टेलर किट्च
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
| टेलर किट्च | |
|---|---|
टेलर फेब्रुअरि २०१२मा जन कार्टरको प्रिमियरमा |
|
| जन्म | ०८ अप्रिल १९८१ केलोव्ना, ब्रिटिश कोलम्बिया, क्यानडा |
| पेशा | अभिनेता, मोडल |
| कार्यकाल | २००२ - हाल |
टेलर किट्च (जन्म ८ अप्रिल, १९८१), एक क्यानेडाली अभिनेता र मोडल हुन। उनी खास गरि एनबिसिको टेलीभिजन श्रृंखला फ्राईडे नाईट लाईट्समा टिम रिग्गिन्सको भूमिका निर्वाह गरेकोमा चिनिन्छन।
विषयसूची |
प्रारंभिक जीवन र मोडलिंग करियर [सम्पादन गर्ने]
किट्च केलोव्ना, ब्रिटिश कोलम्बिया, क्यानडामा जन्मेका हुन। उनको आमा बिसि लिकर बोर्डमा काम गर्छिन भने उनको बुवा भवन निर्माणमा आबध छन।[१][२] उनका दुई ठुलो दाइहरू र दुई सानी बहिनीहरू छन, र उनलाई उनको आमाले एक्लै हुर्काएकी थिइन।[३] उनले ब्रिटिश कोलम्बिया हकि लिगमा ल्यान्गलि हर्नेट्स टिमबाट जुनियर आइस हकि खेल्दथे तर गोडाको चोटले गर्दा उनको हकि करियर समाप्त भयो।[४]
किट्च आईएमजीसँग मोडेलिंग गर्ने अवसर प्राप्त गरेपछि २००२मा न्युयर्कमा आए र त्यहाँ अभिनयको अध्ययन पनि सुरु गरे। न्युयर्कमा थोरै समयको लागि उनी बेघर पनि भए र राति मेट्रो ट्रेनहरूमा सुत्न पनि बाध्य भएका थिए।[५]
किट्चले डिजल र एब्रिक्रम्बि एन्ड फिचको लागि मोडलिन्ग गरेका छन। उनी सेलिब्रिटी फोटोग्राफर जन रूसोको कफी टेबल बुकमा पनि प्रस्तुत भएका छन।[६][७]
अभिनय करियर [सम्पादन गर्ने]
किट्चले एनबिसिको टेलीभिजन श्रृंखला फ्राईडे नाईट लाईट्समा एक फुटबल खेलाडि टिम रिग्गिन्सको भूमिका निर्वाह गरेका छन। यसको साथै उनले द कभनेन्टमा पोग पेर्रि बनेर पनि खेलेका छन।
फेब्रुवरि २००८मा उनले एक्स-मेन अरिजिन्स: वुल्भरिन चलचित्रमा ग्याम्बिटको भूमिका खेल्नको लागि हस्ताक्षर गरे जुन चलचित्र मे २००९मा रिलिज भएको थियो। प्रशंसकहरूको मनपर्ने पात्र ग्याम्बिटको बारेमा उनी भन्छन, "म उसलाई चिन्दथें तर यति धेरै प्रशंसकहरू थिए भनेर थाहा थिएन। मलाई लाग्छ यो कुरा म अझै अनुभव गर्नेछु। मलाई यो पात्र निकै मनपर्छ, यसको शक्तिहरू र लेखकहरूले जसरी देखाएका छन, ति सबै मलाई मनपर्छ। मलाई यसको बारेमा त्यति धेरै जानकारी थिएन तर मेरो अनुभवमा यो नै मेरो लागि ठुलो उपलब्धि हुन पुग्यो जसले गर्दा मैले यो पात्रलाई मेरै किसिमले निर्वाह गर्न पाएँ।"[८]
२००९मा किट्च स्टिभन सिल्भरको द बिग ब्यान्ग क्लबमा रायन फिलिप र मालिन एकरम्यानसँग खेल्ने भए जुन दक्षिण अफ्रिकामा खिचिएको थियो र रंगभेदको विषयमा आधारित थियो।[९]
नोभेम्बर २०१० मा, "द हलिवुड रिपोर्टर"ले किट्चलाई भविष्यको "ए-लिस्ट" अभिनेता भनेर नामांकन गरेको थियो।[१०][११]
मार्च २०१२मा उनी अ प्रिन्सेस अफ मार्स नामक उपन्यासमा आधारित डिज्नीको जन कार्टर चलचित्रमा खेले। किट्चले त्यसमा जन कार्टर बनेर शीर्ष भूमिका निभाए जो एक अनुभवि योद्धा हुन्छ र मंगल ग्रहमा पुग्छ। २०१२मा उनी पिटर बर्गको ब्याटलशिपमा नौसेना कमान्डर एलेक्स हप्परको भूमिकामा देखिदैछन।[१२]
चलचित्रहरूको सूची [सम्पादन गर्ने]
| चलचित्रहरू | |||
|---|---|---|---|
| वर्ष | चलचित्र | भूमिका | टिप्पणी |
| २००६ | जन टकर मस्ट डाई | जस्टिन | |
| स्नेक्स अन अ प्लेन | काईल "क्रोकोडाईल" चो | ||
| द कभनेन्ट | पोग पेर्रि | ||
| २००८ | गस्पेल हिल | जोएल हेर्रोड | सिधै डिभिडिमा |
| २००९ | एक्स-मेन अरिजिन्स: वुल्भरिन | ग्याम्बिट | |
| २०१० | द बिग ब्यान्ग क्लब | केभिन कार्टर | |
| २०१२ | जन कार्टर | जन कार्टर | |
| ब्याटलशिप | एलेक्स हप्पर | निर्माणको क्रममा | |
| स्याभेजेज | चन | निर्माणको क्रममा | |
| २०१३ | लोन सर्भाईभर | ||
| टेलिभिजन श्रृंखला | |||
|---|---|---|---|
| वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
| २००६ | गोडिभाज | कोल्म | टेलिभिजन श्रृंखला, १ भाग (फ्लिप्पिन्ग स्विचेज) |
| काईल एक्स वाई | पुरुष क्याम्पर | टेलिभिजन श्रृंखला, १ भाग (प्रथम भाग) | |
| २००६-२०११ | फ्राईडे नाईट लाईट्स | टिम रिग्गिन्स | टेलि श्रृंखला; ७६ भाग नामांकित - २००७ टिन चोईस अवार्ड - चोईस टिभि: ब्रेकआउट नामांकित - २००८ टिन चोईस अवार्ड - चोईस टिभि: ब्रेकआउट २०११ स्टार अफ टेक्सस अवार्ड |
सन्दर्भ सूचि [सम्पादन गर्ने]
- ↑ "'Friday Night Lights' star looks back ... and ahead", 2007-10-02
- ↑ http://www2.macleans.ca/2012/03/02/the-next-action-hero/
- ↑ "Taylor Kitsch Photo Gallery | Outside Magazine's Featured Photo Galleries"
- ↑ "Strombo - Taylor Kitsch", George Stroumboulopoulos Tonight, CBC Television
- ↑ The Late Show with David Letterman, 2012-02-29
- ↑ www.pixiepressworldwide.com
- ↑ Metro Source LA magazine
- ↑ 12 Like0 Dislike0 Oct 13, 2008 by The MovieWeb Team (2008-10-13), "Taylor Kitsch on Being Gambit in X-Men Origins: Wolverine"
- ↑ http://www.imdb.com/title/tt1173687/
- ↑ THR staff. "See the Cover of the New Hollywood Reporter", The Hollywood Reporter, 9 November 2010. Retrieved on 13 April 2011.
- ↑ Lauren Schutte, Emily Blank. "Hollywood's A-List Redefined", The Hollywood Reporter, 2010-11-15. Retrieved on 13 April 2011.
- ↑ Leins, Jeff. "Taylor Kitsch to Star in 'Battleship'", News in Film, 2009-06-12. Retrieved on 2010-04-08.
बाह्य लिङ्क्सहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: टेलर किट्च |