विकिपीडिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Detail of Wikipedia's multilingual portal. Here, the project's largest language editions are shown.

विषयसूची

[सम्पादन गर्ने] परिचय

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्रखुला ज्ञानकोश हो । विकिपीडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्यामसउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरुलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो । नेपालमा पनि विकीपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो। [१] [२]

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भनें विकिपीडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि कमर्सियल विज्ञापन राखेको छैन। विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ।

विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।

[सम्पादन गर्ने] नेपालमा विकीपिडीया

नेपालका केही उत्साही युवाहरूले सन् २००४ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरेका थिए। हाल नेपाली भाषामा १० हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें २२ हजार भन्दा बढी छन्। नेपाली विकीमा हालसम्ममा ५ हजार २ सय ९७ जना प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ५५ जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपीडियामा ६ जना विकिपीडिया:प्रवन्धकहरू छन् जसमध्ये हाल ३ जना भारतमा र ३ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा

लेखहरू व्यवस्थित गर्न र त्यसमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापना भएको छ। यसले विकिमिडीया फाउण्डेसनको प्रतिनिधित्त्व गर्दै कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ।

[सम्पादन गर्ने] विकिपीडियाका शाखाहरू

विकिपीडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकीपुस्तक, विकी विश्वविद्यालय(विकीभर्सिटी), विकीसमाचार(खुला समाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ।

तपाइँ पनि विकिपीडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाईंँका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ।

[सम्पादन गर्ने] विकिपीडिया १०

गैर-नाफामूलक खुला विश्वकोष विकिपीडियाको १०औं बार्षिकोत्सव विश्वका विभिन्न ९७ राष्ट्रका ४११ स्थानहरूमा मनाउन गैरहेको छ। यसै उपलक्ष्यमा नेपालमा पनि विकिपीडिया-१० को आयोजना गरिएको छ।

विवरणः

मितिः १५ जनवरी २०११ (२०६७ माघ १ गते)
स्थानः इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस
समयः दिउसो १ बजे

कार्यक्रम

  • परिचय
  • जन्मदिनको उत्सव
  • जिम्मी वेल्सको भिडियो प्रदर्शन
  • विकीपिडीया र अन्य विकीहरूको ऐतिहासिक रूपरेखा- इन्दिवर बडाल
  • नेपाली विकीपिडीयाको वर्तमान अवस्था- गणेश पौडेल
  • इन्टरनेट प्रविधिको वर्तमान धार- लोचन लाल अमात्य
  • भाषा र प्रविधि- तुलसी दिवस
  • मिडिया र अनलाइन मिडियामा देवनागरी स्क्रीप्टको वर्तमान अवस्था- केदार शर्मा
  • विकीपिडियामा योगदान कसरी दिने सम्बन्धि आधारभूत छलफल।
  • नेपाली र अङ्रेजी विकीपिडियामा लाइभ योगदान।
  • वी कफी
  • Parallel: ह्याक जात्रा.

[सम्पादन गर्ने] सन्दर्भ सामग्री

  1. http://ntc.net.np/publication/smarika/smarika68.pdf
  2. http://ntc.net.np/publication/smarika/smarika68pages_new.pdf नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८

विकिपीडियाको बारेमा

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा