पुष्कर माथेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुष्कर माथेमा नेपाली पत्रकार हुन्। उनी वि.सं. २०७० वैशाख ३ गते गोरखापत्रको निमित्त प्रधान-सम्पादक नियुक्त भए।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. २०२१ भदौ १३ गते भएको हो। माथेमा काठमाडौँ १८, किलागलका स्थायी बासिन्दा हुन्।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

गोरखापत्र दैनिकको कार्यकारी सम्पादक (दशौँ तह)मा सेवारत माथेमा वि.सं. २०४५ साल जेठमा उपसम्पादक पदबाट प्रवेश गरेका हुन्।

उनले यसअघि गोरखापत्र दैनिकका सहप्रकाशन दी राइजिङ नेपालका प्रधान-सम्पादक र युवामञ्चका सम्पादकको जिम्मेवारी पनि सम्हाली सकेका छन्।

व्यवस्थापनमा स्नातकोत्तर माथेमाले इन्टरनेशनल इन्स्टिच्युट अफ जर्नालिज्म, बर्लिनबाट पत्रकारिता प्रशिक्षण प्राप्त गरेका छन्। उनी पत्रकारिता प्रशिक्षणमा सक्रिय छन्।

गोरखापत्र संस्थानले उनलाई वि.सं. २०७० वैशाख ३ गतेदेखि निमित्त प्रधानसम्पादक भई कामकाज गर्न नियुक्त गरेको हो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

माथेमाले तयार पारेका दुई कृतिहरूः

  • निर्वाचनका क्रममा सञ्चार ...प्रशिक्षण निर्देशिका (पत्रकारिता, सन् २००६ जुलाई)
  • सूचना स्वतन्त्रता (टोबी मेण्डेलको/मानवअधिकार, सन् २००९)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]