दक्षिण अमेरिकी फुटबल संघ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
दक्षिण अमेरिकी फुटबल संघ (स्पेनिश:CONfederación sudaMEricana de FútBOL) छोटकरीमा सीओएनएमइबीओएल (CONMEBOL) दक्षिण अमेरिकी फुटबल संघको प्रशासनिक तथा नियंत्रण राख्ने संस्था हो।
कोनमेबोल (CONMEBOL) दक्षिण अमेरिकी राष्ट्रिय फुटबल खेलहरूको प्रतिनिधीत्व गर्दछ, यस्ले दक्षिण अमेरिका महाद्वीपभित्र राष्ट्रिय फुटबल खेलको आयोजना गर्छ र प्रतिभागीहरूको लागि पुरस्कार वितरण, रूपियाँ, नियम अनि मिडिया अधिकारमाथि नियंत्रण राख्छ। यसको मुख्यालय लुक्वे, परागुवे (Luque, Paraguay)मा स्थित छ र हाल यस संघको प्रधान अध्यक्ष निकोलस लिओज (Nicolas Leoz) हुनुहुन्छ।
यो संघ फिफाको सबैभन्दा सानो संघ हो। यस संघमा 10 वटा फुटबल संघ सदस्यहरू छन्।