बेनजिर भुट्टो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

बेनजिर भुट्टो (सन् १९५३ - सन् २००७) पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्। उनी पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।

विषयसूची

पिताको पथ [सम्पादन गर्ने]

उनका पिताको नाम ज़ुल्फिकर अली भुट्टो हो । माताको नाम नुसरत भुट्टो हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। ज़ुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनज़ीरले हार्वर्ड विश्वविद्यालयअक्सफ़र्ड विश्वविद्यालयमा पढ्ने मौका पाइन्। बेनज़ीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र सन् १९८६ मा उनि देश फर्किन्।

परिवार [सम्पादन गर्ने]

उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका आसिफ अली जर्दारीसँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।

प्रधानमन्त्री [सम्पादन गर्ने]

सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्तसम्म पाकिस्तान पीपल्स पार्टि (पीपीपी) का तर्फबाट पहिलोपटक बेनज़ीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथग्रहण गरी बेनज़ीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति फ़ारूक अहमद लेघारीले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।

निधन [सम्पादन गर्ने]

स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक ''डौटर अफ़ द ईस्ट'' प्रकाशित छ।

बाहिरी लिङ्कहरू [सम्पादन गर्ने]

यी पनि हेर्नुहोस् [सम्पादन गर्ने]