तसलीमा नसरिन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Taslima Nasrin5.jpg

२५ अगस्ट १९६२मा मयमनसिंह बंगलादेशमा जन्मिएकी तसलीमा हाल(सन २०१०) अमेरिकामा प्रवासी जीवन व्यतित गर्दै आएकी छन्। मयमनसिंह मेडिकल कलेजबाट चिकित्सा शास्त्रमा स्नातक गरेकी तसलीमाले सन् १९८९ देखि नै साहित्यक्षेत्रमा कलम चलाउँदै आएकी हुन र हालसम्म दर्जनौं कृति प्रकाशित भइसकेका छन्। यसमध्ये लज्जा, मेरो बाल्यकाल, उत्ताउलो हावा, द्विखण्डित, सारा अन्धकार आदि पाँचवटा कृति अहिले पनि प्रतिबन्धित छन्। उत्ताउलो हावाको हालै नेपाली अनुवादसमेत प्रकाशित भइसकेको छ भने 'लज्जाको विश्वका प्राय सवै भाषाहरूमा अनुवाद भै सकेको छ|

करिब सत्र वर्षअघि(सन १९९३मा प्रकाशित डा. नसरिनको उपन्यास 'लज्जा' अहिले पनि उत्तिकै लोकपि्रय रहेको छ। विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले छ। सन् १९९२को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बंगलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बंगलादेशलाईमाया गर्ने सबैको हारको दस्तावेजमानेकी छन्। लज्जा तसलीमाकोमात्र नभईमानवसभ्यताकै लज्जाको दस्तावेजमानिन्छ।

लज्जालाई व्यापक छलफलपछि प्रकाशित भएको पाँच महिनामा तत्कालीन सरकारले साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा प्रतिबन्धित गरिएको थियो भने उनलाई त्यहाँका कट्टरपन्थी धार्मिक सङ्गठनले तीन पटकसम्म फतवा जारी (मृत्युदण्डको घोषणा) गरेको थियो। त्यसपछि उनी भारत पश्चिम बङ्गालमा बस्न थालेकी थिइन् तर त्यहाँ पनि असुरक्षा यति बढेर गयो कि कट्टरपन्थीहरूले पाँच पटकसम्म फतवा जारी गरेका थिए। आफुलाई सदैव 'विचारको खुलापन'को स्वघोषित बाहकमान्ने भारतिय बामपन्थी राजनैतिक दल र बुद्दिजीवी हरू कति सम्म तल झर्न सक्छन भन्ने ती समुहबाट भएको डा. नसरिनको विरोधले प्रस्ट पारेको थियो(-बङ्गाली साहित्यकार आनन्द शंकर रे)| बामपन्थि पक्ष् बाट भएको बिरोध केवल अल्पसंख्यक कट्ट्रर् मुस्लिमहरू हरू बाट प्रे‍रित थियो भन्ने भनाई रहेको छ |व्यापक असुरक्षा र अनिश्चयबीच मृत्युसित लुकामारी खेल्दैकोलकत्ता र दिल्ली गरी करिब आठ महिनाको कठोर एकाङ्कि जीवन व्यतित गरेपछि उनी पहिले स्वीडेन र पछि न्यूयोर्कमा बस्न थालेकी हुन्।मानवअधिकारवादी विशेषगरी नारीवादी तसलीमा त्यस्ता साहसी लेखिका हुन् जो दुई-दुईवटा देशबाट (बंगलादेश र पश्चिमबङ्गाल) निस्कासित छिन् र जसमाथि दुई देशमा गरी आठपटक फतवा जारी भएको छ।

लेखिका आफू स्वयं क्रान्तिजीवी भएकैले हुनुपर्छ उनका सबै नै कृति त्यत्तिकै सटीक रहेको पारखी पाठकहरू बताउँछन्। त्यसमा पनि लज्जाको कुरो बेग्लै छ। यसमा जुन किसिमको एउटा छुट्टै ज्यान पाइन्छ र बेजोड भाव गुम्फन भएको पाइन्छ त्यसले गर्दा कृति 'क्षणेक्षणे यन्नवतामुपैति' अर्थात् प्रत्येक क्षण नयाँभाव बोध गराउने भनेजस्तो जतिजति समय बित्दै जान्छ त्यतित्यति नयाँपन बोधक हुन पुगेको छ। विशेषगरी सुधामय (बाबु), किरणमयी (आमा), सुरञ्जन (छोरा), रमाया (छोरी) चार पात्रको सेरोफेरोमा घुमेको लज्जाले साम्प्रदायिक सद्भाव बिथोलिएपछि हुन सक्ने समाजको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। जहाँ जातीय विद्वेष फैलिन्छ वा साम्प्रदायिक सद्भाव विथोलिन्छ त्यहाँको समाज अन्धो हुन्छ र सक्नेहरूबाट नसक्नेहरू लुटिन्छन्, कुटिन्छन्, पिसिन्छन्, थिचिन्छन् र मिचिन्छन्। उनीहरूले बाँच्ने अधिकारसम्म पाउँदैनन्, हारगुहार सुन्नेसम्मकोही हुँदैन। जसलाई आफ्नो भनिएको छ उनीहरूसमेत, कि परपर हुन्छन् कि थाहा नपाएजस्तो गर्छन्। हेरौँ लज्जाको अन्तिम प्रसङ्गमा आएको एउटा पात्रको अवस्था- -जसका बाबु महिनौंदेखि थलापरेका छन्, श्रीसम्पत्ति लुटिएकोछ, अपहरित बहिनीको चार-पाँच दिनदेखि अत्तोपत्तो छैन र आमा त्यसैदिनदेखि मूर्छित छिन्)

'निराशाको अथाह अथाह जलमा सुरञ्जन एक्लै तैरिरहन्छ। रात पर्छ, रात छिप्पिदै जान्छ। ऊ आफूलाई एकदमै एक्लो महसुस गर्छ।कोही छैन, सहायता गर्ने,कोही छैन उसको। आफ्नो देश आफूलाई प्रवास लाग्दैछ। ऊ आफ्नो तर्क, बुद्धि, विवेकसहित आफैँमा खुम्चेर बस्छ। उसको उदार, सहिष्णु, तर्कवादी मन हडताल, कफ्र्यु र आतङ्कको देशमा क्रमशः सङ्कुचित हुँदैछ। ऊ शून्य हुँदै गइरहेको छ, आफ्नो बन्द झ्याल, ढोका भएकोकोठामा उसलाई सास लिनका लागि शुद्ध हावासमेत प्राप्त छैन।मानौँ ती सबै एक भयावह मृत्युको प्रतीक्षा गरिरहेछन्।' -लज्जाको नेपाली अनुवादबाट साभार।)