टिस्टारङ्गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टिस्टारङ्गीत (www.tistarangit.com)सिक्किमबाट साहित्य सिर्जना सहकारी समिति-द्वारा सञ्चालित भारतको पहिलो नेपाली अनलाईन साहित्यिक पत्रिका हो। यो द्वीभाषिक वेभ पत्रिकामा साहित्यका विविध सामग्री पाइन्छन्। यो साइट २००७-को मई महिनादेखि सञ्चालित छ।
सिक्किमेली साहित्यको अध्ययन गर्न चाहनेहरूका लागि यो ठूलो उपलब्धि मानिएको छ। नेपाली तथा अङ्ग्रेजी भाषामा सञ्चालित यस साइटमा सिक्किमको समाचार, कविता, कथा, समालोचना, निबन्ध, साहित्यको इतिहास, पत्र-पत्रिकाको विवरण, सङ्घ-संस्था, साहित्यकारहरूको टेलीफोन नम्बर, भारतीय साहित्यकारहरूको फोटो आदि यसमा पाइन्छन्।
यसको सम्पादक मण्डलीमा पारसमणि शम, प्रवीण राई जुमेली, टीबीचन्द्र सुब्बा, अमर बानियाँ लोहोरोसन्तोष आले रहेका छन्।
नेपाली साहित्यको यो एक लोकप्रिय वेभ साइट हो।