दीपक रायमाझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दीपक रायमाझी (२०१०-२०६८) नेपाली चलचित्र निर्दशक थिए। यिनी नेपालका प्रसिद्ध राजनीतिज्ञ केशरजंग रायमाझीका छोरा थिए।

दीपक रायमाझी
जन्म(१९५३-०५-०७)७ मे १९५३
काठमाडौँ, नेपाल
मृत्यु१८ अक्टोबर २०११(2011-10-18) (उमेर ५८)
काठमाडौँ ,नेपाल
राष्ट्रियतानेपाली
पेशानिर्देशक
जीवनसाथीज्योति रायमाझी
सन्तानहीमानी रायमाझी
दीपाली रायमाझी

पाल्पाको भैरवस्थानमा जन्मेका दीपक रायमाझीले करिब २४ वर्षे फिल्मी करिअरमा दुई दर्जन बढी सिनेमा निर्माण गरेका थिए। उनले नै राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, मेलिना मानन्धर लगायतका कलाकारलाई रजतपटमा हिरो हिरोईनको रूपमा उभ्याएका हुन। दीपक रायमाझीसंग राजेश हमालको मामाको साईनो छ।

करिब २४ वर्षअघि चलचित्र भाग्य रेखा पहिलो पटक निर्देशन गरेयता हालसम्म सक्रिय रहेका रायमाझीले सन् १९८०मा रूसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका थिए। उनी माया पिरतीको चलचित्र बनाउन बढी रूचाउने निर्देशक थिए। उनले युग देखि युग सम्म (चलचित्र), कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ लगायतका दुई दर्जन भन्दा बढी सिनेमा निर्देशन गरेका छन्। यस्तै उनीद्वारा निर्देशित पछिल्लो चलचित्र डेष्टीनेशन काठमाडौँचाँडै आऊ है छन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]