देवदह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
देवदह
अञ्चल
 - जिल्ला
लुम्बिनी
 - रूपन्देही
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
२२,१२२
 - 

देवदह नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ४३५५ वटा घर छन्।

विषयसूची

[सम्पादन गर्ने] जनसंख्या

नेपालको सन् २००१को जनगणना अनुसार देवदहको जनसंख्या २२,१२२ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।

लुम्बिनीबाट ५४ कि. मि. पूर्व देवदह पर्दछ। यो बुद्धको मामाघर अर्थात उनको आमा मायादेवी र उनलाई हुर्काउने सानी आमा गौतमीको माइती घर थियो। यसलाई कोलियनगर, व्याग्रपुर, देवदह वा रामग्राम पनि भन्छन्। बनारसका राजा राम र कपिलवस्तुको रानी पि्रयाबाट कोलीय वंश सुरु भएकोले यस राज्यलाई कोलियनगर भनिएको थियो। देबदह एउटा एतिहासीक नगरि हो।

दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो। उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए। कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेका थिए। पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ।

[सम्पादन गर्ने] देवदह विशेष

देवदह भन्नाले अहिले नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एक गाँउ विकास समितिको नाम हो। सुन्दर हिमालहरू धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पवित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ। हरियो जंगल बीचमा बनेको पूर्वपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ।अहिले यहाँ पुग्न लुम्बिनि अंचल, रूपन्देही जिल्लाको मुख्य सहर बुटवलदेखि महेन्द्र राजमार्ग हुदै पूर्व १३ कि.मि. गएपछी देवदह गा.वि.स. अन्तर्गत शितलनगर भन्ने ठाउँबाट दक्षिण ४ कि.मि.मा पर्दछ। यहाँ त्यति बेला देखिका अनेकौ स्तम्ब र पुरातात्विक सामग्रीहरू प्रमाणका रूपमा आज पनि प्रत्येक्क्ष रूपमा देख्न पाईन्छ। त्यस सम्बन्धमा विभिन्न सामग्रीहरू तल दिईएका छन्। यद्यपि कहि-कही नवलपरासीको रामग्राम क्षेत्रलाई पनि देवदह हो भन्ने पनि गरिन्छ।

[सम्पादन गर्ने] देवदहमा बुद्धप्रतिमा

देवदहमा बुद्धप्रतिमा देवदह माईति आउदा आउदै महारानी मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएका राजकुमार सिद्धार्थ शाक्य १० दिनमै आमाको स्वर्गाहरण भयकोले आफ्नी आमाकी बहिनि तथा कान्छी आमा महारानी प्रजापतिको दुध खादै आफ्ना मावली देवदहमा सानैमा बामे नसर्दै पदार्पण गर्नु भएको र पछि पटक पटक मावली आइ यहि हुर्कनु भएको भन्दा फरक नपर्ला। आफ्नो समयका युवाहरूमा सबभन्दा बढी सामार्थवान भएर देवदहकै परिक्षा मैदानमा सिद्धार्थले राजकुमारी यसोधरालाई प्रतियोगीतामा जितेर बरण गर्नुभएको थियो।

[सम्पादन गर्ने] कुमारवर्ति

यो ठाउँ रोहिणी नदिको किनारमा मक्रहर गो.वि.स.मा पर्दछ। कपिलबस्तुबाट देवदह आउँदा मायादेवी र प्रजापति बास बसेकोले यो ठाउंको नाम मायारानी र प्रजारानी रहन गएको हो। पछी अपभ्रम्स भएर मदरानी र पेडरानी नाउँ रहन गयो। यहाँ मायारानी र प्रजारानीका मुर्तिहरू भएको मन्दिर र प्राचिन दुइ इनार भेटिएका छन।

[सम्पादन गर्ने] रोहिणी नदी

यो एक पबित्र नदि हो। प्राचिनकालमा यो कपिलवस्तु शाक्य राज्यको पुर्बी सिमा र देवदह शाक्यवंश ( कोलियराज्य )को पश्चिमी सीमा नदि थियो।

[सम्पादन गर्ने] खयरडाडा

यो अति महत्वपुर्ण स्थल मानिन्छ। करिब २ कि.मि. क्षेत्रमा फैलिएको यस ठाउँमा १२ किलो वजन सम्मका इट्टाहरूको खण्डहर छ। यो ठाउँ प्राचिन देवदहनगरको भग्नावशेसको रूपमा रहेको छ। बुद्धकालीन मात्र होइन त्यस अघिका पुरातात्विक महत्वका धेरै सामाग्रीहरू यहाँ भेटिएका छन् र सम्भावना छ।

[सम्पादन गर्ने] वैरीमाई/ कन्यामाई

वढीमाई “मायादेवी” र कन्यामाई “प्रजापति गौतमी”को जन्मथलो मानिएको र उहाहरूकै मुर्ति सहितको मन्दिर भनी पूजा गरिने चलन यहाँ छ। तर वैरीमाई र कन्यामाई भन्नासाथ कस्मिर देखि गण्डक क्षेत्रसम्म पुजिने बडीमालिका देवीका मन्दिरहरू समेत हुनसक्ने देखिन्छ। यसै स्थानमा पदमपाणी अबलोकितेस्वरको भाचिएको विसाल प्रस्तर मुर्ति पाईएको छ। यसै ठाउँमा प्राचिन कालका इट्टाहरूको खण्डहर पनि भेतियेकोछ। यसै स्थानलाई प्राचिन धर्मग्रन्थ हरूमा उल्लेखित ब्यग्रपुर/ब्यग्रपथ (हाल बंगला/बंगाली) मानिएको छ।

[सम्पादन गर्ने] भवानीपुर/देबीदमार

बैरिमाइ कन्यामाइबाट करिब १ कि.मि. दक्षिणमा पर्ने भवानीपुर देबिदमारलाई पहिलेको देवदह भन्ने पनि चलन छ। यस ठाउमा सेंनकालिन सुर्यको मुर्ति र साथै एक पत्थरको स्थम्ब पनि छ। जसलाई मौर्य सम्राट अशोकले गाडेको लुम्बिनीपछिको दोस्रो अशोक स्तम्भ मानिएको छ र उत्खनन गरेमा यो लुम्बिनीको स्तम्भ जत्तिकै लामो हुन सक्ने अनुमान पनि गरिएको छ। माथि भाचिएकोले त्यो लामो हुन नसक्ने भन्नेहरू पनि छन्। यहाँ एक प्राचिन इनार पनि भेटिएको छ।

[सम्पादन गर्ने] माथागढी

माथागढी चुरे पहाडको टुप्पोमा भएको यो गडी अति नै ठुलो शक्तिपिठ मानिन्छ। त्यसैले यसको नाम नै माथा अर्थात माता (देबी) गढी रहेको छ। यहाँ हरेक वर्ष मेला लाग्छ र भब्य पुजा हुन्छ। यहाँ अति पुराना हातहतियार पनि छन्। यो ठाउँ कपिलबस्तु र देवदह राज्यको उत्तरापथ मार्गको द्वार थियो। यहाँ नजीकै दक्षिणपुर्बको दाउन्ने गाउमा सिन्जाका खस राजाहरूको राजधानी रहेको पनि इतिहासमा उल्लेख छ।

[सम्पादन गर्ने] कोटियामाई

यहाँ एउटा ठुलो पाकरिको रुख छ जसको फेदको गोलाई ८२ फीट र उचाई करिब ९२ फीट छ। रुखकै नामले नामाकरण गरिएको पाकरि गाउको पाकरिको यो बोट बुद्धकालीन मानिन्छ। सम्भवतः नेपालकै ठुलो र बुढो हुनसक्ने यो बोट सात तले हुनुका साथै अनेक आश्चर्य लिएर उभिएको छ। जस्तै, चराले गुड नलगाउनु, गिद्द् कौवा नबस्नु, हात्ति नजीक नजानु आदि।

[सम्पादन गर्ने] स्रोत

  1. "नेपाल जनगणना २००१" 
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा