डा. जगदीश चन्द्र बोस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
জগদীশ চন্দ্র বসু
जगदीश चन्द्र बसु
प्रयोगशालामा बसु
जन्म 30 नोभेम्बर 1858
मेमनसिंह, पूर्वी बंगाल (अहिले बंगलादेश), ब्रिटिश भारत
मृत्यु ढाँचा:मृत्यु तिथि
गिरिडीह, बंगाल प्रेसिडेंसी, ब्रिटिश भारत
आवास अविभाजित भारत
राष्ट्रीयता ब्रिटिश भारतीय
क्षेत्र भौतिकी, जीवभौतिकी, जीवविज्ञान, वनस्पतिविज्ञान, पुरातत्व, बांग्ला साहित्य, बांग्ला विज्ञानकथाहरू
संस्थान प्रेसिडेंसी कालेज, कोलकाता
शिक्षा कलकत्ता विश्वविद्यालय
क्राइस्ट महाविद्यालय, कैम्ब्रिज विश्वविद्यालय
लंदन विश्वविद्यालय
डॉक्टरी सलाहकार जन स्ट्रट (लर्ड रेले) Nobel prize medal.svg
प्रसिद्धि मिलिमीटर तरंगहरू
रेडियो
क्रेस्कोग्राफ

डा. (सर) जगदीश चन्द्र बसु (बंगाली: জগদীশ চন্দ্র বসু जगोदीश चन्द्रो बोशु) (३० नोभेम्बर, १८५८23 नोभेम्बर, १९३७) भारतका प्रसिद्ध वैज्ञानिक हुन् जसलाई भौतिकी, जीवविज्ञान, वनस्पतिविज्ञान तथा पुरातत्वको गहिरो ज्ञान थियो।[१] यिनी पहिलो वैज्ञानिक थिए जसले रेडियो र सूक्ष्म तरंगहरूको प्रकाशिकीमा कार्य गरे। वनस्पति विज्ञानमा यीनले कयौँ महत्त्वपूर्ण खोजेहरू गरे। साथ साथै यिनी भारतका पहिला वैज्ञानिक शोधकर्त्ता पनि थिए।[२] यिनी भारतको पहिलो वैज्ञानिक थिए जसले अमेरीकी पेटेंट प्राप्त गरे। यिनलाई रेडियो विज्ञानका पिता मानिन्छ ।[३] उनी विज्ञानकथाहरू पनि लेख्ने गर्थे ,र यिनलाई बंगाली विज्ञानकथा-साहित्यको पिता भनेर मानिन्छ ।

ब्रिटिश भारतको बंगाल प्रान्तमा जन्मिएका बसुले सेन्ट जैवियर महाविद्यालय, कलकत्ताबाट स्नातकको उपाधि प्राप्त गरे। यिनी फेरी लंदन विश्वविद्यालयमा चिकित्साको शिक्षा लिन गए, तर स्वास्थ्यको समस्याहरूको कारण यिनी शिक्षा बीचमा नै छोडेर भारत आउनु पर्यो। यिनले फेरी प्रेसिडेंसी महाविद्यालयमा भौतिकीको प्राध्यापकको पद सम्हाले र जातिगत भेदभावको सामना गरेर भए पनि धेरै महत्त्वपूर्ण वैज्ञानिक प्रयोग गरे। यिनले बेतार संकेत प्रसारण गर्न असाधारण प्रगति गरे र सबै भन्दा पहिले रेडियो सन्देशोहरू प्राप्त गर्न अर्धचालकोहरूकोको प्रयोग गर्न शुरु गरे। तर आफ्नो खोज हरूकोबाट व्यावसायिक लाभ उठाउनुको साटप इन्होंने यिनले सार्वजनिक रूपमा प्रकाशित गरिदिए त्यसकाररण अन्य शोधकर्त्ता यसमा काम गरेर विकास गर्न सके। यस पश्चात यिनले वनस्पति जीवविद्यामा अनेक खोजेहरू गरे। यिनलर एक यन्त्र क्रेस्कोग्राफको आविष्कार गरे र यसले विभिन्न उत्तेजहरूको प्रति वनस्पतिको प्रतिक्रियाको अध्ययन गरे। यस प्रकारले यिनले सिद्ध गरे कि वनस्पति र पशुहरूकको प्रतिक्रियाहरूमा धेरै समानता हुन्छन्। यिनी प्याटेन्ट प्रक्रियाको विरुद्ध थिए तर मित्रहरूको अनुरोधमा नै यिनले एक प्याटेन्टको लागि आवेदन दिए। हालका वर्षहरूमा आधुनिक विज्ञान यिनका योगदानहरूलाई मान्यता दिइरहेको छ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्ने]

बसुको जन्म बंगाल (अहिले बंगलादेश)को मेमनसिंहमा भएको थीयो। यिनका पिता भगवान चन्द्र बसु ब्रह्म समाजका नेता थिए र फरीदपुर, बर्धमान तथा अन्य स्थानमा उनी उप-मैजिस्ट्रेट या सहायक कमिश्नर थिए।[४][५] उनको परिवार रारीखाल गाउँ, बिक्रमपुरबाट आएको थियो, जुन् आजकल बंगलादेशको मुन्शीगंज जिल्लामा पर्दछ।[६]

बसुको शिक्षा एक बांग्ला विद्यालयबाट सुरू भएको थियो। उनका पिताको विश्वस थियो कि अंग्रेजी सिक्नु भन्दा पहिले आफ्नो मातृभाषा राम्रोसँग जान्नु वेस हुन्छ । विक्रमपुरमा १९१५ ममा एक सम्मेलनमा सम्बोधन गर्नेबेलामा बसुले भनेका थिए- "उस समयमा बालबालिकाहरूलाई अङ्ग्रेजी विद्यालहरूमा पठाउनु हैसियतको निशानी मानिन्थ्यो। मलाई जुन बांग्ला विद्यालयमा पठाइयो त्यहाँ मेरो दायाँ तर्फ मेरो पिताका मुस्लिम परिचारकको छोरो बस्दथ्यो र मेरो बायाँ तिर एक माझीको छोरो। यीनै मेरा खेल खेल्ने साथी पनि थिए। उनीहरूका पक्षिहरू, जानवरहरू र जलचरहरूका कहानीहरू कान थापेर सुन्ने गर्दथे। शायद यिनै कहानीहरूले मेरो मस्तिष्कमा प्रकृतिका संरचनामा अनुसन्धान गर्नको लागि गहिरो रुचि जगाइ दियो ।"[क][५]

रेडियोको खोज[सम्पादन गर्ने]

ब्रिटिश सैद्धान्तिक भौतिक विज्ञानी जेम्स क्लर्क मैक्सवेलले गणितीय रूपमा विविध तरंग दैर्ध्यको विद्युत चुम्बकीय तरंगोंहरूको अस्तित्वको भविष्यवाणी गरेका थिए, तर उनको भविष्यवाणीको पुष्टीको पहिले नै १८७९मा उनको निधन भयो। ब्रिटिश भौतिकविद ओलिवर लज मैक्सवेल तरंगहरूको अस्तित्वको प्रदर्शन १७८७-७७मा तारहरूको साथ उनीहरूलाई प्रेषित गरेर गरे। जर्मन भौतिकशास्त्री हेनरिक हर्ट्जले १८८८मा खुला अंतरिक्षमा विद्युत चुम्बकीय तरंगहरूको अस्तित्वको प्रयोग गरेर देखाए। तत् पश्चात, लाजले हर्ट्जका काम जारी राखे र १८९४मा एक स्मरणीय व्याख्यान दिए (हर्ट्जको मृत्यु भैसके पछि)र त्यसलाई पुस्तकको रूपमा प्रकाशित गरे। लाजको कामला भारतका बोस सहित विभिन्न देशका वैज्ञानिकहरूको ध्यान आकर्षित गर्यो ।

बोसको माइक्रोवेभ अनुसन्धानको पहिलो उल्लेखनीय पहल यह थियो कि उनले तरंग लम्बाइको स्तरमा मिलीमीटर लिए(लगभग ५ मिमी तरंग लम्बाई)। जुन् प्रकाशको गुणहरूको अध्ययनको लागि लामा तरंग लम्बाईको प्रकाश तरंगहरूको हानीलाई बुझे।

१८९३मा , निकोला टेस्लाले पहले सार्वजनिक रेडियो संचारको प्रदर्शन गरे. एक वर्ष पछि, कोलकातामा नोभेम्बर १८९४मा एक (या १८९५) सार्वजनिक प्रदर्शनका बीव, बोसले एक मिलीमीटर रेन्ज माइक्रोवेभ तरंगको उपयोग दूरीमा बारूद प्रज्वलित गर्ने र घण्टी बजाउनमा गरे। लेफ्टिनेन्ट गवर्नर सर विलियम मैकेंजीले कलकत्ता टाउन हलमा बोसको प्रदर्शन देखे। बोसले एक बंगाली निबन्ध, 'अदृश्य आलोक'मा लेखेका थिए, "अदृश्य प्रकाश सजिलैसँग ईंटाको पर्खाल, भवनहरू आदिको भित्र प्रवेश गर्न सक्दछ, यसैले तारको बिना प्रकाशको माध्यमले सन्देश संचार गर्न सकिन्छ ।" रूसमा पोपोवले यस्तै एक प्रयोग गरेका थिए।

बोस "डबल अपवर्तक क्रिस्टलद्वारा बिजुलीका किरणों के ध्रुवीकरण पर" पहिलो वैज्ञानिक लेख, लज लेख लेखनको एक सालमै , मे १८९५मा बंगालको एशियाटिक सोसाइटीमा पठाएका थिए। उनको दोस्रो लेख अक्टूबर १८९५मा लन्डनको रोयल सोसाइटीमा लार्ड रेले मार्फत पठाइयो। डिसेम्बर १८९५मा, लन्डन पत्रिका इलेक्ट्रीशियन (36 Vol)ले बोसको लेख "एक नए इलेक्ट्रो-पोलेरीस्कोप पर" प्रकाशित गरयो । त्यस समयमा अंग्रेजी बोलनेवाली दुनियामा लजद्वारा पढोिएको शब्द 'कोहिरर'को प्रयोग हर्ट्जको तरंग रिसीवर या डिटेक्टरको लागि गरिएको थियो इलेक्ट्रीशियले तत्काल नै बोसको 'कोहिरर'मा टिप्पणी गर्यो. (डिसेम्बर १८९५). अङ्ग्रेजी पत्रिका (१८ जनवरी १८९६) इलेक्ट्रीशियनमा उद्धृत टिप्पणी हो:

"यदि प्रोफेसर बोस आफ्नो कोहिररको बेस बनाउनमा थप प्याटेन्टलिन सफल हुने छन्,हामी शीघ्र नै एक बंगाली वैज्ञानिकको प्रेसीडेंसी कलेज प्रयोगशालामा एकलै शोधको कारण नौ-परिवहनको तट प्रकाश व्यवस्थामा नयाँ क्रान्ती देख्नेछौँ।"

बोस "आफ्नो कोहिरर"को बेस बनाउने योजना बनाए तर यसको प्याटेन्टको बारेमा कहिले पनि सोचेनन्।


सन्दर्भ[सम्पादन गर्ने]

  1. A versatile genius, Frontline 21 (24), 2004.
  2. Chatterjee, Santimay and Chatterjee, Enakshi, Satyendranath Bose, 2002 reprint, p. 5, National Book Trust, ISBN 81-237-0492-5
  3. A. K. Sen (1997). "Sir J. C. Bose and radio science", Microwave Symposium Digest 2 (8-13), p. 557-560.
  4. Mahanti, Subodh, "Acharya Jagadis Chandra Bose", Biographies of Scientists, Vigyan Prasar, Department of Science and Technology, Government of India 
  5. ५.० ५.१ Mukherji, Visvapriya, Jagadish Chandra Bose, second edition, 1994, pp. 3-10, Builders of Modern India series, Publications Division, Ministry of Information and Broadcasting, Government of India, ISBN 81-230-0047-2
  6. Murshed, Md Mahbub, "Bose, (Sir) Jagadish Chandra", Banglapedia, Asiatic Society of Bangladesh 

टीका टिप्पणी[सम्पादन गर्ने]

क.

^  अंग्रेजी में मौलिक भाषण: “At that time, sending children to English schools was an aristocratic status symbol. In the vernacular school, to which I was sent, the son of the Muslim attendant of my father sat on my right side, and the son of a fisherman sat on my left. They were my playmates. I listened spellbound to their stories of birds, animals and aquatic creatures. Perhaps these stories created in my mind a keen interest in investigating the workings of Nature. ”

बाह्य सूत्र[सम्पादन गर्ने]