मानव निर्मित नेपालको झन्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानव निर्मित नेपालको झन्डा
को भाग
मितिसन् २०१४ अगस्त २३
स्थानटुँडीखेल, काठमाडौँ
संचालकशान्ति र समृद्धिका लागि मानव मूल्य
सहभागी३५,९०७

मानव निर्मित विश्वको सबैभन्दा ठुलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वर्ल्डमा आफनो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोड्दै राष्ट्रको नाम उँचो गराउन काठमाडौँ टुँडीखेलमा २०७१ साल भदौ ७ गते यस अभियानलाई सञ्चालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।[१] उनीहरूले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो कीर्तिमान राख्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रबाट सहभागीहरु टुँडीखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुर्नुपर्ने छ । मानव निर्मित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डसको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ । जसको लागि लगभग ८ हप्ताको समय लाग्नेछ ।[२]

नेपालको झण्डा मात्रै विश्वको यस्तो एकमात्र झण्डा हो जसको आकार त्रिकोण छ ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

Panoramic Human Flag
प्यानोरेमिक नेपालको मानव निर्मित झण्डा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बिश्व कीर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए", अनलाईनखबर, अनलाईन, अन्तिम पहुँच भाद्र ७,२०७१ 
  2. "Attempt to make Worlds largest Human Flag by Nepal", ilekh.com, अन्तिम पहुँच २४ अगस्ट २०१४ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]