। एलेक्जेन्ड्राटले प्रतियोगितामा पहिलो स्थान हासिल गर्नमा असफल रहिन्, त्यतिबेला परिणामप्रति उनको अनुहारको भावबाट नकारात्मक प्रतिक्रियाको बोध भएकोले मीडियाद्वारा उपहास गरियो। उनले ग्रीक रियलिटी शो फेम स्टोरी-४ को लाइभ शो मा प्रतियोगितापछी आफ्नो पहिलो उपस्थिति दर्ता गराएकी थिइन् र ग्रीक गीत, "मोनो ये सेना" (ओनली फोर यू) , फेम स्टोरी-३ को प्रतियोगी एन्ड्रियास कन्स्टेन्टिनिडिसका साथ एक अतिथि गायिका थिइन्। युगललाई उनको पहिलो एल्बमका रूपमा देखाईएको थियो, जबकि उनले गीतका लागि एक साथ एक सङ्गित भिडियो पनि चित्रित गरिएको थियो। केहि महिना पछी, एलेक्जेन्ड्राट एमएडी टिभी प्रस्तुतकर्ता थेमिस जर्जन्डसका साथ हिट टिभी शो मेगालिस चार्ट !! लाइभका सह-होस्ट बने। त्यस समयअवधिमा, उनले अनेकौं टेलिभिजन शो गरिन् र एक वर्षको समयावधिमा, १० भन्दा बढी म्यागजीन कभरमा देखिएकी थिइन्, जसमा भोग, नाइट्रो, डिभा र सेलेब्रिटी जस्तो पत्रिकाहरु शामिल थियो।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

डिस्कोग्राफी[सम्पादन गर्नुहोस्]

एकल[सम्पादन गर्नुहोस्]

  • मोनो जिया सेना (एण्ड्रियाज कोन्स्टानीडिस) (२००६)
  • आइ भेसिलिना टिस् पिस्टाज (२००७)
  • Stohos Ine ta Lefta (२००७)
  • Honolulu (२००८)

म्यूजिक भिडियो[सम्पादन गर्नुहोस्]

  • Mono Gia Sena (२००६)
  • I Vassilissa tis Pistas (२००७)
  • Psichremia: Main Theme (२००७)
  • Stohos Ine ta Lefta (२००७)
  • Honolulu (२००८)

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

  • सिकरेमिया (२००७)

वयस्क चलचित्र[सम्पादन गर्नुहोस्]

  • जुलिया एलेक्जेन्ड्राट: टू एपागोरेभमेनो (२०१०)
  • जुलिया २ मावरी (२०११)
  • एलिनिको एण्ड्रिको कास्टिङ् (२०११)

पत्रिकाहरूको लागि फोटोशुट[सम्पादन गर्नुहोस्]

  • नाइट्रो
  • मिस डिभा
  • मिस लक्स
  • एसक्वायर
  • प्लेबोय
  • हेल्लो!
  • भोग

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]