प्रयोगकर्ता वार्ता:Kandelramesh

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्यिक तथा मिडिया क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि मैले यो क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाउने कोशीस गरेको हुँ। मलाई आफुलाई साहित्यकार भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै मेरो लक्ष्य थियो, छ र रहनेछ।

यसै सन्दर्भमा ओझेलमा परेका तर क्षमतावान स्रष्टाहरुलाई अगाडि ल्याउन के कसरी अघी बढ्नु पर्छ भनेर धेरै सहयोगी तथा साहित्यप्रेमी मनहरुसँग छलफल भएको थियो। यसै क्रममा धेरै योजना बन्दै तुहिने क्रममा धेरै समय खर्च गर्यौ। कुरा मात्रै गर्ने तर काम गर्न कुनै उत्सुकता नजनाउने कारण मलाई एक्लै हिडुँ कि भनेर केही साथीहरु सँग अन्तिम पटक छलफल गरेँ। शायद अन्तिम पटक मैले सही साथीहरुको छनौट गरेछु, जसको कारण यो(शब्दहार क्रियशन्स् प्राली)कम्पनी दर्ता गर्न पुग्यौ। दर्ता भइसकेपछी पनि एक जना मित्रले चटक्कै छोड्नु भयो। त्यसपछी हामी तीन मात्र बाँकी रह्यौं। यो कुरा केही साथीहरुलाई राखे पछी अन्य मित्रले पनि प्रवेशको ईच्छा राख्नु भयो र अहिले हामी ५जना संस्थापक हुन पुगेका छौ। जसका कारण आज यो अवस्थामा आइपुग्यौं। हामी कसरी अघी बढ्ने भन्ने चिन्ता प्रवल हुँदा हुँदै पनि मैले साथीहरु सँग सहकारी अवधारणालाई अनुसरण गर्दै पुस्तक प्रकाशन अघी नै पाठकहरुकै लगानिमा पुस्तक निकाल्ने योजना सुनाएँ। यसले हामीलाई दोहोरो फाईदा हुने भएको छ। हामीले पुस्तक प्रकाशन गर्दा पहिल्यै भोग्नुपर्ने आर्थिक समस्याबाट मुक्ती, साहित्यनुरागी पाठकको उल्लेख्य सहभागिता र त्यसले पुस्तकको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने, प्रतिभावान तथा क्षमतावान सर्जकले आफुलाई फुलाउन पाउने आदी जस्ता फाईदा पाउने देखेका छौं। त्यसैले यसलाई निरन्तरता दिन सबै संस्थापक मित्रहरु र मेरा शुभचिन्तक मित्रहरुले अत्यन्तै उत्साहित भएर यसलाई मुर्तता दिन मलाई जिम्मेवारी सुम्पनु भयो। हामीले यस पटक दुई नारी हस्ताक्षरलाई अगाडि ल्याउने कोशीस गरेका छौ र विधा हो- कथा। हामीले अन्य विधामा पनि विस्तारै लगानी गर्दै जाने सोच बनाएका छौ। हामीलाई विश्वाश छ- हामीले एक प्रतिभावान, क्षमतावान कथाकारलाई सार्वजनिक गर्दैछौं। ति प्रतिभावान सर्जकहरुको नाम हो- बिद्या सापकोटा र बिना थिङ तमाङ। पछील्लो समय जसले मलाई प्रत्येक पाइलामा साथ दिने वचन दिएका थिए तिनै साथीहरुले असन्तुष्टी पनि ब्यक्त गरे। म चाहन्थे- यस माटोमा केही गरौं, तर धेरै समय अन्यौलमै बिताउनु पर्‍यो। यो गर्ने, त्यो गर्ने भन्दै समय र पैसा दुबै अत्यधिक खर्च भए तर मानसिक साथ सहयोग गर्ने कमै भेटिए अर्थात भेटिएनन भन्दा पनि अनुचित नहोला। एउटै मित्र- जसले मलाई प्रत्येक पाइलामा तन मन धनले साथ दिए। तिनलाई नसम्झिने हो भने यो कलम अहिले पनि अपुरो हुनेछ। उसलाई पनि मेरो यात्राले थोरै खुशी दिन सक्यो भने पनि मेरो लागि महत्वपूर्ण उपलब्धी हुनेछ। मलाई थाहा छ- यो यात्रामा पनि धेरै वाधा व्यबधान व्यहोर्नु पर्नेछ। तर धेरै सहयोगी आत्मिय मनहरुको साथले यो यात्रा सार्थक हुनेमा विश्वस्त छु। अहिले सम्म धेरै मित्रहरुले साथ निभाउने वाचा गर्नु भएको छ। हामी यहाँहरुको साथलाई त्यसै खेर जाने दिने छैनौ। पुस्तकको विक्रीबाट प्राप्त हुने रकमबाट फेरी अर्को नव प्रतिभा कै सिर्जनामा खर्च गर्ने छौ। त्यसको सम्पूर्ण जानकारी लगानिकर्तालाई गराउने छौ। यदी यो शब्दहार धेरै अगाडि बढ्न सक्यो भने यहाँहरुको लगानिलाई शेयरको रुपमा ग्रहण गरी त्यसको अधिकार प्रत्यायोजन गर्नेछौ। सबैलाई यो जानकारी पनि गराउँछौ कि- यो यात्रामा तपाईंहरुले स्वेच्छिक सहभागीता जनाउन सक्नु हुनेछ र यो तपाईंहरुको दान नभएर स्वेच्छिक लगानी हो। यसमा कसैको भ्रम नरहोस्। साहित्यिक यात्रामा यो हाम्रो महत्वपूर्ण पाइला हुनेछ। हामीले यस साहित्यिक यात्राका लागि वितरक पनि पाएका छौं र आफैं पनि वितरक बनेर उभिएका छौं। कथाकार बिना थिङ तमाङको तमाङ भाषाको कथा सङ्ग्रह(नेपाली अनुवाद सहित)'छुकी' को लगत्तै कथाकार बिद्या सापकोटाको कथा सङ्ग्रह पनि आएको छ/ यसै गरी 'टुल्कु' उपन्यास भर्खरै बजारमा ल्याएको छ/ आउने समय गजल कबिता र निबन्ध लिएर आउनेछु/ हाम्रो संस्थापक टोलिमा कवी मनु लोहोरुङ, गजलकार रमेश बिमान, निर्मला खड्का, दीपक जडित, बिप्र र म सहित छ जना रहेका छौ। यदी यहाँहरु पनि हामी सँग आवद्ध हुन चाहनु हुन्छ भने ईच्छुक साहित्यनुरागी मनहरुले हामीलाई ९८५११३०७४६मा संपर्क गर्नुहोला वा kcramesh33@gmail.com मा ईमेल गर्नुहोला। धन्यवाद।

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Kandelrameshजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,८२५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:१७, २२ जुन २०१३ (युटिसी(UTC))