महाप्रसाद अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाप्रसाद अधिकारी
नेपाल राष्ट्र बैङ्कको गभर्नर
पद बहाली
२०७६ चैत्र २४[१]
पूर्वाधिकारीचिरञ्जीवी नेपाल

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको सत्रौ गभर्नर हुन् ।[२] उनलाई नेपाल सरकारले २०७६ चैत्र २४ गते गभर्नर नियुक्त गरेको थियो। उनले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग चैत २५ गते मंगलबारको दिन सपथ ग्रहण गरे।[३]

शिक्षा[सम्पादन गर्नुहोस्]

भारतमा चाटर्ड एकाउन्टेन्सी सीए गरेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिन्ट्रेसनमा स्नातकसम्मको अध्ययन गरेका थिए ।

कार्यानुभव[सम्पादन गर्नुहोस्]

३० वर्ष राष्ट्रबैङ्कमा रहँदा अधिकारीले संस्थागत सुशासनलाई धेरै महत्त्व दिएका थिए भने बैङ्क तथा वित्तिय संस्थाको सुपरिवेक्षणको लागि कडा नियमहरु बनाउन पनि अधिकारीकै हात थियो ।

२०७२ सालको पुसमा नेपाल राष्ट्र बैङ्कबाट अवकास पाएका अधिरकारी २०७३ सालको असारमा लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त भए । लगानी बोर्डमा रहँदा अधिकारीले २ पटक भव्यताका साथ नेपाल लगानी सम्मेलन गरे, वैदेशिक लगानी भित्राउन केहि काम गरेपनि मनग्य लगानी भने भित्रन सकेको छैन।[४]

नेपाल राष्ट्र बैंक गभर्नर[सम्पादन गर्नुहोस्]

अधिकारीलाई सरकारले २०७६ चैत्र २४ गते गभर्नर नियुक्त गरेको थियो।

२०७८ चैत्र २५ मा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो। डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिनालाई कार्यबाहक दिइएको थियो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]