मेन्सेविकहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेन्सेविकहरूको नेताहरू, १९१७ मे, स्टोकहोल्म, स्विडेनमा

मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा। सन् १९०३मा सम्पन्न भएको रुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित। पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए। मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे। सन् १९०५-१९०७को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे। जनवरी १९१२मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो। सन् १९१७मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००